काठमाडौं । सर्वोच्च अदालतले गैरकानुनी थुनामा परेको दाबी गरिएका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकको हकमा एउटै बेहोराको ‘कारण देखाउ आदेश’ जारी गरेको छ । न्यायाधीश मेघराज पोखरेल र कुमार रेग्मीको छुट्टाछुट्टै इजलासले जारी गरेको कारण देखाउ आदेशले जोड दिएको विषय र माग गरेका फाइल मिल्दोजुल्दो छन् । आदेश अनुसार, सर्वोच्च अदालत […]
समाज
गैंडाकोटमा भयानक सवारी दुर्घटना, ३ गाडी एकैठाउँ ठोक्किए
काठमाडौं । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुरको गैंडाकोट नगरपालिका ९ हनुमान मन्दिर नजिक भयानक सवारी दुर्घटना भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी एवम् डीएसपी अनिल पण्डितका अनुसार नेपालगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको लुम्बिनी प्रदेश ०१–००१ ख ०९१० नम्बरको बसले गैंडाकोटबाट भेंडाबारी तर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०२८ च ५००४ नम्बरको हात्तीगाडी र सोही दिशा […]
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
काठमाडौं । आज मन्त्रिपरिषद् बैठक बस्दैछ । प्रधानमन्त्री बालेन शाहले अपराह्न बस्ने गरी बैठक बोलाएका हुन् । एक मन्त्रीका अनुसार आज अपराह्न ४ बजे बैठक बोलाइएको छ । बैठक सिंदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ ।
एमाले नेतृ शर्मा पक्राउ
काठमाडौँ। केही वर्षअघि घरबाट बालिका उद्धार गरिएको घटनामा मुछिएकी लुम्बिनी प्रदेशकी सांसद रेखा शर्मा बालश्रम शोषणको आरोपमा पक्राउ परेकी छन् । उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आइतबार राति काठमाडौँको धुम्बाराहीस्थित निवासबाटै पक्राउ गरेको हो । एमालेबाट निर्वाचित सांसद शर्मामाथि नाबालिकालाई घरेलु श्रममा लगाएर बालबालिकाविरुद्धको कसुर गरेको गम्भीर आरोप छ । यसअघि काठमाडौँ महानगरपालिकाले उनको […]
ओली र लेखकलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति
काठमाडौँ । पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश आनन्द श्रेष्ठले दुवै जनालाई हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएका हुन् । चैत १४ मा प्रहरीले ओली र लेखकलाई पक्राउ गरेर आइतबार अदालतमा उपस्थित गराएको थियो । […]
एमाले कार्यकर्ता र्यालीसहित विरोध पत्र बुझाउन ललितपुर सीडीओ कार्यालयमा
काठमाडौं । अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा नेकपा एमालेका जनवर्गीय संगठनहरूले आज देशैभर जिल्ला प्रशासन कार्यालयमा विरोध पत्र बुझाउँदैछन् । यसैबीच ललितपुर जिल्ला प्रशासन कार्यालयमा र्याली सहित एमालेका कार्यकर्ताहरू पुगेका छन् । उनीहरू अहिले ओली पक्राउको विरोधमा जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शन गरिरहेका छन् । एमालेका कार्यकर्ताहरूले हिजोदेखि नै प्रदर्शन थालेका छन् । शनिबार […]
केपी ओलीकाे रिहाइको माग गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन
काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली रिहाइको माग गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन पेस भएको छ । गैरकानूनी पक्राउ गरी थुनामा राखिएको भन्दै ओलीको हकमा उनको पत्नी राधिका शाक्यले बन्दी प्रत्यक्षीकरण निवेदन पेस गरेकी छिन् । सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेका अनुसार बन्दीप्रत्यक्षीकरण निवेदन पेस भए पनि अध्ययनको क्रममा […]
स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण : रवि लामिछानेले लिए काठमाडौँ अदालतबाट तारेख
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सहकारी ठगी प्रकरण मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट तारेख बुझेका छन् । आइतबार बिहान अदालत पुगेर लामिछानेले तारेख बुझेको काठमाडौँ जिल्ला अदालत स्रोतले जनाएको छ । काठमाडौँको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा लामिछानेले मुद्दा खेपिरहेका छन् । लामिछानेविरुद्ध २०८१ पुस २१ मा काठमाडौँ जिल्ला अदालतमा सङ्गठित […]
यस्तो छ दीपक खड्काको नाममा जारी भएको पक्राउ पुर्जी
काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री दीपक खड्का आइतबार बिहान पक्राउ परेका छन् । उनलाई पक्राउ गर्न प्रहरीले जारी गरेको पक्राउ पुर्जीमा सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अनुसन्धान लागि नियन्त्रणमा लिनुपरेको उल्लेख छ । ‘तपाईंलाई सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरको अनुसन्धानका सिलसिलामा तत्काल पक्राउ गर्नु परेकाले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को अनुसूची ९ (दफा ९ […]
एमाले प्रदर्शनमा पक्राउ परेका ६ जना रिहा, एक जना थुनामै
काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको पक्राउविरुद्ध प्रदर्शनमा उत्रिएर पक्राउ परेका ६ जना रिहा भएका छन् । एकजना फरार प्रतिवादीलाई भने थुनामै राखेर अनुसन्धान हुने भएको छ । शनिवार बबरमहलबाट पक्राउ परेका विमल धमला बैंकिङ कसुर मुद्दामा फरार रहेको भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले बताए । उनी […]










