खोटाङ, ११ असोज । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने दिप्रुङ चुइचुम्मा गाउँपालिकामा ‘एक वडा एक दलित सहकारी’ संस्था स्थापनाको काम थालिएको छ । पिछडिएका समुदायमा पर्ने दलित परिवारलाई बचत गर्ने र सो बचतलाई आम्दानी र व्यवसायमूलक क्षेत्रमा लगानी गर्ने बानीको विकास गराउन गाउँपालिकाले ‘एक वडा एक दलित सहकारी’ संस्था स्थापनाको काम थालेको हो । आर्थिक र […]
समाज
लाग्यो दशैँ : च्याङ्ग्रा पोखरा भित्रदै
पोखरा, ११ असोज । नेपालीका घरघरमा दशैँ भित्रनै लाग्दा हिमालपारिको जिल्ला मुस्ताङसहितका विभिन्न स्थानबाट यतिखेर पोखरामा च्याङ्ग्रा झर्ने क्रम शुरु भएको छ । व्यापारी यतिखेर हुलका हुल च्याङ्ग्राका साथ हेमजा र आसपासका क्षेत्रमा झरिसकेका छन् भने कतिपय बाटामा छन् । ढिलो ल्याउनेले पनि फूलपाती अघि नै पोखरा ल्याइपु¥याउँछन् । पोखरा र आसपासमा दशैँको समयमा खसी […]
अनुगमनको क्रम निरन्तर, तर उपभोक्ता भने मारमा
काठमाडौँ, ११ असोज । काठमाडौँ महानगरपालिकाले बजार अनुगमन चाडपर्वमा मात्र नभई निरन्तर गर्ने भएको छ । चाडपर्वमा मात्रै गर्ने अजार अनुगमनले प्रभावकारी नभएको भन्दै अब एक वर्षको तालिका बनाएर नियमितरुपमा बजार अनुगमन गर्ने जनाइएको छ । कामपाले केही दिनदेखि नियमित रुपमा अनुगमन गरिरहेको कामपाको उपप्रमुख हरिप्रभा खड्गी (श्रेष्ठ)ले जनाकारी दिईन् । अनुगमनको क्रममा त्रुटि भेटिए […]
समृद्धिको लक्ष्य पछ्याउँदै ताराखोला
बागलुङ, ११ असोज । ‘समृद्ध ताराखोला’को लक्ष्यसहित जिल्लाको ताराखोला गाउँपालिकाले प्रथम पञ्चवर्षीय योजना तयार पारेको छ । गाउँपालिकाले विज्ञ, परामर्शदातालगायतको सहयोगमा आवधिक योजनालाई अन्तिम रुप दिएको हो । पाँच वर्षका लागि योजनाबद्ध विकासको खाका कोरिएको गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले बताए । योजनाको मस्यौदा छलफल तथा सुझाव सङ्कलनका लागि शुरुमा वडा तहमा पठाइएको थियो । गाउँ […]
गोदाममै थन्किए जडीबुटी, कहिले लैजाने बजारमा
नेपालगञ्ज, ११ असोज । नेपालगञ्जका गोदाममा झण्डै चार हजार टन जडीबुटी थन्किएका छन् । भारतले नेपालबाट निकासी हुँदै आएको ५४ प्रकारका जडीबुटीमा प्रतिबन्ध लगाएपछि जडीबुटी निकासी हुन नसकेर गोदाममै थन्किएका हुन् । नेपालबाट रिठा, कुटकी, दालचिनी, पखानवेद, चुत्रो बोक्रा, चुत्रो काठ, अमला, सिकाकाइ, पदमचाल, तेजपात, सुगन्ध कोकिला, अश्वगन्धा पाउडर, जटामासी मार्क, अमलवेद, टिमुर, सुगन्धवाल र […]
बस दुर्घटनामा २१ घाइते, चालक भने फरार
बैतडी, ११ असोज । बैतडीमा आज बिहान बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् । घाइतेमध्ये सात जनाको अवस्था गम्भीर रहेको छ । घाइते हुनेमा कञ्चनपुरको भीमदत्त नगरपालिका घर भएका ३३ वर्षीया सीतादेवी चन्द, ६६ वर्षीय किसन दयाल, १२ वर्षीय साजन दयाल, १५ वर्षीय नरेश सेरला, ३१ वर्षीया दिवानी ओड रहेका छन् । यस्तै […]
अभावमा छात्रावासका मुक्त कमलरी बालिका
कञ्चनपुर, ११ असोज । कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ को ऐरीमा रहेको पूर्ण माध्यमिक विद्यालयको आवासीय छात्रावासमा बसेर अध्ययन गर्दै आएका मुक्त कमलरी बालिका आर्थिक अभाव झेल्दै आएका छन् । बालिकालाई लुगा खरीद गर्न, खाना खर्च जुटाउन, औषधि उपचारका लागि खर्चको अभाव भएको हो । छात्रावासमा बसेर अध्ययन गर्दै आएका ३२ बालिकामध्ये अधिकांश अभिभावकविहीन अवस्थाका छन् । […]
पुल निर्माणपछि खुशियाली
दमक, ११ असोज । झापाको दमक र मोरङको मधुमल्लालाई जोड्ने मावा खोलामा पक्की पुल निर्माण भएको छ । पक्की पुल निर्माण भएपछि वर्षौंदेखि स्थानीय बासिन्दाले भोग्दै आएका हैरानी र जोखिम अन्त्य भएको छ । पुल महाशाखा पूर्वी सेक्टर नम्बर १ योजनामार्फत ३० करोड २२ लाख ९२ हजार भ्याटसहितको लगानीमा शर्मा लामा जेभीलाई २०७२ साल असार […]
दुर्गममा स्वास्थ्य सेवाः चार सय लाभान्वित
बैतडी, ११ असोज । बैतडीको पञ्चेश्वर स्वास्थ्यचौकीमा गाउँघरमा चिकित्सक कार्यक्रमअन्तर्गत दुईदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयको सहयोगमा दुर्गममा चिकित्सकको सेवा प्रदान गर्ने उद्देश्यले बिहीबारदेखि सो कार्यक्रम सञ्चालन भएको थियो । शुक्रबार सम्पन्न कार्यक्रमबाट ३८७ ले सेवा लिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए । गाउँघरमा चिकित्सक […]
दुर्गममा न एम्बुलेन्स : न एक्सरे
जाजरकोट, ११ असोज । जाजरकोटको जिल्ला अस्पतालमा बिग्रिएको एम्बुलेन्स मर्मत नहुँदा बिरामीले सास्ती भोग्दै आएका छन् । बिरामीलाई दैनिक जिल्ला बाहिर सिफारिस गरेपनि निजी यातायातका साधनमा स्वास्थ्य संस्थामा लाने गरिएको छ । गत असारमै बिग्रिएर नेपालगञ्जस्थित मर्मत केन्द्रमा राखिएको भएपनि बजेट नहुँदा मर्मत गर्न नसकिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष धर्मशिला बस्नेतले बताईन् । तर चिकित्सक […]











