कक्षा ५ सम्मका विद्यार्थीको आन्तरिक परीक्षा बन्द गर्ने सरकारको घोषणा

काठमाडौँ । नेपाल सरकारले आगामी शैक्षिक सत्रदेखि कक्षा ५ सम्मका विद्यार्थीहरूका लागि लिइँदै आएको आन्तरिक परीक्षा प्रणाली पूर्ण रूपमा बन्द गर्ने घोषणा गरेको छ । शुक्रवार मन्त्रिपरिषद्को बैठकबाट स्वीकृत ‘शासकीय सुधार सम्बन्धी १०० बुँदे कार्यसूची’ मार्फत सरकारले यस्तो घोषणा गरेको हो ।सरकारको यो निर्णयसँगै अब प्राथमिक तहका विद्यार्थीहरूले परम्परागत शैलीको लिखित परीक्षाको दबाब झेल्नु नपर्ने […]

दुईतर्फी खुल्यो शुक्रबार साँझदेखि अवरुद्ध बीपी राजमार्ग

काभ्रेपलाञ्चोक । शुक्रबार राति अस्थायी डाइभर्सन बाढीले बगाएपछि अवरूद्ध बिपी राजमार्ग दुई तर्फ सञ्चालनमा आएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार आइतबार ६ बजेबाट बिपी राजमार्ग दुईतर्फी नै सञ्चालनमा आएको छ। मौसमको प्रतिकूलतालाई ध्यानमा यात्रा गर्न प्रहरीले आग्रह गरेको छ। जिल्ला प्रहरी कार्यालयले शनिबार रातिदेखि सडक नखुलेसम्म बिपी राजमार्गमा सवारी आवागनममा रोक लगाएको थियो। शुक्रबार साँझको […]

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीका साथै स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशभर साधरणतया बादल लागेको छ। कोशी र बागमती प्रदेशका केही स्थानहरूमा मध्यम वर्षासहित हिमपात भइरहेको छ। आज दिउँसो देशका पहाडी र हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ भने बाँकी भूभागमा आंशिक बादल लाग्नेछ। देशका पहाडी […]

बालेन सरकारले भदौ २४ को घटना छानबिन गर्न एक साताभित्र उच्चस्तरीय समिति गठन गर्ने

काठमाडौँ । सरकारले गत भदौ २४ गते घटेको घटनाको सत्यतथ्य छानबिनका लागि एक हप्ताभित्र उच्चस्तरीय छानबिन समिति गठन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को शुक्रबार बैठकले स्वीकृत गरेको ‘शासकीय सुधार सम्बन्धी १०० बुँदे कार्यसूची’ मा यस विषयलाई प्राथमिकताका साथ समावेश गरिएको हो । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भदौ २४ गते व्यापक […]

शासकीय सुधारका सय कार्यसूची : घरमै पासपोर्ट र नागरिकता दिनेदेखि विद्यार्थी संगठन हटाउनेसम्म (पूर्णपाठ)

काठमाडौँ । सरकारले ‘शासकीय सुधार सम्बन्धी एक सय कार्यसूची’ सार्वजनिक गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको यो कार्यसूचीले अर्थ मन्त्रालयले शनिबार सार्वजनिक गरेको हो । मुलुकको प्रशासनिक, राजनीतिक र सेवा प्रवाहको क्षेत्रमा आमूल परिवर्तन गर्न भन्दै सरकारले सार्वजनिक गरेको उक्त कार्यसूचीमा केही पाँच दिनदेखि एक हजार दिनसम्मको अवधि तोकेर विभिन्न काम गर्ने […]

एमालेको प्रदर्शनले माइतीघर–बानेश्वर क्षेत्र तनावग्रस्त, सिंहदरबार आसपास सुरक्षा ‘हाइ अलर्ट’

काठमाडौं । नेकपा एमालेका नेता–कार्यकर्ता प्रदर्शनमा उत्रिएपछि काठमाडौंको माइतीघर–बानेश्वर क्षेत्र तनावग्रस्त भएको छ । सुरक्षा स्थिति नियन्त्रणका लिन प्रहरी परिचालन भएको छ । प्रदर्शन चलिरहँदा सिंहदरबार आसपासमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालित भएका छन् । गत २३ र २४ भदौमा जेनजी आन्दोलन भएको थियो । उक्त आन्दोलनमा दमन भएको थियो । त्यसबेला एमालेका अध्यक्ष ओली प्रधानमन्त्री […]

ओलीको रिहाइ माग गर्दै एमालेको प्रदर्शन, जलाए जाँचबुझ आयोगको प्रतिवेदन

काठमाडौँ । नेकपा एमालेका कार्यकर्ताहरूले जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन जलाएका छन् । पार्टी अध्यक्ष केपी ओली पक्राउको विरोधमा एमाले कार्यकर्ताहरूले शनिबार पार्टी कार्यालय च्यासल बाहिर जाँचबुझ आयोगको प्रतिवेदन जलाएका हुन् । उनीहरुले वर्तमान सरकारले प्रतिशोध साध्न खोजको भन्दै आक्रोश व्यक्त गरेका थिए । त्यस्तै, शनिबार नै एमाले निकट अनेरास्ववियुले काठमाडौँ भृकुटीमण्डपमा विरोध प्रदर्शन गरेका […]

एमालेले भन्यो– ओली र लेखकको गिरफ्तारी गैरकानुनी, जनसंगठनलाई आजै सडकमा उतार्छौं

काठमाडौं । नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखकको गिरफ्तारीलाई ‘गैरकानुनी’ भनेको छ । त्यसविरुद्ध कानुनी र राजनीतिक प्रतिवाद गर्ने निर्णय एमालेले गरेको छ । आज बिहान उपाध्यक्ष रामबहादुर थापा बादलको अध्यक्षतामा बसेको आकस्मिक सचिवालय बैठकले सो निर्णय गरेको हो । बैठकका निर्णय सुनाउँदै एमाले महासचिव शंकर पोखरेलले ओली र लेखकको […]

त्रिवि शिक्षण अस्पतालको भिआइपी क्याबिनमा भर्ना भए ओली

काठमाडौँ । शनिबार बिहान पक्राउ परेका एमाले अध्यक्ष केपी शर्मा ओली अस्पताल भर्ना भएका छन्। उनलाई अस्पतालको भिआइपी क्याबिनको ५०१ नम्बर बेडमा भर्ना गरिएको अस्पताल स्रोतले जानकारी दिएको छ। ओली मिर्गौला प्रत्यारोपणका बिरामी हुन् । उनको दुईपटकसम्म मिर्गौला प्रत्यारोपण भएको छ। उनलाई मिर्गौला प्रत्यारोपणका बिरामीलाई राख्ने बेडमै राखिएको अस्पतालले जनाएको छ। त्यहाँ भर्नाअघि ओलीलाई आकस्मिक कक्षको […]

यस्तो छ ओली-लेखकबिरुद्ध जारी गरिएको पक्राउ पुर्जी (पत्रसहित)

काठमाडौं । शुक्रबार अपरान्ह मन्त्रिपरिषद्को बैठकले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गर्‍यो । मन्त्रिपरिषद्ले जाँचबुझ आयोगको प्रतिवेदनको हकमा दुई बुँदे निर्णय गरेको थियो । निर्णयमा भनिएको छ, ‘संवत् २०८२ साल भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भएका घटनाको जाँचबुझ गर्न गठित आयोगले नेपाल सरकार समक्ष पेश गरेको प्रतिवेदन तत्काल कार्यान्वयन […]