विद्यालयमा डेङ्गु रोकथाम अभियान

धनगढी, ३० भदौ । डेङ्गुको संक्रमण बढ्दै गएपछि यसको रोकथामका लागि यहाँका विद्यालयमा अभियान शुरु गरिएको छ । यस क्रममा ‘इन्ट्र्याक्ट क्लब अफ क्यास्पियन एकेडेमी धनगढी’को पहलमा छात्रछात्रा, अभिभावक र सर्वसाधारणको सहभागितामा जनचेतामूलक नाटक प्रदर्शन गरिएको छ । टोल, बस्ती र विभिन्न विद्यालयमा समेत क्लबका बालबालिकाले उक्त अभियानअन्तर्गत नाटक प्रदर्शन गर्ने योजना बनाएका छन् । […]

पुर्खाको नासो ‘सिस्नो खोस्ने पर्व’

बागलुङ, ३० भदौ । ‘रुनासुङ्गे, पुसापु, घुँयाली’ गीत गुञ्जिइरहेको छ । एकनास बजिरहेछ, ढ्याङ्ग्रो । बारीको देउता पूज्ने ढुङ्गा छेउ टुक्रुक्क बसेका छन ८० वर्षीय गुरुबा जङ्गबहादुर रोका । रनवन पुकार्दै उनि गीत भट्याउछन, अरु गला मिलाउँछन् । ढ्याङ्ग्रोको तालमा गाइने उक्त गीतलाई ‘वन गन्ने’ पनि भनिन्छ । यी शब्द र दृश्य ताराखोला गाउँपालिका–४ तारागाउँको […]

‘यलम्बर’ले हेरे इन्द्रजात्रा

 काठमाडौँ, ३० भदौ । नेवारी समुदायको ठूलो जात्रा इन्द्रजात्रा अझै सकिएको छैन । रथयात्रा, लाखेनाचहरु चलिरहेको छ । इन्द्रजात्रा शुरु भएदेखि नसकिँदासम्म विभिन्न देवीदेवता तथा भैरवको मूर्ति बाहिर निकालिएको छ । जात्रा भरका लागि मूलघरवाट बाहिर निकालिएको मूर्तिलाई दैनिक पूजापाठ गरिन्छ । वसन्तपुर वरपर सजाएर राखिएको मूर्तिमध्ये आकाश भैरव पनि एक हो इन्द्रचोकमा सजाएर राखिएको […]

लोप भए माटोका गाग्री

जाजरकोट, ३० भदौ । चिसो पानी पिउनका लागि प्रयोग गरिने माटोका गाग्री अहिले लोप हुन थालेका छन् । पाँच वर्षअघिसम्म जाजरकोट सदरमुकामलगायत जिल्लाका अधिकांश ठाउँमा माटाका गाग्री निकै प्रचलनमा ल्याइन्थ्योे । अहिले गाउँगाउँमा विद्युत् आएसँगै फ्रिजको प्रयोगले माटाका गाग्री हराएका हुन् । परिवारका साथै घरमा पाहुना आउँदा वा बटुवाले पानी माग्दा माटाको गाग्रीमा राखिएको चिसो […]

पुल निर्माण

कावासोती, भदौ ३० ।नवलपरासी पूर्व नवलपुरको विनयीखोलामा रु नौ करोडको लागतमा पुल निर्माण गरिएको छ । विनयीत्रिवेणी गाउँपालिका–४, अन्तर्गत पर्ने विनयीखोलामा नेपाल सरकारको केन्द्रीय बजेटबाट पुल निर्माण गरिएको हो । दुम्किबासबाट पाल्पाको रामपुर हुँदै स्याङ्जासम्म जोड्ने सडकअन्तर्गत विनयीखोलामा पुल बनेपछि सर्दीसहित नवलपुरका पहाडी क्षेत्र र पाल्पाका बासिन्दालाई आवतजावत सहज हुने भएको छ । विनयीखोलामा पुल […]

चुहाडीमा आन्तरिक पर्यटकको आकर्षण

परासी, ३० भदौ । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकास्थित चुहाडी क्षेत्रमा पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षण बढ्न थालेको छ । उक्त गाउँपालिकाको वडा नं २ सत्तपत्तीमा रहेको सो क्षेत्रमा चुहाडी पोखरी र कुंवारवर्ती माईको थान छ । विगतमा ओझेलमा परेको यो स्थल पछिल्लो समय प्रचारप्रसारका साथै पूर्वाधार विकासले आन्तरिक पर्यटकको सङ्ख्या बढ्न थालेको हो । चुहाडी […]

नियम निलम्बनको प्रस्ताव स्वीकृत

काठमाडौँ, ३० भदौ । राष्ट्रियसभाको आजको दोस्रो बैठकले राष्ट्रिसभा नियमावली, २०७५ को नियम २३२ बमोजिम प्रस्तुत गरिएको नियम निलम्बनको प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । बैठकमा सांसद खिमलाल भट्टराईले राष्ट्रियसभा नियमावली, २०७५ को नियम २३२ बमोजिम नियम निलम्बनको प्रस्ताव प्रस्तुत गरेका थिए भने उक्त प्रस्तावलाई सांसदहरु प्रमिला कुमारी र कोमल ओलीले समर्थन गरेका थिए । […]

मदन भण्डारी राजमार्गको डिपिआर शुरु

सुर्खेत, ३० भदौ । पूर्व–पश्चिम जोड्ने मदन भण्डारी राजमार्गको सुर्खेत खण्डमा विस्तृत परियोजना प्रतिवेदन डिपिआर निर्माण शुरु भएको छ । पश्चिम बराहताल गाउँपालिकाको बड्डीचौरदेखि बेनीघाट खण्डको ९४ किलोमिटर सडकको डिपिआरको काम शुरु गरिएको हो । पूर्वको झापादेखि सुदूरपश्चिमको डडेल्धुरासम्म जोडिने ‘नेशनल हाइवे ०९’ नामक मदन भण्डारी राजमार्गअन्तर्गत सुर्खेतको काल्चे, मालारानी, बेनिघाटको १३२ किलोमिटर सडकलाई केन्द्रमा […]

अण्डाको मूल्यले खर्च नधानेपछि कृषक मारमा

चितवन, ३० भदौ । विगत दुई वर्ष यता फुल अण्डा को मूल्यले खर्च धान्न नसकेपछि व्यवसायी विस्थापित हुने अवस्थामा पुगेका छन् । कतिपय साना किसानका खोर खाली हुन थालेका छन् भने बैंकमा ऋण थप्दै कुखुरा पाल्नुपर्ने बाध्यता कृषकसामु देखापरेको छ । नेपाल अण्डा उत्पादक सङ्घका केन्द्रीय अध्यक्ष शिवराम केसीका अनुसार निर्धारण गरिएको मूल्यमा अण्डा बिक्न […]

हनुमाननगरमा अजिङ्गर भेटियो

राजविराज, ३० भदौ । सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–१४ मा अजिङ्गर भेटिएको छ । वडा नं १४ बस्ने महेन्द्र यादवको सुत्ने घर कोठामा अजिङ्गर भेटिएको इलाका प्रहरी कार्यालय हनुमाननगरले जनाएको छ । स्थानीय प्रहरी चौकी रामपुरमल्हनीयाबाट गएको टोलीले अन्दाजी १५/२० केजीको अजिङ्गर सर्प निस्केको अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । भेटिएको अजिङ्गर जिल्ला […]