फागु अर्थात् होली रङ्गहरुको पर्व हो । फागुन शुक्ल पूर्णिमाको दिन यो पर्व धुमधामले मनाइने गरिन्छ । त्यसैले यसलाई फगुआ पनि भन्ने गरिन्छ ।
होलीमा प्रयोग गरिने रङहरूको आ–आफ्नै महत्व रहेको छ ।
नीलो रङलाई धर्मयुद्धको प्रतीक मानिन्छ । पहेँलो रङ भगवान विष्णु र श्रीकृष्णको प्रिय रङ हो । भगवान गणेशलाई सबै रङ मन पर्ने बताइन्छ भने रातो रङलाई शक्ति र सौभाग्यको सूचक मानिन्छ । प्रकृतिको रङ हरियो रंग शान्तिदायक, निर्मल, सहनशील र आनन्ददायक भएको चित्रण गरिन्छ । सेतो सेतो रंङ सात्विक स्वरूपका रूपमा लिइन्छ
सत्य युगमा विष्णुभक्त प्रह्लादलाई मार्नका लागि हिरण्यकश्यपुले विभिन्न जाल बुन्दा पनि नसकेपछि आगोबाट नजल्ने र नमर्ने वरदान पाएकी आफ्नी बहिनी होलिकाको प्रयोग गरेका थिए। प्रहृलादलाई जलाई मार्ने नियतले होलीकालाई काखमा लिएर आगोमा बस्न लगाउँदा प्रहृलादलाई केही नभएको तर होलीका आफै जलेर नष्ट भएकी थिइन् । सोही स्मरणमा असत्यमाथि सत्यको विजय भएको प्रतिकको रुपमा होली पर्व मनाउने गरिएको जनविश्वास छ ।