काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले बागमती, गण्डकी, कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशलगायत देशको हिमाली तथा पहाडी भूभागमा साधरणतया बादल लागेको छ । आज दिउसो देशका हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ भने पहाडी तथा तराई भूभागमा आंशिक बादल लाग्नेछ। कोशी प्रदेशको पहाडी र […]
समाज
मलेसियाका पूर्वप्रधानमन्त्री रजाकले सरकारी कम्पनीलाई सवा अर्ब डलर तिर्नुपर्ने अदालतको आदेश
काठमाडौं । मलेसियाको उच्च अदालतले पूर्वप्रधानमन्त्री नजिब रजाकलाई सरकारी कोष दुरुपयोग र पदीय मर्यादा विपरीत कार्य गरेको ठहर गर्दै १ अर्ब ३० करोड अमेरिकी डलर (करिब ५ अर्ब २५ करोड मलेसियाली रिंगिट) भुक्तानी गर्न आदेश दिएको छ । मलेसिया सरकारको लगानी भएको एसआरसी इन्टरनेसनलले दायर गरेको देवानी मुद्दामा सुनुवाइ गर्दै अदालतले रजाकलाई उक्त कम्पनीको नोक्सानीका […]
छवि रिजाललाई हाजिर जमानीमा रिहा गर्ने निर्णय
काठमाडौँ । जेनजी आन्दोलन हुँदा काठमाडौंको सीडीओ छवि रिजाललाई प्रहरीले हाजिर जमानीमा रिहा गर्ने निर्णय गरेको छ । मंगलबार रिजाललाई उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले काठमाडौंको सुविधानगरबाट पक्राउ गरेको थियो । पक्राउपछि उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसन्धान अधिकृतहरूले जेनजी प्रदर्शनमा बानेश्वरमा किशोरहरूको ज्यान जानेगरी भएको घटनाबारे सोधपुछ गरेका थिए । सह सचिव रिजाललाई बोलाएको […]
एमाले सांसदहरूले प्रधानमन्त्रीसँग आज पनि भने– अध्यक्ष ओलीको रिहा गरियोस्
काठमाडौँ । नेकपा एमालेका सांसदहरूले मंगलबार पनि प्रधानमन्त्री बालेन शाहसँग पार्टी अध्यक्ष केपी शर्मा ओलीको रिहाइको माग गरेका छन्। प्रधानमन्त्री बालेनले मंगलबार सुदूरपश्चिम प्रदेशका प्रत्यक्ष निर्वाचित सांसदहरूसँग सिंहदरबारमा छलफल गरेका थिए। त्यस क्रममा आफूहरूले पूर्वप्रधानमन्त्री ओलीमाथि राजनीतिक प्रतिशोध नसाध्न आग्रह गरेको एमाले सांसद ऐन महरले बताए। ‘यो क्रान्तिबाट आएको सरकार होइन। आवधिक निर्वाचनबाटै आएको हो। राजनीतिक […]
अब विदेश जाने श्रमिकले सरकारी अस्पतालबाटै सेवा पाउने, स्वास्थ्य परीक्षण ‘सिन्डिकेट’ खारेज
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणमा कायम ‘सिन्डिकेट’ अन्त्य गर्ने निर्णय गरेको छ । अबदेखि श्रमिकले नेपाल सरकारबाट स्वीकृत वा सरकारी स्वामित्वका स्वास्थ्य संस्थाबाट स्वास्थ्य परीक्षण गराउन पाउने भएका छन् । मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिअनुसार वैदेशिक रोजगारी ऐन, २०६४ र नियमावली, २०६४ मा भएको व्यवस्थाअनुसार श्रमिकले […]
काठमाडौँका पूर्व सीडीओ छवि रिजाल पक्राउ
काठमाडौं । जेनजी आन्दोलन हुँदा काठमाडौँको सिडीओ रहेका छवि रिजाललाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार बिहान काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयलको टोलीले उनलाई सुविधानगरबाट पक्राउ गरेको हो । जेनजी प्रदर्शनबारे छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजाललाई दोषी किटान गर्दै मुद्दा चलाउन सिफारिस गरेको थियो । भदौ २३ […]
अघिल्लो दिन मात्रै प्रेमीले कुटपिट गरेको भन्दै प्रहरीमा पुगेकी थिइन् सृजना, अर्को दिन जलिन
बाँके । बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१२ कोरियनपुरको सडकमा मध्यराति जलेको अवस्थामा फेला परेकी महिलाको उपचारका क्रममा मृत्यु भयो। मृतक २२ वर्षीया सृजना बुढा मगर थिइन्। शनिबार राति साढे ११ बजेतिर कोरियपुरको सडकमा महिलाको शरीरमा आगो लागिरहेको भन्ने सूचना प्रहरीले पाएको थियो। उनलाई उद्धार गरी तत्कालै प्रहरीले भेरी अस्पताल नेपालगञ्जमा पुर्याएको थियो। उपचारका क्रममा आइतबार राति सवा १ […]
दुबई बन्दरगाहमा कुवेतको ठूलो तेल ट्यांकरमाथि आक्रमण, अन्तर्राष्ट्रिय बजारमा असर
दुबई । संयुक्त अरब इमिरेट्स (यूएई) को दुबई बन्दरगाहमा कुवेतको एक ठूलो तेल ट्यांकरमा आक्रमण भएको छ । यस आक्रमणलगत्तै अमेरिकी कच्चा तेलको सूचक वेस्ट टेक्सास इन्टरमिडियट (डब्ल्यू.टी.आई.) को मूल्य ३.४ प्रतिशतले बढेको छ । कुवेतको सरकारी समाचार एजेन्सी ‘कुना’का अनुसार अंकरेज क्षेत्रमा रहेको ‘अल–सल्मी’ नामको जायन्ट ट्यांकरमा सिधै आक्रमण भएको हो । कुवेत पेट्रोलियम […]
पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भूभागमा साधरणतया बादल लागेको छ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो कोशी र मधेस प्रदेश लगायत देशका पहाडी र हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ […]
बालेन नेतृत्वको सरकार वैदेशिक शक्तिको ‘कठपुतली’ र ‘फासीवादी’ : क्रान्तिकारी कम्युनिस्ट पार्टी
काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले वर्तमान बालेन्द्र शाह नेतृत्वको सरकारलाई वैदेशिक शक्तिको ‘कठपुतली’ र ‘फासीवादी’ भएको आरोप लगाएको छ । पार्टीका प्रवक्ता सुदर्शनद्वारा जारी गरिएको प्रेस वक्तव्यमा यस्तो आरोप लगाइएको हो । वक्तव्यमा विदेशीको सहयोगमा ‘जेनजी विद्रोह गराई नेपालमा कठपुतली सरकार लादिएको दाबी गरिएको छ । पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टी सहभागी भएको निर्वाचनलाई नाटकको संज्ञा […]










