एकाबिहानै यात्रुवाहक बस त्रिशुलीमा खस्यो, तीन जनाको शव भेटियो, २५ वेपत्ता, १२ गम्भीर घाइते

धादिङ (गजुरी), २४ साउन । आज बिहानै एक यात्रुवाहक बस फेरि त्रिशुली नदीमा खसेको छ । पटकपटक दुर्घटना भइरहने पृथ्वी राजमार्गमा शुक्रबार बिहान ३ बजे फेरि अर्को दुर्घटना भएको हो ।

सर्लाहीको मलङ्गवाबाट काठमाडौँ आउँदै गरेको ना ६ ख ७४६९ नम्वरको यात्रुवाहक बस त्रिशूली नदीमा खस्दा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी बसमा रहेका २५ जना यात्रु हराइरहेका छन् । साथै १२ जना यात्रु गम्भीर घाइते भएका छन् ।

घाइतेहरूको राजमार्ग सामुदायिक अस्पताल मलेखु र गजुरीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजकुमार बैदवारले बताए ।

उद्धारमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र रेडक्रसकर्मीहरू लागिरहेका छन् । मृतक तीन जना र हराइरहेकाको पहिचान खुल्न सकेको छैन ।

Loading...