काठमाडौँ । युवा नेता एवं प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य रमेश मल्लले जनताले लडेर ल्याएको लोकतन्त्रलाई लुटतन्त्र बनाउन खोजिएको आरोप लगाएका छन् । उनले सरकारको कार्यशैलीप्रति चिन्ता व्यक्त गर्दै सो आरोप लगाएका हुन् । न्यायपालिका र नियमनकारी निकायमा चरम दलियकरण देखिएको उनको दावी छ । “निर्देशित अभियोजन, निर्देशित निर्णय र निर्देशित फैसलाबाट […]
राजनीति
हिजो कांग्रेस प्रवेश गरेका फरार अभियुक्त यादव आज निष्कासन
काठमाडौं । हिजोमात्रै सभापति शेरबहादुर देउवाले पार्टी प्रवेश गराएका देवेन्द्र यादवलाई नेपाली कांग्रेसले पार्टीबाट निष्कासन गरेको छ । फरार अभियुक्तलाई पार्टी प्रवेश गराएको भन्दै कांग्रेसको आलोचना भएको थियो । लगत्तै, आज मुख्यसचिव कृष्णप्रसाद पौडेलले पार्टीबाट निष्कासन गरिएको जानकारी गराएका छन् । यादव सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) थमन विकको हत्याका अभियुक्त हुन् । जारी विज्ञप्तिमा भनिएको […]
बागमती प्रदेशका नवनियुक्त ५ मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ
हेटाैंडा । बागमती प्रदेशका नवनियुक्त ५ मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले शुक्रबार नेपाली कांग्रेसबाट नियुक्त भएका मन्त्रीहरू प्रभात तामाङ, कञ्चनचन्द्र बादे, सुरेश श्रेष्ठ, अर्मिला केसी नेपाल र बिनु रायमाझीलाई सपथ गराएका हुन् । सामाजिक विकास मन्त्रालयमा काभ्रेका बादे, आर्थिक मामिला तथा याेजना मन्त्रालयमा रसुवाका तामाङ, युवा तथा खेलकुद मन्त्रालयमा […]
वामदेव एकीकृत समाजवादीका तेस्रो वरीयताका नेता, थपिए उनी पक्षका १२ केन्द्रीय सदस्य
काठमाडौँ । वामदेव गौतम नेकपा (एकीकृत समाजवादी) को तेस्रो वरीयताका नेता बनेका छन्। पार्टीका उपमहासचिव एवम् प्रवक्ता प्रकाश ज्वालाका अनुसार शुक्रबार बसेको पार्टी सचिवालयको बैठकले गौतमलाई तेस्रो वरीयतासहित १२ जना नेता केन्द्रीय कमिटीमा मनोनीत गर्ने निर्णय गरेको छ। एकता राष्ट्रिय अभियानबाट एकीकृत समाजवादीमा मिसिएका डिबी कार्कीलाई पोलिटब्युरो सदस्य बनाइएको छ। त्यस्तै, वामदेव पत्नी तुलसी थापा पोलिटब्युरो […]
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधिको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । बैठकमा सभामुखले सूचना प्रविधि तथा साइवर सुरक्षा विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ । त्यस्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले राष्ट्रियसभामा उत्पत्ति भएको पानी जहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, […]
आफ्नै कार्यालयको प्रगति समिक्षामा प्रधानमन्त्रीको यस्तो निर्देशन
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा परिवर्तन हुने गरी गम्भीरताका साथ काम गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय उच्चाधिकारी र मातहतका निकायका प्रमुुखलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकलाई आज सिंहदरवारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आधुनिक, विकसित र समृद्ध नेपाल […]
नागरिक उन्मुक्तिको अध्यक्षमा लालवीर चौधरीलाई आयोगले दिएन आधिकारिकता
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीको आधिकारिकता अध्यक्ष रञ्जिता श्रेष्ठकै पक्षमा रहने भएको छ। पार्टीका संरक्षक रेशम चौधरीले हालै राष्ट्रिय भेला बोलाएर सांसद लालवीर चौधरीलाई अध्यक्ष बनाएको जानकारी निर्वाचन आयोगमा पठाएका थिए। तर, मंगलबार अबेर निर्वाचन आयोगले गरेको निर्णयमा लालवीर चौधरीलाई अध्यक्षका रूपमा मान्यता नदिएको स्रोतले बतायो। यससँगै स्वतः रञ्जिता श्रेष्ठ नै अध्यक्ष रहने स्थिति बनेको […]
प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची
काठमाडौं । सङ्घीय संसद् प्रतिनिधि सभाको बैठक आज अपराह्न १ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची छ । यस्तै, सञ्चार तथा सूचना […]
हुलाकी सडकबारे रुलिङ नभए सभामुखको अगाडि अनसन बस्ने सांसदको चेतावनी
काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले हुलाकी सडकका बारेमा संसद्मा कति पटक कुरा उठाउँदा सम्बोधन हुन्छ भन्दै प्रश्न गरेका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा शून्य समयमा बोल्दै हुलाकी राजमार्गको कटहरी खण्ड १० वर्षसम्म बन्न नसकेको बताए । आफूले संसद्मा पटक–पटक कुरा उठाउँदा पनि सम्बोधन नभएको बताउँदै उनले सभामुख देवराज घिमिरेलाई रुलिङको माग गरे […]
आज सङ्घीय संसद्को दुवै सदनको बैठक, यस्तो छ सम्भावित कार्यसूची
काठमाडौँ । सङ्घीय संसद्को दुवै सदनको बैठक मंगलबार (आज) बस्दै छ। प्रतिनिधिसभा बैठक अपराह्न १ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्ने छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले राष्ट्रियसभाबाट उत्पत्ति भएको ‘तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१’ लाई दफावार छलफलका […]









