काठमाडौं । शुक्रबार अपरान्ह मन्त्रिपरिषद्को बैठकले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गर्यो । मन्त्रिपरिषद्ले जाँचबुझ आयोगको प्रतिवेदनको हकमा दुई बुँदे निर्णय गरेको थियो । निर्णयमा भनिएको छ, ‘संवत् २०८२ साल भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भएका घटनाको जाँचबुझ गर्न गठित आयोगले नेपाल सरकार समक्ष पेश गरेको प्रतिवेदन तत्काल कार्यान्वयन […]
समाज
ओली-लेखक पक्राउपछि हर्क साम्पाङको टिप्पणी : सिंहदरबार र संसद् भवन जलाउनेलाई पनि भाटैभाटा लगाउनुपर्छ
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रतिक्रिया दिएका छन्। उनले अहिलेको राजनीतिक घटनाक्रमलाई प्रतिशोधको संज्ञा दिँदै विगतमा राज्यका प्रमुख प्रशासनिक भवन जलाउने र भत्काउनेलाई पनि पक्राउ गरेर कारबाही गर्नुपर्ने माग गरेका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै साम्पाङले मानिसहरूले […]
एमालेले अध्यक्ष ओली पक्राउको विरोधमा काठमाडौंमा प्रदर्शन सुरू
काठमाडौं । एमालेले अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा संघीय राजधानी काठमाडौंमा प्रदर्शन सुरू गरेको छ । ललितपुरको च्यासलस्थित सचिवालय बैठक जारी रहेका बेला एमालेका कार्यकर्ताहरू काठमाडौंको चावहित क्षेत्रमा एमाले कार्यकर्ताहरू सडक प्रदर्शन गरिरहेका छन् । उनीहरूले सरकारविरूद्ध चर्को नाराबाजी गरिरहेका छन् । सरकारले शनिबार बिहानमात्रै अध्यक्ष ओलीलाई पक्राउ गरेको थियो । पक्राउ लगत्तै एमाले […]
प्रतिवेदन कार्यान्वयनको नाममा धरपकड भए मुलुक द्वन्द्वमा जान्छ : महेश बस्नेत
काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयनको नाममा सरकारले धरपकड गरे मुलुक द्वन्द्वतर्फ जाने चेतावनी दिएका छन् । रास्वपा संसदीय दलका नेता बालेन्द्र शाहको नेतृत्वमा आज गठन भएको मन्त्रिपरिषद्को पहिलो बैठकले कार्की आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजाने निर्णय गरेको थियो । प्रतिवेदन कार्यान्वयन गर्दा पहिले, आयोगले कारबाहीका लागि सिफारिस गरेका सुरक्षा […]
सकुशल भेटियो दोलखामा सम्पर्कविहीन भएको हेलिकप्टर
काठमाडौँ । दोलखामा सम्पर्कविहीन भएको हेलिकप्टर सकुशल फेला परेको छ। शुक्रबार दिउँसो सम्पर्कविहीन भएको हेलिकप्टर अहिले सम्पर्कमा आएको जिल्ला प्रहरी कार्यालय दोलखाका डिएसपी मनोज लामाले जानकारी दिए। उनका अनुसार लक्ष्य गुम्बा रहेको स्थानमा उक्त हेलिकप्टर फेला परेको हो। ‘सुरूमा उडेको ठाउँबाट अलि माथि रहेको लक्ष्य गुम्बानिर अर्को हेलिप्याड रहेछ। त्यहाँ अवतरण गरेको हो। सबै जना सकुशल […]
एकपछि अर्को विवादास्पद निर्णय गरेकी महान्यायाधिवक्ता भण्डारीले दिइन् पदबाट राजीनामा
काठमाडौं । महान्यायाधिवक्ता सविता भण्डारी बरालले पदबाट राजीनामा दिएकी छिन् । उनलाई निवर्तमान प्रधानमन्त्री सुशीला कार्कीले नियुक्त गरेकी थिइन् । प्रधानमन्त्री कार्की पदमुक्त भएपछि उनले पनि पदबाट राजीनामा दिएकी हुन् । सामान्यतया: प्रधानमन्त्रीले नियुक्त गरेको महान्यायाधिवक्ताले प्रधानमन्त्री पदमुक्त भएसँगै राजीनामा दिने अभ्यास रहन्छ । उनलाई प्रधानमन्त्री कार्कीले २९ भदौमा नियुक्त गरेकी थिइन् । करिब साढे […]
अर्थमन्त्री वाग्लेकाे पहिलो निर्णय : १५ वटा ऐन र राजस्व अनुसन्धान विभाग खारेज
काठमाडौँ । नवनियुक्त अर्थमन्त्री स्वार्णिम वाग्ले ले पदभार ग्रहण गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष शपथ लिएपछि उनले अर्थ मन्त्रालय पुगेर औपचारिक रूपमा जिम्मेवारी सम्हाले। पदभार ग्रहण गर्दै वाग्लेले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग, २०८१ का सिफारिस कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए। सोअनुसार राजस्व अनुसन्धान विभाग खारेज गर्ने र १५ वटा ऐन खारेज वा संशोधन […]
लाङटाङ क्षेत्रमा मुस्ताङ एयरको हेलिकप्टर सम्पर्कविहीन
काठमाडौं । रसुवाको लाङटाङ क्षेत्रमा गएको मुस्ताङ एयरको एउटा हेलिकप्टर शुक्रबार दिउँसो सम्पर्कविहीन भएको छ । नेपाल नागरिक उड्ययन प्राधिकरण त्रिभुवन विमानस्थल कार्यालयका अनुसार उक्त हेलिकप्टर शुक्रबार दिउँसो साढे १ बजेदेखि सम्पर्कविहीन भएको हो । नागरिक उड्डयन प्राधिकरणका अनुसार हेलिकप्टर सम्पर्कविहीन भएपछि खोजीकार्य तीव्र पारिएको छ। हेलिकप्टरको अवस्थाबारे अहिलेसम्म जानकारी मिल्न सकेको छैन। सुरक्षानिकायले हेलिकप्टरको […]
प्रधानमन्त्री बालेनलाई बधाई दिँदै मोदीले भने- तपाईँसँग मिलेर काम गर्न उत्सुक छु
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह(बालेन)लाई भारतीय समकक्षी नरेन्द्र मोदीले बधाई दिएका छन् । शुक्रबार दिउँसो फेसबुकमार्फत भारतीय प्रधानमन्त्री मोदीले बालेनलाई बधाई दिएका हुन् । ‘नेपालका प्रधानमन्त्रीका रूपमा सपथ ग्रहण गर्नुभएकोमा श्री बालेन्द्र शाहलाई हार्दिक बधाई,’ मोदीले लेखेका छन्, ‘तपाईँको नियुक्ति नेपाली जनताले तपाईँको नेतृत्वमा राखेको विश्वासको प्रतिविम्ब हो ।’ मोदीले बालेनसँग मिलेर नेपाल–भारत सम्बन्ध अझै […]
नवनियुक्त मन्त्रीहरूले लिए शपथ, बालेन क्याबिनेटमा ३३ प्रतिशत महिला
काठमाडौं । नवनियुक्त मन्त्रीहरूले शपथ लिएका छन् । राष्ट्रपति कार्यालय, शीतलनिवासमा आयोजित शपथ ग्रहण समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरूलाई शपथ गराएका हुन् । आजै प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले पनि शपथ लिएका थिए । शपथ ग्रहण कार्यक्रमका लागि बटुकले स्वस्तिवाचन र लामाले मंगलवाचन समेत गरेका थिए । बालेन नेतृत्वको १५ सदस्यीय मन्त्रिपरिषद्मा पाँच जना मन्त्री महिला […]










