हर्क साम्पाङद्वारा संसद बैठक बहिस्कार

काठमाडौँ । श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङले संसद बैठक बहिस्कार गरेका छन् । प्रधानमन्त्री बालेन शाहलाई सदनमा उपस्थित गराउन सभामुख डीपी अर्यालले रुलिङ नगरेको भन्दै उनले बुधबारको बैठक बहिस्कार गरेका हुन् । उनले बैठक बहिस्कार गरेपनि उनकै पार्टीका अन्य सांसदले भने बैठक बहिस्कार गरेका छैनन् । यसअघि प्रतिनिधि सभाको बैठक सुरु हुने वित्तिकै राईले आफूलाई […]

अमेरिकाले पुनः आक्रमण गरेपछि युद्धविरामको गम्भीर उल्लङ्घन भएको इरानको दाबी, वार्ता सङ्कटमा

तेहरान । इरानले अमेरिकाले आफ्नो देशमाथि नयाँ हवाई आक्रमण गरेर युद्धविरामको ‘गम्भीर उल्लङ्घन’ गरेको आरोप लगाएको छ। अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) ले भने सोमबार दक्षिणी इरानमा इरानी क्षेप्यास्त्र अखडा र खानीहरू राख्ने प्रयास गरिरहेका डुङ्गाहरूलाई लक्षित गरी ‘आत्मरक्षाका लागि आक्रमण’ गरिएको जनाएको छ। इरानको परराष्ट्र मन्त्रालयले होर्मोजगान क्षेत्रमा भएको यस आक्रामक र अनुचित कदमको परिणामको […]

बरियारपट्टी छोटी भन्सार हटाउने निर्णयविरुद्ध सिरहामा प्रधानमन्त्रीको बालेनको पुतला दहन

सिरहा । सिरहाको बरियारपट्टीस्थित छोटी भन्सार कार्यालय हटाउने निर्णयविरुद्ध आन्दोलित भएका नागरिकहरूले मसाल जुलुससहित प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को पुत्ला दहन गरेका छन्प्र । सरकारी निर्णयविरुद्ध सडक आन्दोलन गरिरहेका स्थानीयवासी र व्यवसायीहरूले भन्सार पुनःस्थापनाको माग गरिरहेका छन् । प्रदर्शनका क्रममा उनीहरूले प्रधानमन्त्रीविरुद्ध नाराबाजीसमेत गरेका थिए । आन्दोलित नागरिकहरुका अनुसार, छोटी भन्सार बन्द हुँदा स्थानीय व्यापार, रोजगारी […]

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत कोशी र बागमती प्रदेशका हिमाली र पहाडी भूभागमा साधरणतया बादल तथा बाँकी तराई भूभागमा मुख्यतया मौसम सफा रहेको छ। गण्डकी प्रदेशको […]

वीरगञ्जका मेयर सिंहविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । पर्सा जिल्ला अदालतले उनलाई लिखत किर्ते गरेको कसुरमा पक्राउ पुर्जी जारी गरेको हो । अदालतका तहसिलदार देवराज भट्टराईले मेयर सिंहलाई पक्राउ गर्न अनुमति दिएको पुष्टि गरे । उनका अनुसार यो अनुमति ८ जेठमै दिइएको हो । जिल्ला प्रहरी कार्यालय पर्सका डीएसपी हरिबहादुर बस्नेतले […]

प्रधानमन्त्रीलाई संसद्‌मा उपस्थित हुने रुलिङ गर्न सभामुखले गरे इन्कार

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री बालेन शाहलाई संसद्मा उपस्थित हुने रुलिङ गर्न इन्कार गरेका छन् । विपक्षी दलहरूले सभामुखले रुलिङ गर्नुपर्ने माग राखिरहेका छन् । यस सन्दर्भमा सभामुख अर्यालले भनेका छन्, ‘मलाई थाहा छ माननीय सदस्यहरूले मेरो मुखबाट मिति घोषणा भइदियोस् भन्ने तपाईंहरूको ठूलो इच्छा छ ।’ विपक्षी दलहरूको यस्तो इच्छा नेचुरुल (प्राकृतिक) प्रक्रिया भएको […]

विपक्षीको अवरोधबीच सभामुखले अघि बढाए संसद्

काठमाडौं । विपक्षीहरूको अवरोधबीच सभामुख डोलप्रसाद अर्यालले संसद्को कार्यसूची अघि बढाएका छन् । संसद्मा प्रधानमन्त्री बालेन शाह उपस्थित हुनुपर्ने भन्दै विपक्षीहरूले विरोध गरिरहेका छन् । विरोधकैबीचमा सभामुख अर्यालले कार्यसूची अघि बढाएका हुन् । लगत्तै, पर्यटनमन्त्री खडकराज पौडेलले पर्यटन विधेयक २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरे । सभाको अन्य कार्यसूचीमा पनि सभामुखले काम अघि […]

गोरखा मिडियालाई घर खाली गर्न १५ दिने म्याद, ग्यालेक्सी टिभीका सामान लिलाम गर्ने चेतावनी

काठमाडौं । काठमाडौं महानगरपालिकाले गोरखा मिडिया नेटवर्क प्रा.लि.लाई घर खाली गर्न सूचना जारी गरेको छ । महानगरले मंगलबार ‘ग्यालेक्सी फोर के’ टेलिभिजन रहेको घर खाली गर्न प्रालिलाई १५ दिने सूचना जारी गरेको हो । सूचनामा समायवधिभित्र कानूनबमोजिम सरसमान नलगे महानगरपालिका विवाद निरुपण (कार्यविधि) ऐन, २०७५ को दफा ७० बमोजिम लिलाम हुने सूचनामा उल्लेख छ । […]

६ करोडको अवैध भेपसहित खिचापोखरीबाट एक जना पक्राउ

काठमाडौं । काठमाडौंको खिचापोखरीबाट ठूलो मात्रामा इलेक्ट्रिक चुरोट (भेप)सहित एक जना पक्राउ परेका छन् । विशेष सूचनाका आधारमा खटिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले करिब ६ करोड बराबरको भेपसहित ललितपुरको महालक्ष्मी नगरपालिका-८ का ३२ वर्षीय नवीन खड्कालाई नियन्त्रणमा लिएको हो ।

तीन मौसमी प्रणालीको प्रभावले आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल गण्डकी प्रदेश लगायत देशका हिमाली र पहाडी भूभागमा साधरणतया बादल तथा बाँकी तराई भूभागमा मुख्यतया सफा रहेको छ। गण्डकी प्रदेशका धेरै स्थानहरूमा तथा कोशी र बागमती […]