नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी पक्राउ

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसहित दुई जनालाई पक्राउ गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई आज (बुधबार) पक्राउ गरेको स्रोतले जानकारी दिएको छ । उनीसहित क्यानका पूर्व महानिर्देशक मुरारी भण्डारीलाई पनि अख्तियारले नियन्त्रणमा लिएको छ । उनीहरूलाई भक्तपुरको नलिन्चोक हेलिकप्टर काण्डको भ्रष्टाचार मुद्दा दायर गर्नका लागि नियन्त्रणमा लिइएको […]

गुण एयरलाइन्सका सञ्चालक राजेन्द्र शाक्य पक्राउ

काठमाडौँ । प्रहरीले गुण एयरलाइन्सका सञ्चालक राजेन्द्र शाक्यलाई पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले उनलाई पक्राउ गरेको एसएसपी शिवकुमार श्रेष्ठले जानकारी दिए। बुधबार उनलाई प्रहरीले ललितपुरको जावलाखेलबाट पक्राउ गरेको हो। उनीमाथि प्रभु बैंक लिमिटेडलाई नोक्सानी पुर्याएको घटनामा संलग्न भएको आरोप छ। यसअघि सिआइबीले प्रभु बैंककै सिइओ अशोक शेरचनसहित तीन जनालाई पक्राउ गरिसकेको थियो। उनीहरूमाथि […]

कस्तो रहला आज देशभर मौसम ?

काठमाडौँ । आज देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो देशको हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । […]

पूर्वप्रधानन्यायाधीश श्रेष्ठलाई पितृशोक

काठमाडौँ । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई पितृशोक परेको छ। उनका पिता कुलबहादुर श्रेष्ठको ९५ वर्षको उमेरमा मंगलबार बिहान निधन भएको हो। कुलबहादुर श्रेष्ठ लामो समयदेखि स्वासप्रश्वास तथा मधुमेह रोगबाट पीडित थिए। पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ र इन्जिनियर राममनोहर श्रेष्ठ र वरिष्ठ मिर्गौला तथा कलेजो प्रत्यारोपण सर्जन डा. पुकारचन्द्र श्रेष्ठ गरी उनका तीन छोरा र दुई छोरी छन् […]

भ्रष्टाचार मुद्दामा कांग्रेस नेता जीवन बहादुर शाहीविरुद्ध सर्वोच्च गयो अख्तियार

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बहुचर्चित वाइडबडी विमान खरिद प्रकरणमा भएको भ्रष्टाचारमा विशेष अदालतको फैसलामा चित्त नबुझेको भन्दै सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ। आयोगले पूर्व पर्यटन मन्त्री तथा नेपाली कांग्रेसका नेता जीवन बहादुर शाहीसहितका प्रतिवादीहरूलाई सफाइ दिने तथा कम सजाय तोक्ने विशेष अदालतको फैसलाविरुद्ध मंगलबार सर्वोच्चमा पुनरावेदन दर्ता गराएको हो। नेपाल वायुसेवा निगमका लागि […]

सशस्त्रका २३ डीएसपीको सरुवा, को कहाँ पुगे ? सूचीसहित

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका २३ डीएसपीको सरुवा भएको छ । सशस्त्र प्रहरी प्रधान कार्यालय हल्चोकले एक सूचना जारी गर्दै २३ डीएसपीको सरुवा निकालेको हो । सरुवा सूची अनुसार हरिबहादुर गुरुङको हुल तथा दंगा व्यवस्थापन शिक्षालय लामापाटन पोखरामा सरुवा भएको छ । दिनेशबहादुर रायमाझीको एपीएफ इन्टेलिजेन्स ब्यूरोमा सरुवा भएको छ ।

ब्युतियो भूमि समस्या समाधान आयोग

काठमाडौ । सरकारले खारेज गरेको भूमि समस्या समाधान आयोग पुनः ब्युँतिएको छ। आयोग अध्यक्ष हरिप्रसाद रिजालले दायर गरेको रिटमा सर्वोच्च अदालतले सोमबार सरकारको निर्णय बदर गर्दै रिट जारी गर्न आदेश दिएको हो। गत २३ असोजमा खर्च कटौती भन्दै सरकारले आयोग खारेज गरेको थियो। सर्वोच्चको आदेशपछि केन्द्रदेखि जिल्लासम्मका आयोग पदाधिकारीहरूको पद सुरक्षित बनेको छ। आयोगमा पार्टी […]

नेपालमा बंगालको खाडीको न्यून चापीय प्रणालीको आंशिक प्रभाव, पानी पर्छ कि पर्दैन ?

काठमाडौं । कोशी, मधेश र वाग्मती प्रदेशमा दक्षिण–पश्चिम बंगालको खाडी र भारतको तमिलनाडु आसपास रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान महाशाखाले जनाएको छ । तर पानी पर्ने सम्भावना भने नरहेको मौसमविदहरुले बताएका छन् । केही स्थानमा बादल भने लाग्ने छ । आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च […]

एनपीएलमा आज जनकपुरले चितवनको र कर्णालीले पोखराको सामना गर्दै

काठमाडौँ । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा बिहान ११ः४५ बजे हुने पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्स र चितवन राइनोज भिड्दा अपराह्न ४ः०० बजे हुने दोस्रो खेलमा पोखरा एभेन्जर्स र कर्णाली याक्स आमनेसामने हुनेछन् । लगातार चार खेल हारेर पुछारमा […]

काठमाडौंका मेयर बालेन शाहलाई पितृशोक

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई पितृशोक परेको छ । उनका बुवा रामनारायण शाहको केहीबेरअघि नयाँ बानेश्वरको सिभिल अस्पतालमा निधन भएको हो । उनलाई आइतबार बिहान बेहोसी अवस्थामानै अस्पताल पुर्‍याइएको थियो । अस्पताल स्रोतका अनुसार, उनलाई आइतबार बिहान अवस्था गम्भीर भएपछि बेहोसी अवस्थामा नै परिवारका सदस्यले अस्पताल लगेका थिए । एक चिकित्सकले दिएको जानकारी […]