काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास र पश्चिममा सरदर स्थान भन्दा थोरै उत्तरतिर रहेको छ। शुक्रबार गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भाग साधारणतया बदली रही बाँकी भू भागमा आंशिक बदली रहेको छ। लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित […]
समाज
आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै
काठमाडौँ । आज आषाढ शुक्ल पूर्णिमा अर्थात गुरु पूर्णिमा आफूलाई शिक्षा प्रदान गर्ने गुरुप्रति श्रद्धाभाव प्रकट गरी मनाइँदै छ । वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यासको जन्म जयन्तीका अवसरमा वैदिक कालदेखि नै मनाउने गरिएको व्यास जयन्तीलाई गुरु पूर्णिमाका रूपमा लिने गरिएको छ । वेदव्यासले वेदान्त, अठार पुराण, उपनिषद्लगायतका धार्मिक ग्रन्थ लेखी हिन्दु संस्कृतिलाई ठुलो गुन […]
काठमाडौँका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत परियारलाई २५ हजार धरौटीमा छाड्न आदेश
काठमाडौँ । ढल निर्माणको ठेक्कामा अनियमितता गरेको आरोपमा मुद्दा दायर भएका काठमाडौँ महानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारलाई पुर्पक्षका लागि २५ हजार छाड्न विशेष अदालतले आदेश गरेको छ । बुधबार परियार सहित निर्देशक वसन्त आचार्य र नमराज ढकाललाई ५०/५० हजार रुपैयाँ धरौटी तिराइ पुर्पक्षमा छाड्न समेत अदालतले आदेश गरेकाे छ । बुधबार बिहान परियार, […]
तीनकुने घटना : अदालतमा उपस्थित सतीश न्यौपानेलाई कारागार पठाउने आदेश
काठमाडौँ । तीनकुने घटनाका फरार तीन आरोपी बुधबार काठमाडौँ जिल्ला अदालतमा उपस्थित भएका छन् । उपस्थित तीन जनामध्ये दुई जनालाई धरौटीमा छाड्दा सतीश न्यौपानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ । न्यायाधीश बालकृष्ण वाग्लेको इजलासले थुनामा पठाउने आदेश गरेसँगै न्यौपानेलाई डिल्लीबजार कारागर लगिएको छ । अन्य दुई प्रतिवादीहरु विनञ्यजन थापा र राजेन्द्र जिसीलाई १५/१५ […]
सेयर बजारमा उत्साहजनक वृद्धि, नेप्से परिसूचक फेरि २७०० माथि
काठमाडौँ । साताको चौथो दिन सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा उत्साहजनक वृद्धि देखिएको छ। बजार बन्द हुँदा नेप्से परिसूचक २३.९९ अङ्कले बढेर २७०७.८५ विन्दुमा पुगेको हो । यो ०.८९ प्रतिशतको वृद्धि हो। आज दिनभरिको कारोबारमा ७ अर्ब ४५ करोड १८ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ। आज २४८ कम्पनी र ३१६ […]
बागलुङमा बाढीले बगायो कालुङखोला जलविद्युत आयोजना
बागलुङ । बागलुङमा बाढीले कालुङखोला जलविद्युत आयोजना बगाएको छ। बुधबार जैमिनी नगरपालिका-९ पैयुथन्थाप बिजुवामा रहेको कालुङखोला जलविद्युत आयोजना बगाएको जिल्ला प्रहरी कार्यालयका डिएसपी बसन्त पाण्डेले जानकारी दिए। उनका अनुसार कालुङखोला आयोजनाको विद्युतगृह र त्यहाँ रहेका तीन वटा झुलुङ्गे पुलमा पनि पूर्ण रूपमा क्षति पुगेको छ। बाढीले एउटा गोरूलाई पनि बगाएको छ। त्यहाँ रहेका करिब १० वटा […]
पत्रकार दिवाकरको पक्षमा उभियो पत्रकार महासंघ
जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेशले एचटीपी खबरका पत्रकार दिवाकर साहमाथि भएको दुव्र्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। गत असार २३ गते राति अनुचित गतिविधि भइरहेको सूचना पाएपछि पत्रकार साह पूर्वाधार विकास कार्यालय महोत्तरी पुगेका थिए। समाचार संकलनका क्रममा त्यहाँ उपस्थित केही व्यक्तिहरुले पत्रकार साहसँग दुव्र्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ। महासंघको […]
प्रजनन दर घट्दै गएपछि दुई सन्तान जन्माउन प्रोत्साहित गर्दै सरकार
काठमाडौ । नेपाल सरकारले राष्ट्रिय जनसंख्या नीति, २०८२ लाई हालै पारित गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त नीतिलाई स्वीकृति दिएको हो। नयाँ नीतिमा प्रजनन दरलाई प्रतिस्थापन तहमा अर्थात् प्रति दम्पती दुई सन्तान जन्माउने सन्तुलित लक्ष्यमा राखी विभिन्न प्रोत्साहन कार्यक्रम तथा सम्बन्धित नीतिहरू परिमार्जन गर्ने व्यवस्था गरिएको छ। हाल नेपालको प्रजनन दर १.९३ छ, जुन […]
चीनसँगको सम्पर्क टुट्यो, तीन प्रहरीसहित १८ जनाको अवस्था अज्ञात : रसुवा प्रशासन
नेपाल । चीनको सीमास्थित ल्हेन्दे खोलामा मंगलबार बिहान ३ बजे आएको भीषण बाढीले ठूलो जनधनको क्षति पुर्याएको छ। चीनतर्फको ल्हेन्दो र केरुङ खोलामा आएको बाढीले नेपालतर्फको भोटेकोशी नदीमा ठूलो उराठी ल्याउँदा रसुवागढीस्थित नेपाल–चीन सीमा जोड्ने मितेरी पुल बगाएको छ। बाढीका कारण रसुवा भन्सार कार्यालयको सेडघरमा राखिएका कन्टेनरहरू बगाइएको जिल्ला प्रशासन कार्यालय रसुवाले एक प्रेस नोटमाफर्त […]
रोकियो न्याय, रोकिएनन् गौरीशंकरका आँसु
काठमाडौं । “बम पड्किएको म आफैंले देखेको छु, कान उडे, छाती जल्यो… आज पनि पीडा उस्तै छ,” – २०६४ सालको संविधानसभा निर्वाचनअघिको बम विस्फोटमा घाइते भएका गौरीशंकर राम चमार भन्छन्, “तर दोषी छुटे भनेर थाहा पाउँदा मनै चिरिन्छ।” भारत बिहारको सीतामढी निवासी ४३ वर्षीय गौरीशंकर रौतहटको राजपुर फरहदवास्थित राजा इँटाभट्टामा काम गर्थे। त्यहीँ बेला उनी […]