कालिञ्चोकबाट भक्तपुर आउदै गरेको बस ६ किलोमा पल्टिदा १३ जनाको मृत्यु, १८ जना घाइते

भक्तपुर, २९ मङ्सिर । लामोसाघुँ–जिरी सडक खण्डमा यात्रुबाहक बस दुर्घटनामा परेको छ । कालिञ्चोकबाट भक्तपुर आउँदै गरेको यात्रुबाहक बस उक्त सडक खण्डमा पल्टिएको हो । बा २ ख ४४६८ नम्बरको यात्रुबाहक बस ६ किलो भन्ने ठाउँमा दुर्घटना भएको प्रहरीले पुष्टि गरेको छ । बस भ्रमण टोली बोकेर कालिञ्चोक बाट भक्तपुर आउदै गरेको बताइए पनि बसले […]

शितलहर र हिमपातको प्रभावबाट जोगिन मधेशी आयोगको आग्रह

काठमाडौं २७ मंसिर । मधेशी आयोगले शितलहर र हिमपातको प्रभावबाट बच्नका लागि न्यानो लुगा लगाउन र सो समयमा घर बाहिर ननिस्कन तथा आगो तापी बस्न सर्वसाधारणलाई आग्रह गरेको छ । आयोगले मौसम पूर्वानुमान महाशाखाले गरेको पूर्वानुमान अनुसार विहिवारदेखि शितलहर र हिमपात शुरु भएको हुनाले त्यस्तो आग्रह गरेको हो । आयोगले विज्ञप्ति जारी गर्दै समयमै प्रभावकारी […]

नेपाल टेलिकमले पीपीएलको सहप्रायोजन गर्ने

काठमाडौं । नेपाल टेलिकम पोखरामा भोलि शनिबारदेखि प्रारम्भ हुने पोखरा प्रिमियर लिग (पीपीएल) को सह-प्रायोजक बनेको छ । आगामी पुस १२ गतेसम्म चल्ने पीपीएलका १५ वटा लिग, एक-एकवटा क्वालिफायर र फाइनल गरी कूल १७ खेलमा सहभागी खेलाडीहरुलाई कम्पनीले विभिन्न सम्मान र गिफ्ट प्याकेज उपलब्ध गराउने छ । लिगका प्रत्येक खेलका उत्कृष्ट खेलाडीहरुलाई कम्पनीले ‘नेपाल टेलिकम […]

उपत्यकामा पानी परेसंगै चन्द्रागिरिमा हिउँ

काठमाडौं, २७ मंसिर । काठमाडौं उपत्यकामा पानी परेको छ । देशभर मौसममा आएको बदलीसँगै उपत्यकामा पनि पानी परेको हो । देशको पश्चिम भेगबाट बुधबारदेखि प्रवेश गरेको पश्चिम न्यून चापीय प्रणालीले पानी परेको जल तथा मौषम विज्ञान विभागले जनाएको छ । चन्द्रागिरीलगायत स्थानमा भने हिउँ परेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलका […]

अवैध च्यानल प्रसारण गर्नेको लाइसेन्स रद्द गर्न सञ्चारमन्त्रीको निर्देशन

काठमाडौं २७ मंसिर। सरकारले अनधिकृत रुपमा विदेशी च्यालन प्रसारण गर्ने डिभाइन स्ट्रम नेटवर्क प्रालि मेरो टिभीको लाइसेन्स रद्द गर्ने प्रक्रिया अघि बढाएको छ । पटक पटकको लिखित तथा मौखिक निर्देशन र एक साताअघिको अन्तिम चेतावनी पनि अटेर गरेपछि कानुन बमोजिम इजाजतपत्र रद्द गर्ने प्रक्रिया अघि बढाइएको हो । सञ्चार तथा सूचना प्रबिधिमन्त्री गोकुल बास्कोटाले अवैध […]

कारको ठक्करबाट २८ वर्षीय पैदल यात्रीको मृत्यु

बुटवल, २७ मंसिर । पश्चिम नवलपरासीको सुनवल नगरपालिका–१३ बडेरामा कारको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्युहुनेमा सुनवल नगरपालिका–१३ बडेराका २८ वर्षीय रमेश शाही रहेका छन् । काठमाडौँबाट बुटवलतर्फ जाँदै गरेको बा १३ च ७४८८ नम्बरको कारले गए राति पूर्वपश्चिम राजमार्गअन्र्तगत बडेरामा उनलाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते शाहीको बुटवलस्थित सिटी अस्पतालमा […]

अत्याधिक हिमपातका कारण चार विद्यालयको परीक्षा नै स्थगित

डोल्पा २७ मंसिर, । हिमाली जिल्ला डोल्पामा हिमपातका कारण वार्षिक परीक्षा स्थगन भएको छ । यहाँको ठूलीभेरी नगरपालिकाअन्तर्गत पर्ने एउटा आधारभूत र चार वटा माध्यमिक विद्यालयको वार्षिक परीक्षा स्थगन भएको हो ।नगरपालिकाभित्र पर्ने लक्ष्मी मावि थरगाउँ, विद्यामन्दिर मावि माझफाल, सरस्वती मावि दुनै, आदर्श मावि जुफाल र शुभकामना आधारभूत विद्यालयको नेपाली विषयको परीक्षा स्थगन भएको हो […]

मुग्लिन–नारायणगढ सडक आजदेखि पुस ११ गतेसम्म बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक

काठमाडौं, २७ मंसिर । नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि दुई सातासम्म दिउँसो बन्द हुने भएको छ । सडक खण्डको पहिरो जाने क्षेत्रको निर्माण कार्यका लागि दुई साता दिउँसो सवारी आवागमन बन्द गर्न लागिएको हो । जिल्ला सुरक्षा समितिको बैठकले आजदेखि पुस ११ गतेसम्म दुई साताका लागि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय […]

अत्याधिक चिसो बढेसँगै मुस्ताङका खोला तथा तालमा जम्यो पानी

ठिनी मुस्ताङ २७ मङ्सिर । चिसो बढेसँगै मुस्ताङका खोला तथा तालमा पानी जमेको छ । बुधबारदेखि मौसममा भएको बदलीसँगै बढेको चिसोका कारण जनजीवन प्रभावित भएको छ । चिसोका कारण उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङका खोला र धारामा पानी जमेको स्थानीयवासी तिलक विकले जानकारी दिए । उनका अनुसार उपल्लो मुस्ताङमा न्यूनतम तापक्रम माइनल १५ डिग्री […]

आज देशभर बदली, केही स्थानमा वर्षा र हिमपात

काठमाडाैं । मौसम पूर्वानुमान महाशाखाले पश्चिमी निम्न चापीय प्रणालीको प्रभावका कारण देशभरी सामान्यदेखि पूर्ण बदली हुने जनाएको छ । महाशाखाले एक सूचना जारी गर्दै केही स्थानमा हल्का वर्षा र केही स्थानमा भारी हिमपात हुने बताएको छ । शुक्रबार दिनभरी देशका सबै स्थानमा सामान्यदेखि पूर्ण रुपमा बदली हुने र केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ […]