लिग–२ : ओपनर कुशल भुर्तेलको शतकमा अमेरिकामाथि नेपालको शानदार जित

काठमाडौं । ओपनर कुशल भुर्तेलको शतकमा आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत अमेरिकामाथि नेपालले ९ विकेटको शानदार जित निकालेको छ । अमेरिकाले दिएको १९६ रनको लक्ष्य नेपालले ३६ ओभर ४ बलमा एक विकेट गुमाएर पूरा गर्‍यो । ओपनर कुशलले ११७ बलमा १२० रनको अविजित शतकीय इनिन्स खेले । उनले १३ चौका र ४ छक्का प्रहार गरे […]

प्रधानमन्त्री कार्यालयको नाम लिएर वडासचिव धम्क्याउने खड्का पक्राउ

काठमाडौं । प्रधानमन्त्री कार्यालयबाट हुँ भन्दै दैलेखका एक वडासचिवलाई धाकधम्की दिने प्रकाश खड्का पक्राउ परेका छन् । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ वीरेन्द्रचोक घर भई हाल काठमाडौंको शंखमुल बसिरहेका २२ वर्षीय खड्का काठमाडौंबाट पक्राउ परेका हुन् । खड्कालाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी रमेश थापाले जानकारी दिए । खड्काले प्रधानमन्त्री तथा […]

त्रिविको शिक्षाध्यक्षको जिम्मेवारी खनाल र रजिस्ट्रारको चालिसेलाई

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा. सुशील बज्राचार्यले शिक्षाध्यक्षमा विज्ञान तथा प्रविधि संकायका डिन प्रा.डा. शंकर प्रसाद खनाल र रजिस्ट्रारमा व्यवस्थापन संकायका डिन प्रा.डा. महानन्द चालिसेलाई जिम्मेवारी दिएका छन् । उपकुलपति बज्राचार्यले शुक्रबार जिम्मेवारी दिएका हुन् । कुलपति एवं प्रधानमन्त्री बालेन शाहले उपकुलपतिको जिम्मेवारी बज्राचार्यलाई दिएपछि उनले शिक्षाध्यक्ष र रजिस्ट्रारको जिम्मेवारी दिएका हुन ।  अध्यादेशबाट […]

चीनबाट छुट्टिएर औपचारिक स्वतन्त्रताको घोषणा नगर्न ताइवानलाई ट्रम्पको चेतावनी

वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ताइवानलाई चीनबाट औपचारिक रूपमा स्वतन्त्रता घोषणा नगर्न चेतावनी दिएका छन्। बेइजिङमा चिनियाँ समकक्षी सी जिनपिङसँगको दुई दिने शिखर सम्मेलनपछि शुक्रबार फक्स न्युजसँग कुरा गर्दै अमेरिकी राष्ट्रपतिले भने, ‘म कोही स्वतन्त्र भएको हेर्न चाहन्न ।’ यसअघि ताइवानका राष्ट्रपति लाइ चिङ–तेले ताइवानले आफूलाई पहिले नै सार्वभौम राष्ट्र मान्ने भएकाले औपचारिक […]

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागमा साधरणतया बादल र बाँकी प्रदेशमा आंशिक बादल लागेको छ। आज दिउँसो कोशी प्रदेशलगायत बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली र पहाडी भूभागमा साधरणतया बादल लाग्नेछ […]

चीन भ्रमण सकेर वासिङ्टन फर्किँदै ट्रम्पले भने – वार्ता अत्यन्त सफल र अविस्मरणीय

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको आफ्नो वार्तालाई ‘अत्यन्त सफल, विश्वव्यापी रूपमा अविस्मरणीय’ भएको बताएका छन् । बेइजिङको दुई दिने भ्रमण पूरा गरी ट्रम्प वासिङ्टन फर्किएका छन् । चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार सी जिनपिङले भ्रमणलाई ‘ऐतिहासिक र कोसेढुङ्गा’ भनेर चित्रण गरेका छन् । यद्यपि, दुई देश बीच कुनै ठूलो व्यापारिक सम्झौता वा […]

अख्तियार प्रमुखसहित उच्च पदस्थलाई धम्क्याउने पाठकलाई थुनामा पठाउन आदेश

काठमाडौं । जिल्ला अदालत काठमाडौंले अख्तियार प्रमुख लगायतलाई धम्क्याउने प्रकाश पाठकलाई थुनामा पठाउन आदेश दिएको छ । न्यायाधीश सुदर्शन लामिछानेको इजलासले उनीमाथिको आरोप, त्यसविरुद्धको प्रमाण एवं विषयवस्तुको गम्भीरता हेर्दा उनलाई थुनामा पठाउनपर्ने भन्दै यस्तो आदेश गरेका हुन् । उनीमाथि आपराधिक षड्यन्त्र, आपराधिक लाभ, हुण्डी, विद्युतीय कारोबारसम्बन्धी कसुर गरेको आरोप थियो । उनलाई प्रहरीले फिलिपिन्समा पक्राउ परेका […]

फुकुवा भयो राखेपले एन्फामाथि लगाएको निलम्बन

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) नेतृत्वमाथि लगाएको निलम्बन फुकुवा भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले निलम्बन फुकुवा गरेको हो । एन्फा पदाधिकारीले शुक्रबार शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल लगायतलाई भेटेर छलफल गरेपछि निलम्बन फुकुवा गर्ने सहमति भएको एन्फाका प्रवक्ता सुरेश शाहले जनाएका छन् । राखेपले पटक पटक दिएको निर्देशन पालना […]

बालेन सरकारलाई भूमि आयोगका पूर्व–पदाधिकारीहरुको प्रश्नः सेनाको आडमा डोजर आतंक किन ?

काठमाडौं । राष्ट्रिय भूमि आयोगका पूर्व पदाधिकारीहरुले वर्तमान सरकारले सेनाको आडमा सुकुम्बासी बस्तीहरुमा डोजर लगाएर समस्या गिजोल्न तिर लागेको आरोप लगाएका छन् । शुक्रबार राजधानीको संवाद डबली पत्रकार सम्मेलनको आयोजना गरी उनिहरुले ३ लाख भूमिहीन तथा सुकुम्बासीले लालपूर्जा पाउनै लाग्दा बस्ती भत्काउनु सरकारको गैरजिम्मेवारी कदम भएको बताए । राष्ट्रिय भूमि अयोगका पूर्व अध्यक्ष केशव निरौलाले […]

आजको मौसम : यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र नेपाल नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागमा साधरणतया बादल लागेको छ। बाँकी भूभागमा आंशिक बादल लागेको छ। बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरू साथै कोशी […]