काठमाडौँ, ११ असोज । ट्राफिक प्रहरीले एक हप्ताको बीचमा हराएका मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोेलीले उपत्यकाका विभिन्न स्थानबाट हराएका १४ मोटरसाइकल फेला पारेर शुक्रबार सम्बन्धित धनीलाई बुझाएको हो । महाशाखाले छेपा शेर्पा, अनिल भण्डारी, अभिषेक सापकोटा, विनोद सुवेदी, सुचेन्द्र श्रेष्ठ, अर्जुन राई, राजेन्द्रबाबु अर्याल, गोकुलप्रसाद महतो, जीतेन्द्र […]
समाज
पर्सी आइतबार घटस्थापनाका दिन सार्वजनिक विदा दिने सरकारको निर्णय
काठमाडौं, १० असोज। सरकारले घटस्थापनाका दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । संघीय सरकारसहित अन्य प्रदेश सरकारहरुले यसबारेमा केही निर्णय नगरे पनि गण्डकी प्रदेश सरकारले भने दशैं सुरु हुने मानिने दिन घटस्थापनामा सार्वजनिक विदा दिने निर्णय गरेको हो । प्रदेश मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले घटस्थापनामा बिदा दिने निर्णय गरेको हो । प्रदेश सरकारका प्रवक्ता […]
हेटौँडा अस्पतालमा बिरामीको अत्यधिक चाप
चुरियामाई, १० असोज । हेटौँडा अस्पतालमा बिरामीको चाप बढ्दै गएको छ । डेङ्गु, स्क्रबटाइफस, भाइरलज्वरो जस्ता समस्याले हेटौंडा अस्पतालमा उपचारका लागि आउने बिरामीको संख्या बढ्दै गएको हो । बिरामीको चाप अस्पतालमा अत्यधिक बढ्दा सेवा प्रभावमा समस्या भइरहेको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार तीन सय बिरामीको उपचार क्षमता रहेको सो अस्पतालमा ५०० देखी ७०० सम्म […]
‘आँखा अस्पताल प्रदेशको शान’
चिप्लेढुङ्गा, १० असोज । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले हिमालय आँखा अस्पताल प्रदेशको शान भएको बताए । नेपाल नेत्रज्योति सङ्घको प्रथम अधिवेशनको उद्घाटन कार्यक्रममा उनले सरकारको पर्याप्त सहयोगबिना आफ्नै स्रोतसाधनको उचित व्यवस्थापन गरेर गुणात्मक सेवा प्रवाह गर्ने उक्त आँखा अस्पताल प्रदेशकै एक नमूना संस्था भएको बताए । आर्थिक अनुशासन र सामाजिक उत्तरदायित्वको भावना भए उपलब्धि […]
व्यासको स्याउका ग्राहक भारतीय सुरक्षाकर्मी
दार्चुला, १० असोज । व्यास गाउँपालिका–१ छांगरु गागास्थित जीतसिंह बोहराले लगाएको स्याउ अहिले बारीभरि लटरम्म फलेको छ । उनका ५५० बोटमा स्याउ फलेका छन् । केही स्याउ योपटक आएको असिना पानीका कारण नोक्सान भएको उनले बताए । अझै यो वर्ष २० क्विन्टलको हाराहारीमा स्याउ बगैँचामा फलेको छ । “स्याउ पाक्ने बेला हुँदैछ, चिसो ठाउँमा फल्ने […]
पर्यटकीय गतिविधि बढे
रुपन्देही, १० असोज । प्रदेश नं ५ मा पर्यटकीय गतिविधि बढेका छन् । लुम्बिनीलाई केन्द्रमा राखेर सङ्घ र प्रदेश सरकारले विभिन्न पर्यटकीय योजनाहरुको कार्यान्वयन शुरु गरेसँगै यहाँ पर्यटकीय गतिवधि बढेका हुन् । पर्यटकीय गतिविधिसँगै प्रदेश ५ का महत्वपूर्ण गन्तव्यहरुमा पर्यटकको सङ्ख्या समेत वृद्धि भएको छ । प्रदेश सरकारले आयोजना गरेको लुम्बिनी भ्रमण वर्ष २०७६ सँगै […]
सीमा नाकामा भारतीय पर्यटकको स्वागत
कैलाली, १० असोज । विश्व पर्यटन दिवसको अवसरमा कैलालीको त्रिनगर भन्सार सीमानाकामा भारतबाट आउने पर्यटकलाई आज स्वागत गरिएको छ । कैलाली उद्योग वाणिज्य सङ्घ र कैलाली होटल व्यवसायी सङ्घको संयुक्त आयोजनामा भारतको पलिया व्यापार मण्डलका अध्यक्षलगायतको टोलीलाई फूलमाला तथा खादा ओढाइ स्वागत गरिएको हो । स्वागतका क्रममा पलिया व्यापार मण्डलका अध्यक्ष अनुप मिश्राले नेपाल र […]
विश्व पर्यटन दिवस : कार्यालय सहयोगीका भरमा सूचना केन्द्र
भीमदत्तनगर, १० असोज । सन् २०२० लाई नेपाल भ्रमण वर्ष बनाउने घोषणा गरिएका बेला सुदूरपश्चिम प्रदेशकै मुख्य नाकामा रहेको कञ्चनपुरको गड्डाचौकीस्थित नेपाल पर्यटन बोर्डको कार्यालय विगत पाँच वर्षदेखि सहयोगीका भरमा सञ्चालन हुँदै आएको छ । शुक्रबार ४०औँ विश्व पर्यटन दिवस मनाइरहँदा गड्डाचौकीमा पनि पर्यटन बोर्ड गड्डाचौकी शाखामा कार्यरत कार्यालय सहायक थानेश्वर लेखकले पनि दिवसका अवसरमा […]
पर्यटकलाई भगवान मानेर सत्कार गर्न आग्रह
भद्रपुर, १० असोज । प्रदेश नं १ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीशप्रसाद कुसियतले झापाको काँकडभिट्टामा प्रदेश नं १ को पर्यटन कार्यालयले ४०औँ अन्तरराष्ट्रिय पर्यटन दिवसमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै पर्यटकलाई भगवान्को रुप सम्झेर न्यानो स्वागत र सत्कार गर्नुपर्ने बताए । पर्यटन वर्ष २०२० लाई सफल बनाउन र देशको अर्थतन्त्रलाई बलियो बनाउन पर्यटकीय […]
‘न्यायपालिकाप्रतिको विश्वसनीयता बढाउन सबै लागौँ’
काठमाडौँ, १० असार । प्रधानन्यायाधीश चालेन्द्रशम्शेर जबराले न्यायपालिकाप्रतिको विश्वसनीयता वृद्धि गर्न लाग्नुपर्ने बताए । सर्वोच्च अदालतलद्वारा विजयादशमी, तिहार, नेपालसम्वत् तथा छठ पर्वका अवसरमा आज आयोजित शुभकामना आदानप्रसाद तथा चियापान समारोहमा उनले चाडपर्वले मुलुकको विविधता र एकताको सन्देश दिँदै सबैलाई न्यायपूर्ण समाज निर्माण गर्न शुभकामना दिए । उनले भने “नेपाल बहुजाति, बहुधार्मिक मुलुक हो, यसको विकास, […]











