गायक शिव परियारको ‘निष्ठुरी’ सार्वजनिक भिडियो सहित

काठमाडौँ, १० असोज । गायक शिव परियारको आवाज तथा सञ्चारकर्मी रवि अधिकारीको शब्द रहेको ‘निष्ठुरी’ बोलको नयाँ गीत आज सार्वजनिक गरिएको छ । शशान कँडेलले निर्देशन गरेको माया, प्रेम र धोकाको कथा बोकेको उक्त गीत आज नमस्ते फिल्मीको अफिसियल युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ । गीतमा चोखो प्रेमको अर्थ नबुझेकी एक युवती धनको पछि लाग्दा […]

दुर्घटनामा कमी ल्याउन सन्देशमूलक सडक होर्डिङबोर्ड जडान

अमरगढी, १० असोज । डडेल्धुरामा ट्राफिक चेतना अभिवृद्धिका लागि डडेल्धुरास्थित भिमदत्त राजमार्गमा ‘सडक र बूडर–जोगबूड सडकखण्डमा होर्डिङबोर्ड’ जडान गरिएको छ । आलिताल गाउँपालिका डडेल्धुराको सहयोग तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याउलेको सौजन्यमा दुई राजमार्गमा १६ वटा सडक होर्डिङबोर्ड जडान गरिएको गाउँपालिका अध्यक्ष बलबहादुर गुरुङ जानकारी दिए । होर्डिङबोर्डले सडक दुर्घटना न्यूनीकरण हुनुका साथै गाडी चालक […]

यात्रु सहायताकक्ष सञ्चालन गर्दै ट्राफिक प्रहरी

बाँके, १० असोज । महान् चाड बडादशैँ, तिहार तथा छठलगायतलाई लक्षित गरेर जिल्लो ट्राफिक प्रहरीले ट्राफिक व्यवस्थापन विशेष योजना सार्वजनिक गरेको छ । ट्राफिक प्रहरीका अनुसार दशैँलाई लक्षित गरेर बाँकेका छ स्थानमा यात्रु सहायताकक्ष सञ्चालन गरिनेछ । प्रहरी निरीक्षक पविन्द्र बमका अनुसार नेपाल–भारत सीमा क्षेत्र जमुनाह, नेपालगञ्ज बसपार्क र कोहलपुर बसपार्कमा स्थायीरूपमै यात्रु सहायता केन्द्र […]

सङ्कटमा पर्दै पानीघट्ट बनाउने व्यवसाय

सल्यान, १० असोज । सिद्धकुमाख गाउँपालिका ३ फलाटेका पुने रेउलेले पानी घट्ट वनाउने काम गर्न थालेको ३७ वर्ष भयो । सोह्र वर्षका उमेरदेखि पानी घट्ट बनाउन व्यस्त रेउले आजभोलि फुर्सदिलो बनेका छन । एउटै खानीबाट ५० लाखभन्दा बढीका पानीघट्ट बिक्री गरेर आठ जनाको परिवारको खर्च टार्दै आएका सोही ठाउँका नरबहादुर रेउले पनि अहिले फुर्सदमा छन […]

पहिलोपटक गाडी पुग्दा गाउँवासी हर्षित

बैतडी, १० असोज । जिल्लाको दुर्गम तल्लोस्वराडमा पर्ने शिवनाथ गाउँपालिकाको पिपलकोटमा पहिलोपटक गाडी पुग्दा स्थानीय बासिन्दा हर्षित भएका छन् । शिवनाथ गाउँपालिकाको केन्द्र सुल्लेखान हुँदै छेला–बारु–पिपलकोट सडक निर्माणको काम सम्पन्न भएपछि पिपलकोटमा पहिलोपटक गाडी पुगेको हो । पहिलोपटक गाडी पुग्दा निकै खुशी लागेको स्थानीय ६० वर्षीय वृद्ध कर्णसिंह साउदले बताए । सडक बन्ला भन्ने सपना […]

दुई महीनामै रु ८३ लाखको खसी बिक्री

दमौली, १० असोज । नजिकिँदै गरेको दशैँलाई लक्षित गरी विगत दुई महीनाको अवधिमा आठ सहकारी संस्थाले रु ८३ लाख मूल्य बराबरको खसी बिक्री गरेका छन् । तनहुँका छ र लमजुङका दुई सहकारी संस्थाले साउन र भदौ महीनामा मात्रै रु ८३ लाख ६० हजार ३५ मूल्य बराबरको खसी बिक्री गरेका हुन् । हेफर इन्टरनेशनल नेपाल र […]

सुर्खेतलाई अपराधमुक्त बनाउँछौँ

सुर्खेत, १० असोज । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिल्लीराज पन्तले सुर्खेतलाई अपराधमुक्त जिल्ला बनाइने बताए । राजधानी वीरेन्द्रनगरमा आपराधिक गतिविधि बढेको जनगुनासो आएकाले यस जिल्लालाई अपराधमुक्त जिल्ला बनाउने तयारीमा आफू लागेको उनले बताए । “अपराधमुक्त समाज निर्माणका लागि प्रहरी अहोरात्र खट्ने छ नै”, प्रहरी उपरीक्षक पन्तले भने, “यसका लागि पत्रकार, कर्मचारी, राजनीतिक […]

वृद्धाश्रमका जेष्ठ नागरिकलाई नागरिकताको धोको

काठमाडौँ, १० असोज । आफन्त कोही नभएपछि बेवारिसे बनेका ७५ वर्षीय हितलाल विष्टले बास र गाँस त पाए नै तर नागरिकता नपाउँदा उनि अहिले पनि चिन्तित छन । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार गरेपछि जाने ठाउँ र लैजाने आफन्त कोही पनि नभई बेवारिसे बनेका उनि जिल्ला प्रशासन कार्यालय कास्कीको सहयोगमा पाँच वर्षअघि पोखरा वृद्धाश्रममा आइपुगेका हुन। […]

आफ्नै भवनमा वडा कार्यालय

तुलसीपुर, १० असोज । दाङको शान्तिनगर गाउँपालिका वडा नं ६ को वडा कार्यालय आफ्नै भवनमा सञ्चालनमा हुन थालेको छ । गाउँपालिकाको रु ३५ लाखको लागतमा सो चार कोठे भवन निर्माण गरिएको हो । पूर्वमन्त्री दीपक गिरीले आज यहाँ उक्त भवन शुभारम्भ गर्दै सङ्घीय संरचनाअनुसार सबै सेवा घर आँगनबाटै प्रदान गरिने भएकाले आफ्नो सेवालाई प्रभावकारी बनाउन […]

तेइस वर्षदेखि तेल पेल्ने ‘मिल’ चलाएर जीविकोपार्जन

बनेपा, १० असोज । चौरीदेउराली गाउँपालिका–४ खारेखोलाका शारदा पौडेल बिहान ६ः०० बजे हिँडेर पनि तोरी पेल्ने पालो नपाएपछि राति बास बसेर तोरी पेले । सोही गाउँपालिका–४ छेडामा स्थानीय बासिन्दा कान्छाराम लामाले सञ्चालन गरेको मिलमा तोरी पेल्न उनिलगायतका सोही टोलका छिमेकीहरु पनि सँगै थिए । गाउँमा मिल नै नहुने र भए पनि राम्रोसँग पेलेर नदिने गरेका […]