एसिड कारोबार नियमन गर

काठमाडौ, २२ भदौ । नेपाली समाजमा पहिले खासै नसुनिने एसिड प्रहारका घटना पछिल्ला वर्षहरूमा बढ्दै गएका छन् । खासगरी आफ्नो प्रेम प्रस्ताव अस्वीकार गरेको निहुँमा ‘अपमानित’ भएको झैं ठान्ने पुरुष मनोविज्ञानले डरलाग्दो नतिजा निम्त्याइरहेको छ, भलै एकाध घटना पुरुषलक्षित रहेको पनि देखिन्छ । आर्थिक वर्ष २०७१/७२ यताका पाँच वर्षका घटना हेर्ने हो भने एसिड प्रहारबाट १३ महिला […]

कोशी–ल्हासा राजमार्गमा यात्रुलाई सास्ती

खाँदबारी, २२ भदौ । सङ्खुवासभाको धर्मदेवी नगरपालिकाको टुटेदेउरालीबाट मुडेबजारसम्म निस्कने राष्ट्रिय गौरवको किमाथाङ्का नाका खोल्ने कोशी–ल्हासा राजमार्गअन्तर्गत पर्ने छ किमी सडक पार गर्न औसतमा पाँच घण्टा लाग्ने गरेको छ । सडक खण्डभरि खाल्डो र हिलाम्मे भएकाले आवत–जावत गर्न पाँच घण्टादेखि कहिलेकाहीँ एक दिनसमेत लाग्ने गर्दछ । हिलाम्मे सडकमा फसेको गाडी निकाल्न नसकेमा रातसमेत त्यहीँ बित्ने […]

‘सरकार, कर छल्नेबाट कर उठाऊ’ एनसेलसँग उठाऊ, नागरिकलाई मारमा नपार

काठमाडौं, २२ भदौ । ‘सरकार कर उठाउने हो भने एनसेलसँग उठाऊ, जनतासँग धेरै नउठाऊ । राजश्व छल्ने ठूला व्यापारीसँग उठाऊ, नागरिकलाई मारमा नपार ।’ प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा यसरी आफ्नो विचार राख्दै सांसद हृदयेश त्रिपाठीले करको दर र मात्रा बढी भएका कारण नागरिकमा निराशा बढेकाले उनीहरूलाई राहत दिएर कानूनको बलमा कर छल्नेहरुलाई कारवाहीको दायरामा […]

दूधकोशी जलविद्युत् आयोजनाबाट एक हजार घरधुरी प्रभावित हुने

खोटाङ, २२ भदौ । खोटाङ र ओखलढुङ्गाको सिमानामा पर्ने दूधकोशी नदीमा सञ्चालन हुने दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाबाट एक हजार १५० घरधुरी प्रभावित हुने भएका छन् । खोटाङको उत्तरी क्षेत्रमा पर्ने रावाबेँसी गाउँपालिका–३ लामीडाँडा र ओखलढुङ्गाको चिसङ्खुगढी गाउँपालिका–६ भदौरेस्थित रभुँवाघाटबाट उत्पादन गर्न लागिएको ६३५ मेगावाट क्षमताको दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाबाट खोटाङको ६५७, ओखलढुङ्गाको ४७९ र सोलुखुम्बुको […]

डेङ्गु रोग प्रकोपका रुपमा फैलियो, नियन्त्रण गर्न सरकारको ध्यान गएन

काठमाडौँ, २२ भदौ । पछिल्लो समय देशका ४८ जिल्लामा भेटिइसकिएको डेङ्गु रोग ‘प्रकोप’का रुपमा फैलिँदै जाँदा रोग नियन्त्रण गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय गम्भीर बन्न नसकेको भन्दै सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन । प्रतिनिधिसभाको आजको बैककको शून्य समयमा सांसदहरुले रोग नियन्त्रणमा मन्त्रालयको प्रयासका बारेमा मन्त्रीले सदनमा जानकारी दिन निर्देश गर्न सभामुखसित आग्रह गरे । सांसद […]

कर्मचारी नहुँदाका समस्या: न बैठक न राहत

बलेवा, २२ भदौ । दुई सातापहिले बागलुङको निसीखोला गाउँपालिका–३ की पूर्णकुमारी पुनको गोठमा आगलागी भयो । आगलागीबाट भैँसी र गोरु पनि जले । गोठै मासिएको पीडाले छटपटाएकी पुन जलेको गोठको पुनर्निर्माण गर्न राहतको खोजीमा हिँड्नि । सामान्य परिवारकी उनलाई कुनै सानो सहायताले मात्रै पनि ठूलो राहत हुन्थ्यो । निसीखोला गाउँपालिकाले विपद्का बेला सघाउन कोष बनाएर […]

सुदूरपश्चिमको प्रसिद्ध घण्टेश्वर देवताको मेला

डोटी, २२ भदौ । डोटी र डडेल्धुरा जिल्लाको सिमाना नजिकै अवस्थित प्रमुख धार्मिकस्थल घण्टेश्वरमा मेला आज राति विशेष धार्मिक मेला लाग्दैछ । हरेक वर्ष भाद्र शुक्ल अष्टमीका दिन लाग्ने उक्त मेलामा राजारजौटाकै पालादेखि मालपोत कार्यालयमार्फत मेला खर्च पठाइँदै आएकामा त्यसै व्यवस्थाअनुसार नेपाल सरकारले पनि रकम पठाउँदै आएको छ । मेला व्यवस्थापन समितिबाट पनि नेपाल सरकारलाई […]

उडिरहेको हेलिकोप्टरबाट सामान खस्यो

सोलुखुम्बु, २२ भदौ । फाप्लुबाट स्याङ्बोचेसम्म कार्गो ढुवानी गर्ने क्रममा बिहीबार उडिरहेको हेलिकोप्टरबाट सोलु दूधकुण्ड नगरपालिकाको फेरामा सामग्री खसेको स्थानीयवासीले बताएका छन् । फालु विमानस्थलबाट स्याङ्बोचे विमानस्थलमा कार्गो ढुवानी गरिरहेको कैलाश एयरको हेलिकोप्टरबाट सिरकलगायतका सामग्री झरेको उनीहरुको भनाइ छ । हेलिकोप्टरबाट सामग्री झरेको भन्दै स्थानीयवासीले जिल्ला प्रशासन कार्यालय समेतको ध्यानाकर्षण गराएका छन् । कार्गो उडान […]

बेरोजगारका लागि ‘रोजगारी पसल’

राँझा, २२ भदौ । बेरोजगारलाई रोजगार दिने उद्देश्यले नेपालगन्जमा ‘रोजगारी पसल’ सञ्चालन गरिएको छ । बेरोजगार व्यक्तिहरुको सीप र क्षमताका आधारमा विभिन्न रोजगारी दिने सङ्घसंस्थासम्म पु¥याई रोजगार प्रदान गर्ने उद्देश्यले यस्तो पसल खुोलिएको उक्त संस्थाका प्रबन्ध निर्देशक शैलेन्द्रराज गिरीले बताए । नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा धवलशम्शेर राणाले सो पसल शुभारम्भ गर्दै यहाँका होटल, कलकारखाना, उद्योग, […]

आशा जगायो द्रुत मार्गले

फिक्कल, २२ भदौ । इलामबाट मेची राजमार्ग हुँदै बिर्तामोड पुग्न ८३ किलोमिटर दूरी पार गर्नु पर्ने हुन्छ तर, यहाँ हाल निर्माण भइरहेको दु्रत मार्ग सम्पन्न भएपछि ४७ किलोमिटरको यात्रामै बिर्तामोड पुग्न सकिन्छ । पहाडी जिल्ला इलाम सुगम जिल्लाकै रुपमा परिचित छ । स्वास्थ्य क्षेत्रमा अत्यन्तै पछाडि परेको इलामवासीलाई द्रुत मार्ग निर्माणले ठूलो आशा जगाइदिएको छ […]