काठमाडौं । नेपाल बैंक लिमिटेडले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । लोकसेवा आयोगको सहमति लिएर विभिन्न पदमा नेबैलिले विज्ञापन गरेको हो । आइतबार विज्ञापन सार्वजनिक गर्दै नेबैंलिले सहायक प्रवन्धकदेखि कनिष्ठ सहायकसम्मका ५६४ जनाको माग गरेको छ । प्लस टु पास गरेकादेखि स्नातकोत्तर उत्तीर्ण गरेकाहरुले यी पदहरुमा दरखास्त दिन सक्नेछन् । सार्वजनिक गरिएको विज्ञापन अनुसार […]
समाज
ढिस्कोमा पुरिएर एकको मृत्यु
जलेश्वर, ३० भदौ । महोत्तरीको बर्दिबास नगरपालिका–४ मा माटोको ढिस्कोमा पुरिएर आज एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दिबास नगरपालिका–४ माईस्थानका १४ वर्षीय निरोज बम्जन रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए । सोही घटनामा स्थानीयवासी ३८ वर्षीय चन्द्र बल गम्भीर घाइते भएका छन् । उनको उपचार धनुषाको लालगढस्थित मोडेल […]
भालुको आक्रमणबाट गम्भीर घाइते
डोटी, ३० भदौ । जिल्लाको पूर्वीचौकी गाउँपालिका–५ काडामाडौँका ४६ वर्षीय काले साउद जङ्गली भालुको आक्रमणमा परी गम्भीर घाइते भएका छन् । बाख्रा चराउन घर नजिकैको जङ्गलमा गएको बेलामा जङ्गली भालुले उनीमाथि आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । भालुको आक्रमणबाट साउदको कान, नाक, घाटी, टाउको र हातमा गम्भीर चोट लागेको जिल्ला प्रहरी कार्यालय […]
लागुऔषधविरुद्ध विद्यार्थीलाई पढाउँदै प्रहरी
फिक्कल, ३० भदौ । इलाम जिल्ला प्रहरी कार्यालयले माध्यमिक विद्यालयमा अध्यनरत विद्यार्थीलाई आगुऔषधविरुद्ध जनचेतनामूलक अभियान शुरु गरेको छ । उक्त अभियानअन्तर्गत ग्रामीण क्षेत्रका विद्यालयका विद्यार्थीलाई लागुऔषध र यसले गर्ने असरबारे जानकारी गराइएको थियो । सो अभियानअन्तर्गत आज इलाम माविका विद्यार्थीलाई कक्षाकोठामै पुगेर लागुऔषधको असरबारे जानकारी गराइएको गराइएको प्रहरी प्रमुख हीराबहादुर पाण्डेले बताए ।
मनास्लुमा आरोहीको ओइरो
काठमाडौँ, ३० भदौ । यस वर्षको शरद ऋतु अटम सिजन मा सगरमाथासहितका हिमाल आरोहणका लागि ४७ आरोहण समूहका ३९५ आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार यस याममा सगरमाथासहितका हिमाल आरोहणमा नेपालसहित ४७ देशका आरोहीले आरोहण अनुमति लिएका छन् । अनुमति लिनेमा ३०५ पुरुष र ९० महिला छन् । यस पटक सबैभन्दा बढी मनास्लु […]
प्राकृतिक दोहन रोक्न सरकारको ध्यानाकर्षण
रुपन्देही, ३० भदौ । भू तथा पर्यावरण संरक्षण अभियान नेपालले चरमरूपमा प्राकृतिक दोहनले पर्यावरणमा असर पु¥याएकाले यसको नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराएको छ । उक्त संस्थाको केन्द्रीय समिति बैठकले अन्तरराष्ट्रियस्तरमै पर्यावरणको समस्या बढेकाले यसको संरक्षणका लागि उचित कदम चाल्न माग गरेको हो । बुटवलमा आज आयोजित पत्रकार सम्मेलनमा बैठकको निर्णय सार्वजनिक गर्दै अध्यक्ष रश्मिराज नेपालीले […]
‘विपद् पत्रकारिता’ सार्वजानिक
काठमाडौँ, ३० भदौ । विपद्का बेला प्रभावित समुदायलाई धेरै थरीका जानकारी आवश्यक पर्छ । के भयो रु अब के गर्ने रु सुरक्षित स्थान कहाँ छ रु कसलाई सम्पर्क गर्ने रु के गर्ने रु के नगर्ने रु लगायत । यी प्रश्नका जवाफ तत्काल सञ्चारमाध्यमबाट आउन सक्छ । रेडियो, टेलिभिजन, पत्रपत्रिकालगायतले दिने सूचना विपद् प्रभावितका लागि पहिलो […]
पुत्र गुमाएको शोकमा पिताद्धारा आत्महत्या
पाल्पा, ३० भदौ । पाल्पाको रामपुर नगरपालिका वडा नं १० हेक्लाङ्गमा छोरो गुमाएको शोकमा एक बृद्ध बुवाले आत्महत्या गरेका छन् । तिन दिन अगाडी पाल्पा तानसेनमा प्राध्यापनरत तथा अन्य विभिन्न सेवामा रहि काम गर्दै आएका कृष्ण प्रसाद तिमिल्सिनाको हृदयघातबाट निधन भएको पिडा सहन नसकि उनका बृद्ध वावुले आत्महत्या गरेका छन् । घरसँगै रहेको लिचिको रुखमा […]
मुक्त कमलरीलाई छात्रवृत्ति
कञ्चनपुर, ३० भदौ । उच्च शिक्षामा पहुँच पु¥याउने उद्देश्यले तीन जिल्लाका १६३ मुक्त कमलरीलाई उच्च शिक्षा सहयोग परियोजना अन्तर्गत सन् २००६ देखि उपलब्ध गराउँदै आइएको छात्रवृत्ति रकमले अहिलेसम्म निरन्तरता पाएको छ । उक्त परियोजनाअन्तर्गत कमलरी बालिकालाई बैंकमार्फत उच्च शिक्षाका लागि रु दुई हजार ५०० का दरले छात्रबृत्ति रकम उपलब्ध गराउँदै आइएको प्लान इन्टरनेशनल नेपालका अधिकृत […]
करेन्ट लागेर एकको मृत्यु
तुलसीपुर, ३० भदौ । दाङमा करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार घोराही उपमहानगरपालिका– १६ स्थित गुर्जेखोलाको पुल नजिकै सोही पुल निर्माणको काम गर्न बसेका एक व्यक्तिको मृत्यु भएको हो । आइतबार साँझ ७ बजेतिर करेन्ट लागेर कञ्चनपुर लालझरी गाउँपालिका ६ निवासी २३ वर्षीय शिवराज चौधरीको मृत्यु भएको जिल्ला […]











