काठमाडौं उपत्यकासहित देशभर ह्वात्तै बढ्यो चिसो

काठमाडौं । काठमाडौं उपत्यकासहित देशभर चिसो ह्वात्तै बढेको छ । काठमाडौं उपत्यकाको बिहीबार बिहानको न्यूनतम तापक्रम ७ दशमलव ४ डिग्री सेल्सियसमा झरेको छ । यसअघि गत बिहीबार काठमाडौंको न्यूनतम तापक्रम १० डिग्री सेल्सियस मापन गरिएको थियो । एक सातामै काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियसले घटेको हो । काठमाडौंको अधिकतम तापक्रम १ डिग्री सेल्सियसले घटेको […]

आजदेखि १ सय रुपैयाँको नयाँ नोट चलनचल्तीमा, यस्ता छन् विशेषता

काठमाडौँ । नेपाल राष्ट्र बैंकले १ सय रुपैयाँ दरको नयाँ बैंक नोट प्रचलनमा ल्याएकाे छ । बैंकले एक सूचना जारी गर्दै आज देखि नयाँ विशेषतासहितको नोट चलनचल्तीमा आएको जानकारी दिएको हो । साबिककै आकार तथा रङमा आउन लागेको यो नयाँ नोटमा ‘नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ १०० […]

निर्वाचनका लागि दल दर्ता गराउने समय आजसम्म मात्र

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा भाग लिन निर्वाचन आयोगमा दल दर्ता गराउने समय आजसम्म मात्र रहेको छ । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार निर्वाचन प्रयोजनका लागि राजनीतिक दलले आजसम्म मात्र दर्ता हुन पाउनेछन्। निर्वाचन आयोगमा पहिले दर्ता भएका राजनीतिक दलहरूले निर्वाचनमा भाग लिन फेरि दल दर्ता गराउनुपर्ने प्रावधान […]

त्रिभुवन विश्वविद्यालयको सभा आज, नीति तथा कार्यक्रम पेस हुने

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको सभा आज बस्दै छ । प्रधानमन्त्री तथा कुलपति सुशीला कार्कीको अध्यक्षतामा सभा बस्ने छ । आजको सभामा त्रिविको नीति तथा कार्यक्रम पेस हुनेछ । गत २६ असारमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा नीति तथा कार्यक्रम रोकिएको थियो । तत्कालीन प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रम रोकेर बजेट मात्रै प्रस्तुत गर्न निर्देशन […]

मध्यपुरमा एकल महिलालाई मनोसामाजिक र कानुनी प्रशिक्षण

भक्तपुर । मध्यपुर थिमि नगरपालिकाले एकल महिलाहरूका लागि मनोसामाजिक तथा कानुनी अधिकार सम्बन्धी प्रशिक्षण सम्पन्न गरेको छ। नगरपालिकाको महिला, बालबालिका तथा सामाजिक समावेशिकरण शाखाले आयोजना गरेको प्रशिक्षण नगरका सबै १ देखि ९ वडासम्मका एकल महिलालाई लक्षित थियो। शाखा प्रमुख रजिया चौधरीका अनुसार तालिमले सहभागी महिलाहरूलाई मनोसामाजिक परामर्श तथा कानुनी अधिकारबारे स्पष्ट बुझाइ प्रदान गर्ने उद्देश्य […]

तरकारी र फलफूलको भन्सार बिन्दुमै अनिवार्य विषादी परीक्षण गर्न सर्वोच्चको परमादेश

काठमाडौँ । सर्वोच्च अदालतले आयातीत तरकारी, फलफूल तथा अन्य खाद्यवस्तुमा विषादी अवशेष परीक्षण अनिवार्य गर्न सरकारलाई परमादेश जारी गरेको छ। अदालतले सबै भन्सार बिन्दुमा अन्तर्राष्ट्रियस्तरका प्रयोगशाला स्थापना गरी आवश्यक उपकरण र दक्ष जनशक्ति उपलब्ध गराउन पनि निर्देशन दिएको छ। अधिवक्ता भद्रप्रसाद नेपाल (स्वागत नेपाल), नारायणप्रसाद दवाडी, कञ्चनकृष्ण न्यौपाने, विष्णुप्रसाद तिमिल्सेना र कुमारी खरेलले दायर गरेको रिटमाथि […]

प्रधानमन्त्री भेट्न भन्दै सिंहदरबार छिर्न खोजेको जेन-जी समूहलाई प्रहरीले फर्कायो

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न भन्दै सिंहदरबार छिर्न खोजेको जेन-जी समूहलाई प्रहरीले फर्काइदिएको छ । मंगलबार मिराज ढुंगानासहितको जेन-जी समूह सिंहदरबार छिर्न खोजेको थियो । तर निषेधित क्षेत्र भन्दै प्रहरीले उनीहरूलाई फर्काइदिएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईले निषेधित क्षेत्रमा ६० भन्दा बढीको संख्यामा प्रवेश गर्न खोजेकाले उनीहरूलाई हटाइएको बताए […]

राप्रपाले गर्‍यो निर्वाचन आयोगमा दल दर्ता

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले निर्वाचन आयोगमा दल दर्ता गरेको छ । प्रतिनिधिसभा निर्वाचनको प्रयोजनका लागि पार्टीले आयोगमा दल दर्ता गराएको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए । निर्वाचन आयोगले बुधबार (भोलि) सम्म दल दर्ताको समयावधि तोकेको छ । सो क्रममा दलहरूले दल दर्ताको काम अघि बढाएका हुन् । आयोगमा ६२ भन्दा बढी दल दर्ता […]

जनकपुरमा राम–जानकी विवाह पञ्चमी मनाइँदै, मधेस प्रदेशमा आज सार्वजनिक बिदा

जनकपुरधाम । त्रेता युगमा भगवान श्रीराम र माता सीताको विवाहको स्मरणमा मनाइने राम–जानकी विवाह पञ्चमी जनकपुरधाममा भव्य रूपमा मनाइँदैछ । एक साता अघिदेखि नै विवाह पञ्चमीको तयारी सुरु हुन्छ । मन्दिर प्राङ्गण, सडक र रंगभूमि मैदान विभिन्न सांस्कृतिक झाँकी, फूल, दीप, झिलिमिली सजावट र धार्मिक सामग्रीले सजाइन्छ । आज हुने विवाहका लागि जानकी मन्दिरको विशाल […]

जनकपुरमा विवाहपञ्चमी महोत्सव – आज जानकीको टकोर, भोलि विवाह

जनकपुरधाम । सप्ताहव्यापी सीताराम विवाहपञ्चमी महोत्सवको पाँचौँ दिन आज जानकीको मटकोर मनाइँदै छ । आज दिउँसो जनकपुरधामस्थित धार्मिक तथा ऐतिहासिक गंगासागरमा परम्परागत रीति अनुसार जानकीको मटकोर गरिने कार्यक्रम गरिने जानकी मन्दिरका सह महन्त रामरोशन दास बैष्णवले जानकारी दिए । बाजागाजा सहितको शोभायात्रासहित गंगासागरमा पुगेर मिथिली परम्परा अनुसार मटकोर गरिन्छ । मटकोरमा सीताको प्रतीक मानिने बालिकामार्फत […]