फागु अर्थात् होली रङ्गहरुको पर्व हो । फागुन शुक्ल पूर्णिमाको दिन यो पर्व धुमधामले मनाइने गरिन्छ । त्यसैले यसलाई फगुआ पनि भन्ने गरिन्छ । होलीमा प्रयोग गरिने रङहरूको आ–आफ्नै महत्व रहेको छ । नीलो रङलाई धर्मयुद्धको प्रतीक मानिन्छ । पहेँलो रङ भगवान विष्णु र श्रीकृष्णको प्रिय रङ हो । भगवान गणेशलाई सबै रङ मन पर्ने […]
समाज
तराईमा आज होली, सरकारको सार्वजनिक बिदा
आज तराईका जिल्लाहरुमा फागु अर्थात होली पर्व मनाइँदैछ । तराईमा होलीलाई विशेष महत्वका साथ मनाउने गरिन्छ । रङ्गहरुको पर्व होलीलाई मित्रता, आत्मियता, सामिप्य र सद्भाव दर्शाउने पर्वको रुपमा पनि लिने गरिएकाले साथीसङ्गी, आफन्तहरु जम्मा भएर होली खेल्ने गरिन्छ । पहाडी तथा हिमाली जिल्लाहरुमा होली मनाइएको भोलिपल्ट तराइमा होली पर्व मनाउने गरिन्छ । वसन्त ऋतुको आगमनको […]
नेपालबहसका सम्पादक रिजाललाई पितृशोक
काठमाडौं । सदाबहार मिडियाद्वारा सञ्चालित नेपालबहस डटकमका अध्यक्ष एवं प्रधानसम्पादक एवं नेपाली कांग्रेस सूचना संचार तथा प्रचार विभागका सदस्य इन्द्रबहादुर रिजाललाई पितृशोक परेको छ । रिजालका पिता डिल्लीराज रिजालको फागुन २९ गते मंगलबार राती ९ बजे निधन भएको हो । स्याङजा जिल्लाको विरुवा गाँउपालिकास्थित आफ्नै निवासमा ८१ वर्षको उमेरमा उनको निधन भएको पारिवारिक श्रोतले जनाएको […]
कर्तव्य ज्यान कसुरमा ३७ वर्षदेखि फरार दुई पक्राउ
काठमाडौं । कर्तव्य ज्यानमुद्दामा ३७ वर्षदेखि फरार भएका दुई जना अभियुक्तलाई पर्वत प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा पर्वत महासिला गाउँपालिका-५ घर भएका ५७ वर्षीय गम्भीर गुरुङ र सोही ठाउँका ५५ वर्षीय तेजबहादुर गुरुङ रहेका छन्। फागुन २५ गते गम्भीरलाई रुपन्देही मायादेवी गाउँपालिका-८ बसडिलवा र तेजबहादुरलाई ललितपुर महालक्ष्मी नगरपालिका-८ लुभुबाट पक्राउ गरिएको पर्वतका प्रहरी प्रमुख […]
लागू औषध प्रयोग निरुत्साहित गर्ने समाचार संस्प्रेषण गर्न ललितपुरका पत्रकारलाई प्रशिक्षण
ललितपुर । ललितपुरमा लागू औषध दुर्ब्यशन न्युनीकरणमा पत्रकारको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । गोदावरी नगरपालिका–३ सँगको सहकार्यमा नेपाल पत्रकार महासंघ ललितपुर शाखाले सो अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो । मंगलबार ललितपुरको महालक्ष्मीमा आयोजित कार्यक्रममा लागू औषधसम्बन्धी समाचार सम्प्रेषण कसरी गर्नेलगायत पत्रकारको दायित्वसम्बन्धी सञ्चारकर्मीहरुलाई प्रशिक्षण समेत दिइएको पत्रकार महासंघ ललितपुर अध्यक्ष रामहरि कार्कीले […]
हनुमन्ते खोलामा फेला परेको युवकको शव पहिचान
भक्तपुर । भक्तपुरको भक्तपुर- १ सिर्जनानगरस्थित हनुमन्ते खोलामा फेला परेको युवकको शव पहिचान भएको छ । मृतक युवकको आइतबार पहिचान खुलेको हो । उनी रामेछाप जिल्ला गोकुलगंगा गाउँपालिका वडा न ५ कमिटार स्थाई घर भई हाल भक्तपुरको भक्तपुर नगरपालिका वडा न १० कमलविनायक बस्ने बर्ष २१ को रन्जित विक भएको प्रहरी श्रोतले जनाएको छ । […]
दुईतिहाईको सरकार महिला हिंसाप्रति किन मौन !
काठमाडौं । दुईतिहाईको बहुमत भएको वर्तमान सरकारले महिला अधिकार र समानताका लागि कानून बनाउन पर्ने महिला संगठनहरुले माग गरेका छन् । ११५ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा ५ राजनीतिक दल निकट महिला संगठनहरुले सो माग गरेका हुन् । सरकार अध्यादेशमार्फत निरङ्कुशता लाद्न उद्धत रहेको आरोप लगाउदै महिला संगठनहरुले महिला सशक्तीकरणका […]
फागु अर्थात् होली विधिवत् रूपमा सुरु
काठमाडौ । फागु अर्थात् होली विधिवत् रूपमा सुरु भएको छ । काठमाडौंको बसन्तपुरस्थित गद्दी बैठकको दक्षिणतर्फ शुक्रबार बिहान होलीको चीर ठड्याइएपछि देशभर होलीको विधिवत् सुरुवात भएको हो । बिहान ८ बजेर ३३ मिनेटको साइतमा चीर ठड्याइएको हो । फागुन शुक्ल अष्टमीका दिन रंगीचंगी ध्वजापताका झुन्ड्याइएको बाँसको तीनतले चीर ठड्याइएसँगै होली पर्व सुरु हुन्छ । परम्परा […]
अनाथालयमा टिपर पस्दा सुतिरहेका तीनको निधन
काठमाडौको साँखुस्थित एक अनाथालयको टहरामा टिपर खस्दा तीन बालकको ज्यान गएको छ। द्वन्द्वपीडित तथा अपांगता भएका बालबालिका राख्न संस्थाले बनाएको टहरामा टिपर खस्दा सो हताहती भएको हो । अनाथालयमा बिहान करिब पौने ४ बजेको समयमा टिपर पसेको थियो। १० जना सुतिरहेको अवस्थामा तीनजनाको किचिएर ज्यान गएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी अपिलराज बोहराले बताए। प्रहरीले […]
गौर राइस मिलको जग्गा बिक्री विवादले सदनदेखि सडकसम्म तरंग
सञ्जय मिश्रा/ रौतहट – गौर राइस मिलको जग्गा बिक्री गर्ने गौर नगरपालिका बोर्डको निर्णयले अहिले सडकदेखि सदन तताएको छ। बुधबार सदनको शून्य समयमा आम जनता पार्टीका अध्यक्ष एवम् पूर्वमन्त्री प्रभु साहले रौतहटको सदरमुकाम गौरस्थित राइस मिलको जग्गा गौरवको रुपमा रहेको बताए। उनले गौर राइसमिल केही भू-माफियाको चलखेलमा बेच्ने खेल भइरहेको भन्दै त्यसप्रति सरकारको ध्यानाकार्षण […]











