काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई थुनामै पठाउने आदेश भएको छ । जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायणप्रसाद सापकोटाको इजलासले सोमबार उक्त आदेश गरेको हो । बुटवलको सुप्रीम सहकारी ठगी अभियोगमा लामिछाने गत चैत २५ देखि रुपन्देही कारागारमा छन् । बुटवलको सुप्रिम सहकारी ठगी अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका […]
राजनीति
मदन–आश्रित स्मृति प्रतिष्ठान पार्टी हित विपरीत प्रयोग हुनु हुँदैन : अध्यक्ष ओली
ललितपुर । प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी सम्बद्ध प्रतिष्ठान र फाउण्डेशनहरू व्यक्तिगत स्वार्थमा नभई पार्टीको आन्दोलन र समग्र हितमा केन्द्रित हुनुपर्ने बताएका छन्। मदन–आश्रित स्मृति प्रतिष्ठानको नवनिर्वाचित अध्यक्ष प्रदीपकुमार ज्ञवालीको सपथ ग्रहण कार्यक्रममा ओलीले स्थापित नेताको सम्मानमा खोलिएका र पार्टीसँग जोडिएका प्रतिष्ठान र संस्थाहरू ठगी खाने भाँडो हुन नहुने बताएका […]
संवादमा जुटे माधव–झलनाथ, भुसाल र हमाल साक्षी
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका दुई शीर्ष नेता अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालबिच भेटवार्ता भएको छ । शनिबार पार्टी कार्यालय आलोकनगरमा भएको भेटवार्तामा साक्षीका रूपमा वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, नेता बेदुराम भुसाल र महासचिव घनश्याम भुसाल रहेका थिए । अध्यक्ष नेपाल र नेता खनालबिच केही दिनयता सार्वजनिक रूपमै एकअर्कालाई पार्टी छोड्न सुझाव […]
सवा करोड खर्चेर विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता हुने
काठमाडौं । नेपाल विद्यालय खेलकुद महासंघ (एनएसएसएफ), नेपालय इन्टरनेशनल र निजी तथा आवासीय विद्यालय सङ्गठन नेपाल (प्याब्सन)ले संयुक्त रूपमा राष्ट्रिय विद्यालय हाजिरी जवाफ प्रतियोगिता २०८२ आयोजना गर्ने घोषणा गरेका छन्। काठमाडौंमा पत्रकार सम्मेलन गरी जिल्ला छनोट भदौ २० गते, प्रदेश छनोट कार्तिक १६–२३ र केन्द्रीय प्रतियोगिताको ग्रान्ड फिनाले मङ्सिर ५–७ मा काठमाडौंमा हुने कार्यतालिका प्रस्तुत […]
प्रधानमन्त्री ओली र वाइपाका कार्यकारी निर्देशक इर्साहीबीच भेटवार्ता
काठमाडौं । तुर्कमेनिस्तान भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग लगानी प्रवर्द्धनसम्बन्धी निकायको विश्व संघ (वाइपा) का कार्यकारी निर्देशक इजमाइल इर्साहीले शिष्टाचार भेट गरेका छन् । भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनका क्रममा उनीहरूबीच आज साइडलाइन भेटवार्ता भएको हो । प्रधानमन्त्री ओलीले आजै तुर्कमेनिस्तानका राष्ट्रपति सेरदार बेरदिमुहामेदोभसँग भेट गरेका थिए । सो क्रममा प्रधानमन्त्री ओलीले […]
रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक बोलाएको छ । रास्वपाले साउन २३ गते (शुक्रबार) दिनको एक बजे बस्नेगरी केन्द्रीय समितिको बैठक बोलाएको हो । बैठक केन्द्रीय कार्यालय बनस्थलीमा बस्नेछ । प्रवक्ता मनिष झाका अनुुसार बैठक बोलाउने निर्णय भएपनि एजेण्डाहरु भने तय भइसकेको छैन । केन्द्रीय समिति बैठकमा छलफलका लागि एजेन्डाहरू बुधबार साँभसम्म […]
जम्मु कश्मीरमा भारत जवाफदेही हुनुपर्नेमा जोड, नेपाललाई मध्यस्थता गर्न सुझाव
काठमाडौं। पाकिस्तान राजदूतावास, काठमाडौंको आयोजनामा ‘यौम-ए-इस्तेहसाल: राजनीतिक तथा मानवीय परिणाम’ शीर्षकमा विचार गोष्ठी सम्पन्न भएको छ। गोष्ठीमा पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारी, प्रधानमन्त्री मियाँ मोहम्मद शहबाज शरीफ तथा उपप्रधान तथा विदेशमन्त्री मोहम्मद इसहाक डारका सन्देशहरू वाचन गरियो। राष्ट्रपति जरदारीले भारतद्वारा जम्मु कश्मीरमा गरिएको जनसांख्यिकीय तथा राजनीतिक हेरफेर, मिडियामाथिको दमन र व्यापक गिरफ्तारीको विरोध गर्दै, उक्त […]
प्रतिनिधिसभा बैठक बस्दै, औद्योगिक सम्पत्तिसम्बन्धी विधेयक प्रस्तुत गरिने
काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक बुधबार पनि बस्दैछ । बैठक दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने संसद सचिवालयले जनाएको छ । बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘औद्योगिक सम्पत्तिसम्बन्धी विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । यस्तै, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘भन्सार विधेयक, २०८० […]
पार्टी फुटको हल्ला निराधार, भ्रष्टाचार र कुशासनविरुद्ध संघर्ष जारी छ – महासचिव कञ्चन
काठमाडौं । नेकपा (बहुमत) का महासचिव धर्मेन्द्र बस्तोला ‘कञ्चन’ले आफ्नो पार्टी फुट्न लागेको हल्ला निराधार भएको बताएका छन् । मंगलबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलन गरी भ्रष्टाचार र कुशासनविरुद्ध आफ्नो पार्टीले संघर्षलाई तीब्रता दिनेसमेत जानकारी दिए । पार्टीको नवौं केन्द्रीय समितिको तेस्रो बैठकले गरेका निर्णयहरु सार्वजनिक गर्दै कञ्चनले संसदवादी राजनैतिक पार्टीहरुमा गम्भीर समस्या देखिन थालेको […]
‘कुलिङ अफ पिरियड’ छेडखानी समितिको प्रतिवेदन प्रतिनिधिसभामा पेस
काठमाडौँ । ‘सङ्घीय निजामती सेवा विधेयकको दफा ८२ मा राखिएको ‘कुलिङ अफ पिरियड’ सम्बन्धी व्यवस्थामा भएको छेडखानीबारे छानबिन गर्न बनेको संसदीय विशेष छानबिन समिति’ले प्रतिवेदन प्रतिनिधिसभामा पेस भएको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा छानबिन समितिका सभापति जीवन परियारले प्रतिवेदन पेस गरेका हुन् । असार २३ गते प्रतिनिधिसभा बैठकबाट छानबिन समिति बनेको थियो । समितिलाई पहिला २१ […]











