काठमाडौको साँखुस्थित एक अनाथालयको टहरामा टिपर खस्दा तीन बालकको ज्यान गएको छ। द्वन्द्वपीडित तथा अपांगता भएका बालबालिका राख्न संस्थाले बनाएको टहरामा टिपर खस्दा सो हताहती भएको हो ।
अनाथालयमा बिहान करिब पौने ४ बजेको समयमा टिपर पसेको थियो। १० जना सुतिरहेको अवस्थामा तीनजनाको किचिएर ज्यान गएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी अपिलराज बोहराले बताए।
प्रहरीले बा २ क ६५८० नम्बरको टिपर र चालक सिन्धुपाल्चोकका सागर माझीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको बताइएको छ ।