बागमतीको मुख्यमन्त्रीमा बानियाँ नियुक्त

मकवानपुर । नेपाली कांग्रेस बागमती संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन्। मंगलबार बागमती प्रदेशका प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले बानियाँलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्। सोमबार नेपाली कांग्रेसको ३७ र नेकपा एमालेको २७ सांसदको समर्थन सहित मुख्यमन्त्रीको लागि दाबी पेस गरेका बानियाँलाई आज प्रदेश प्रमुख देवकोटाले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। बागमतीका […]

रास्वपा समानुपातिक उम्मेदवारको सूचीबाट नाम हटाउन कुसुमले दिइन् निवेदन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक सांसद उम्मेदवारको सूचीमा रहेकी कुसुम महर्जनले आफ्नो नाम हटाइदिन निवेदन दिएकी छन् । महर्जनले दिएको निवेदनमाथि आज रास्वपाले छलफल गर्दैछ । आज दिउँसो ३ बजे पार्टी कार्यालय बनस्थलीमा बस्ने सचिवालय बैठकमा उनको निवेदनमाथि निर्णय हुनेछ । महर्जन यसअघि ०७९ को निर्वाचनमा रास्वपाको समानुपातिक सूचीको आदिवासी जनजाति कलस्टरमा छिन् […]

प्रतिनिधिसभा बैठक बस्दै, वैकल्पिक वित्त परिचालन विधेयक पारित गरिने

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठम आज पनि बस्दैछ । बैठक दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने संसद सचिवालयले जनाएको छ । बैठकमा ‘वैकल्पिक वित्त परिचालन विधेयक, २०८१’ पारित गर्ने कार्यसूची छ । त्यसअघि उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पाैडेलले उक्त विधेयक सदनमा दफावार छलफल गरियोस् भन्ने प्रस्ताव राख्नेछन् । विधेयकमाथि प्राप्त भएका संशोधन […]

बागमतीको मुख्यमन्त्रीमा बानियाँको नियुक्ति आज, ४ बजे सपथ

हेटौंडा । बागमती प्रदेश सरकारको छैठौं मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ नियुक्त हुँदैछन् । कांग्रेस बागमती प्रदेश सभापतिसमेत रहेका बानियाँले सोमबार प्रदेश प्रमुखको कार्यालयमा नयाँ सरकार गठनका लागि मुख्यमन्त्रीमा दाबी पेश गरिसकेका छन् । बहादुर सिंह लामाको राजीनामा स्वीकृत भएलगत्तै प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले आज मंगलबार दिउँसो २ बजेभित्र मुख्यमन्त्री नियुक्तिका लागि […]

विप्लव नेकपासँग एकता गर्ने माओवादी केन्द्रको निर्णय, रोकेको अभियान भदौ १५ बाट सुरु हुने

काठमाडौं । नेकपा माओवादी केन्द्रले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सँग पार्टी एकता एकता गर्ने सहमति गरेको छ । मंगलबार पार्टीको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीलाई निर्णय सुनाउने क्रममा उपाध्यक्ष एवं प्रवक्ता अग्नि प्रसाद सापकोटाले यस्तो जानकारी दिए । उनले वार्ता टोली बनाएर एकताको छलफल थाल्ने निर्णय पनि भएको छ । ‘विप्लव नेतृत्वको नेकपासँग एकता गर्ने […]

बागमती प्रदेशको मुख्यमन्त्रीमा इन्द्रबहादुर बानियाँले गरे दाबी पेस

हेटौँडा । बागमती प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस बागमती संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले दाबी पेस गरेका छन् । सोमबार सत्ता गठबन्धन दल नेकपा एमाले र कांग्रेसको समर्थनमा नेता बानियाँले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् । कांग्रेसका ३७ र एमालेका २७ सांसदको समर्थनमा संसदीय दलको पत्रसहित उनले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् । प्रदेश प्रमुख कार्यालयले सोमबार एक […]

बागमतीमा नयाँ मुख्यमन्त्रीका लागि मंगलबार २ बजे भित्र दाबी पेस गर्न आह्वान

मकवानपुर । बागमती प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्तिको प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ । आइतबार बहादुर सिंह लामाले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि सोमबार प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका छन् । मुख्यमन्त्री लामाको संविधानको धारा १६९ को उपधारा १ को खण्ड (क) […]

कुलिङ पिरियड छानबिन समितिमा रस्साकस्सी जारी

काठमाडौं । संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको त्रुटि छानबिन विशेष समितिको बैठक बिहान ७ बजेदेखि जारी छ । कुलिङ पिरियडको प्रावधान राख्ने गरी भएको सहमति निष्क्रिय हुने भाषासमेत निजामती विधेयकमा परेको विषयमा समिति सदस्यहरू कसलाई जिम्मेवार ठहर्‍याउने भन्ने छलफलमा छन् । छलफलमा प्रतिपक्षले राजनीतिक नेतृत्व समेत जोडिएकाले त्यसअनुसार कारबाही सिफारिस हुनुपर्ने अडान राखेको छ […]

प्रचण्डले जवाफ दिएपछि माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज सकिँदै

काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज (सोमबार) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को जवाफसँगै समापन हुने तयारी छ। शुक्रबारदेखि सुरु भएको बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसिरहेको छ। बैठकमा स्थायी कमिटी सदस्यहरूले उठाएका प्रश्नहरूको जवाफ अध्यक्ष प्रचण्डले दिनेछन्। प्रचण्डको जवाफअघि वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव देवप्रसाद गुरुङले पनि आ-आफ्ना धारणा प्रस्तुत गर्ने कार्यक्रम […]

मधेशलाई सुख्खाबाट जोगाउन तीनै तहका सरकार गम्भीर बन्नुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल

पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सर्लाहीको लालबन्दी-१५ र १६ मा पर्ने बोहोरे डाँडामा निर्माण गरिएको मधेश प्रदेशस्तरीय पुष्पलाल स्मृति भवन उद्घाटन उद्घाटन गरेका छन् । सो क्षेत्रकी मधेश प्रदेशसभा सदस्य बेची लुङ्गेलीको निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गतको बजेटबाट निर्माण गरिएको सो संरचना शनिवार उद्घाटन गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि रहेका पूर्वप्रधानमन्त्री […]