काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) ले भूमि विधेयकमा आफ्ना मान्छेलाई जग्गा बाँड्न सरकारले अनेक प्रपञ्च रचिरहेको आरोप लगाएको छ । मंगलबार बसेको पार्टीको पदाधिकारी बैठकपछि सञ्चारकर्मीलाई निर्णय सुनाउने क्रममा उपाध्यक्ष समेत रहेका प्रवक्ता अग्नि प्रसाद सापकोटाले यस्तो बताएका हुन् । साथै, वर्तमान सरकार अधिनायकवादतर्फ गइरहेको निष्कर्ष पार्टीले निकालेको पनि सापकोटाले बताए । […]
राजनीति
एमालेले एकाएक किन बोलायो आफ्ना सांसदलाई सिंहदरबार ?
काठमाडौँ । नेकपा एमालेले पार्टीका सांसदहरूलाई आकस्मिक रूपमा सिंहदरबार बोलाएको छ । एमाले संसदीय दलको कार्यालयबाट फोन गरेर सांसदहरूलाई सिंहदरबार बोलाइएको एक सांसदले जानकारी दिए । ‘दलको कार्यालयका कर्मचारीले फोन गरेर आकस्मिक बैठक बस्नुपर्ने भयो । आउनुहोला भनिएको छ, छलफलको विषय जानकारी गराइएको छैन ।’ एक सांसदले भने । संसदमा विचाराधीन र विवादित विधेयकहरूको बारेमा […]
सर्वोच्चको परमादेशविरुद्ध सप्तरीमा प्रदर्शन
सप्तरी । गौर हत्याकाण्ड छानबिन गर्न सर्वोच्च अदालतले दिएको परमादेशविरुद्ध जनता समाजवादी पार्टी (जसपा) सप्तरीले प्रदर्शन गरेको छ। जसपाका नेता–कार्यकर्ताले “पूर्वाग्रही परमादेश खारेज गर”, “पूर्वाग्रही सरकार मुर्दाबाद”, “मधेशी एकता जिन्दावाद” जस्ता नाराबाजी गर्दै सोमबार साँझ राजविराजको गजेन्द्र चौक र बोदेवर्साइनको शत्रुधन चौकमा टायर बालेर विरोध प्रदर्शन गरेका जिल्ला सचिव निरज मुक्तीले जानकारी दिए। प्रदर्शनलाई सम्बोधन […]
गैरकानुनी लाभ सम्बन्धी भ्रष्टाचार मुद्दामा सुनिल पौडेलसँग ५० हजार धरौटी माग
काठमाडौँ । राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलसँग विशेष अदालतले धरौटी माग्ने आदेश गरेको छ । विशेष अदालतका अध्यक्ष टेक नारायण कुँवर, न्यायाधीशहरू रितेन्द्र थापा र विदुर कोइरालाको इजलासले गैरकानुनी लाभ तथा हानी नोक्सानी पुर्याइ भ्रष्टाचार मुद्दामा सोमबार ५० हजार धरौटी माग्ने आदेश गरेको सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिए । पौडेलसहित […]
‘कुलिङ अफ पिरियड’ प्रकरणमा एक्लियो एमाले
काठमाडौँ । ‘सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८०’ को दफा ८२ को उपदफा ४ मा रहेको निजामती कर्मचारीको ‘कुलिङ अफ पिरियड’को प्रावधानमा सत्ताको नेतृत्वकर्ता नेकपा एमाले राष्ट्रियसभामा एक्लिएको छ । राष्ट्रियसभामा विधेयकमा संशोधन प्रस्ताव राख्ने समयमा एमालेका सांसदहरूले प्रतिनिधिसभाले राखेको कुलिङ अफ पिरियडको प्रावधान हटाउन संशोधन हालेका […]
दुर्गा प्रसाईंले गरे दल खोल्ने घोषणा, तीनकुने घटनाबारे के-के भने ?
काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले राजनीतिक दल खोल्ने घोषणा गरेका छन् । जेलबाट छुटेपछि आइतबार पहिलोपटक पत्रकार गरेको सम्मेलनमार्फत प्रसाईंले दल खोल्ने घोषणा गरेका हुन् । आफू एक सफल व्यवसायी भएपनि देश र जनताको अवस्था टुलुटुलु हेरेर बस्न नसकेकोले राजनीतिक दल खोल्ने निश्चय गरेको उनले दाबी गरे । ‘म राजनीतिक चेत बोकेको एक सफल […]
शिक्षासहित आज तीन संसदीय समितिको बैठक बस्दै
काठमाडौं । संघीय संसद्अन्तर्गत सोमबार तीनवटा समितिको बैठक बस्ने भएका छन्। प्रतिनिधिसभा र राष्ट्रियसभाअन्तर्गतका समितिहरू आज बैठकमा जुट्दै छन्। दिउँसो ३ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दैछ। उक्त बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धी समितिको प्रतिवेदन पेस गरिने कार्यसूची रहेको छ। यसैगरी बिहान ११ बजे बस्ने अर्थ समितिको बैठकमा वैकल्पिक विकास वित्त […]
रवि लामिछानेलाई नख्खु कारागार सारियो, कार्यकर्ताको नाराबाजी
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई नख्खु कारागारमा सारिएको छ। रूपन्देही कारागार कार्यालयमा रहेका लामिछानेलाई शनिबार नख्खु कारागार सारिएको हो। लामिछानेलाई नख्खु कारागारमा ल्याउँदा कारागारबाहिर नेता तथा कार्यकर्ताको भीड लागेको थियो । उनीहरूले रविको पक्षमा नाराबाजी गरेका थिए । बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा संलग्नताको आरोपमा गत चैत २५ गतेदेखि पुर्पक्षका लागि रुपन्देही कारागारमा रहेका […]
रवि लामिछानेलाई आज दिउँसोको फ्लाइटबाट काठमाडौं ल्याइँदै
बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई रुपन्देही कारागारबाट सरुवा गरेर आज दिउँसो काठमाडौं ल्याइँदै छ । बुटवलको सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि लामिछाने गत चैत २५ देखि रुपन्देही कारगारमा थिए । उनले गत जेठमै नख्खु कारागारमा सरुवाका लागि निवेदन दिएका थिए । जसमा अदालतले समेत अनुमति दिए पनि गृह प्रशासनले रोकेको थियो […]
जनताले लडेर ल्याएको लोकतन्त्रलाई लुटतन्त्र बनाउन खोजिएको माओवादी नेता मल्लको आरोप
काठमाडौँ । युवा नेता एवं प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य रमेश मल्लले जनताले लडेर ल्याएको लोकतन्त्रलाई लुटतन्त्र बनाउन खोजिएको आरोप लगाएका छन् । उनले सरकारको कार्यशैलीप्रति चिन्ता व्यक्त गर्दै सो आरोप लगाएका हुन् । न्यायपालिका र नियमनकारी निकायमा चरम दलियकरण देखिएको उनको दावी छ । “निर्देशित अभियोजन, निर्देशित निर्णय र निर्देशित फैसलाबाट […]











