अदालत प्रशासनप्रति नेपाल बारको आपत्ति, आन्दोलनका कार्यक्रम घोषणा

काठमाडौँ । नेपाल बार एसोसिएसन ले सर्वोच्च अदालत प्रशासनले संवैधानिक महत्वका रिट निवेदन दर्ता नगरी न्यायिक प्रक्रियामै अवरोध सिर्जना गरेको भन्दै आपत्ति जनाएको छ। बारले अदालत प्रशासनको यस्तो कार्यलाई ‘समानान्तर न्याय प्रशासन’को अभ्यास भन्दै तत्काल अन्त्य गर्न माग गरेको छ । बारका महासचिव वरिष्ठ अधिवक्ता केदार प्रसाद कोइरालाद्वारा साेमबार जारी प्रेस विज्ञप्तिमा विगत केही समयदेखि […]

स्कटल्यान्डविरुद्ध नेपाल ६ विकेटले विजयी, रोहित र इशनको अर्धशतक

काठमाडौँ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गत सोमबार भएको खेलमा नेपालले स्कटल्यान्डमाथि सहज जित निकालेको छ ।स्कटल्यान्डले जितका लागि दिएको १ सय ९५ रनको लक्ष्य नेपालले ३८.१ ओभरमा ४ विकेटको क्षतिमा भेट्टायो । आज नेपाल दुई खेलाडीले अर्धशतक पूरा गरे । इशन पाण्डे आफ्नो ओडीआई करिअरकै पहिलो अर्धशतक (५५ रन) बनाए भने कप्तान […]

स्टार्कको कीर्तिमानी तोडेर सन्दीप बने ओडीआईमा छिटो १५० विकेट लिने खेलाडी

काठमाडौं । नेपाली लेगस्पीनर सन्दीप लामिछानेले अष्ट्रेलियन बलर मिचेल स्टार्कको कीर्तिमान तोडेका छन् । उनले ओडीआई क्रिकेटमा सबैभन्दा छिटो १५० विकेट बलरको कीर्तिमान बनाएका हुन् । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत स्कटल्याण्डविरुद्ध २ विकेट लिएपछि सन्दीपले ७३ खेलमै १५० विकेट लिएर उक्त कीर्तिमान बनाएका हुन् । यसअघि स्टार्कले ७७ खेलमा १५० विकेट लिएका थिए […]

सुन्धारा कारागारबाट भागेकी महिला पक्राउ, तोकिएको थियो जन्मकैद

काठमाडौं । सुन्धारा कारागारबाट मध्यराति भागेकी नुवाकोटको विदुर नगरपालिकाकी २५ वर्षीया सपना तामाङ पक्राउ परेकी छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले असनबाट पक्राउ गरेको हो । जन्मकैदको सजाय तोकिएकी तामाङ शुक्रबार राति १ बजे कारागारबाट फरार भएकी थिइन् । भुईँमा केही वस्तु ओछ्याएर पर्खाल नाघेर भागेको देखिएको कारागार प्रशासनले जनाएको थियो । तामाङ […]

आजको मौसम : यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार यसै प्रभावका कारण हाल कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ। त्यस्तै कर्णाली प्रदेशको हिमाली भू-भाग र […]

आईसीसी विश्वकप लिग २ : जितको लक्ष्यसहित नेपालले स्कटल्यान्डको सामना गर्दै

काठमाडौँ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गत आज सोमबार हुने १०६ औँ खेलमा नेपालले स्कटल्यान्डको सामना गर्दैछ।कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने यो खेल नेपाली समय अनुसार बिहान ९:३० बजे सुरु हुनेछ। संयुक्त राज्य अमेरिकासहित सम्मिलित यस घरेलु त्रिकोणात्मक शृङ्खला नेपालका लागि निकै महत्त्वपूर्ण मानिएको छ। घरेलु दर्शकको अगाडि खेल्दै गरेको नेपाली […]

कति खतरनाक छ डब्लुएचओद्वारा ‘जनस्वास्थ्य आपतकाल’ घोषणा गरिएको इबोला ?

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कंगो लोकतान्त्रिक गणतन्त्रमा फैलिएको इबोला प्रकोपलाई अन्तर्राष्ट्रिय चासोको जनस्वास्थ्य आपतकाल घोषणा गरेको छ। एजेन्सीले कंगोको पूर्वी इटुरी प्रान्तमा देखिएको यस प्रकोपले विश्वव्यापी महामारीको भने मापदण्ड पूरा नगरेको बताएको छ। यहाँ करिब २४६ शंकास्पद केस र ८० जनाको मृत्यु भएको रिपोर्ट गरिएको छ। तर यसले हाल पत्ता लागेको र […]

कुलोको ठेक्का विवादमा दाजुभाइको हत्या भएको प्रहरी निष्कर्ष

काठमाडौँ । नुवाकोटको म्यागम गाउँपालिका–४ स्थित किम्ताङ बेसीका दाजुभाइ वैशाख २९ मा घरबाट कुलो बनाउन निस्केका थिए । ४३ वर्षीय समराज तामाङ र उनका भाइ ३६ वर्षका सूर्यमान तामाङ त्यस दिन साँझ घर फर्केनन् । वैशाख ३० मा बिहान किम्ताङ खोला किनारमा ढुङ्गाले छोपेर राखेको अवस्थामा शव भेटियो । भरुवा बन्दुक प्रयोग गरेर उनीहरूको हत्या […]

आज बुटवलमा सुकुमवासीको प्रदर्शन, भोलि राष्ट्रिय सम्मेलन

बुटवल । सार्वजनिक जग्गा संरक्षणको नाममा वैकल्पिक व्यवस्था विना सरकारले वर्षौंदेखि बसेको वस्तीमा डोजर चलाएर आतंक मच्चाएको भन्दै अव्यवस्थित बसोबासी तथा भूमिहीनले आइतबार (आज) बुटवलमा वृहत प्रदर्शन र राष्ट्रिय सम्मेलन आयोजना गरेका छन् । नेपाल भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासी संघर्ष समिति रुपन्देहीको आयोजनामा प्रदर्शन र सम्मेलन आयोजना भएको हो । बुटवलको राजमार्ग चौराहामा जम्मा […]

पश्चिमी र स्थानीय वायु प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल गण्डकी, बागमती र कोशी प्रदेशका थोरै स्थानहरू वर्षा भइरहेको छ । आज दिउँसो कोशी प्रदेशलगायत बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली र पहाडी भूभागमा साधरणतया बादल लाग्नेछ । कोशी प्रदेशका हिमाली र पहाडी भूभागका केही […]