एमालेले एकाएक किन बोलायो आफ्ना सांसदलाई सिंहदरबार ?

काठमाडौँ । नेकपा एमालेले पार्टीका सांसदहरूलाई आकस्मिक रूपमा सिंहदरबार बोलाएको छ । एमाले संसदीय दलको कार्यालयबाट फोन गरेर सांसदहरूलाई सिंहदरबार बोलाइएको एक सांसदले जानकारी दिए ।

‘दलको कार्यालयका कर्मचारीले फोन गरेर आकस्मिक बैठक बस्नुपर्ने भयो । आउनुहोला भनिएको छ, छलफलको विषय जानकारी गराइएको छैन ।’ एक सांसदले भने ।

संसदमा विचाराधीन र विवादित विधेयकहरूको बारेमा छलफल गर्न लागिएको हुनसक्ने केही सांसदको अनुमान छ ।