काठमाडौ, ७ पुस । लामाे समयदेखि पार्टीमा असन्तुष्टी राख्दै अाएका माधव कुमार नेपालले नेताहरुलार्इ चेतावनी दिएका छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा वरिष्ठ नेता नेपालले प्रमुख नेताहरुले पार्टी एकलाैटी रुपमा चलाउन थालेकाे भन्दै यस्ताे गरिए ठूलाे दुर्भाग्य हुने चेतावनी दिए । उनले एउटा पक्षलाई सिध्याउने प्रयास भएको भन्दै बैठकमा ठूलाे […]
राजनीति
सीमास्तम्भ छोएर अन्तराष्ट्रिय नियम विपरित दसगजा क्षेत्रमा भारतले बनायो सडक
नेपालगन्ज, ७ पुस । भारतले नेपालकाे सीमाना क्षेत्रमा लगातार एकतर्फी उच्च सडक निर्माण गर्दै अाएकाे छ । दुर्इ देशकाे सीमा दसगजा क्षेत्रमै अन्तराष्ट्रिय नियम विपरित भारतले एकतर्फी सडक बनाएर नेपाली भूभाग डुवानमा पार्ने हर्कत गरेकाे भएपनि नेपाल सरकारले त्यसतर्फ ध्यान दिन सकेकाे छैन । बाँकेकाे सीमा क्षेत्र हिरमनियाको दसगजा नजिक भारतले विगत चार वर्षदेखि निर्माण […]
मोहन बैद्य चढेको गाडी रौतहटमा दुर्घटना, यस्तो छ बैद्यको अवस्था
काठमाडौं, ७ पुस । नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य चढेको सवारी रौतहटमा दुर्घटना भएको छ । तर, वैद्य भने सकुशल छन् । उनी क्षतिग्रस्त सवारी छाडेर सिरहा पुगेका छन् । दुर्घटना शुक्रबार राती भएको हो । पूर्वपश्चिम राजमार्गको चन्द्रपुरस्थित सडकमा वैद्य सवार रहेको मारुती भ्यान सडकमा रोकिरहेको ट्रकमा ठोक्किएको थियो । बा३च […]
मेक्सिको सीमानामा पर्खाल बनाउने बारे अमेरिकी सिनेट र सरकारबीच विवाद
एजेन्सी । अमेरिकी संसद् र राष्ट्रपति डोनाल्ड ट्रम्पबीच मेक्सिको सीमानामा पर्खाल निर्माणका लागि बजेटमा देखिएको गतिरोध समाधान नभएपछि अमेरिकाका सरकारी कार्यालय बन्द हुने तथा सरकारी कामकाज आंशिक रुपमा ठप्प हुने पक्का भएको छ । बजेटमा रहेको असहमति अन्त्य गर्न अमेरिकी सिनेटरहरूबीच भएको छलफल निष्कर्ष बिहीन भएपछि सरकारी काम आंशिक रुपमा प्रभावित हुने भएको हो । […]
ठूलो संख्यामा शिक्षकहरु फेल, पास गराइदिन उत्तरपुस्तिकामा लेखिए रोचक कहानी
काठमाडौं । कार्यरत अस्थायी शिक्षकहरुलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्नका लागि शिक्षक सेवा आयोगले लिएको लिखित परीक्षामा ठूलो संख्यामा शिक्षकहरु अनुत्तीर्ण भएका छन् । नतिजा प्रकाशन गर्ने र पुनर्योगको प्रक्रिया पनि चलिरहेकोले आयोगले यसको एकिन आँकडा बाहिर नल्याए पनि अहिलेसम्म प्रकाशित नतिजामा अनुत्तीर्ण हुनेहरुको प्रतिशत निकै धेरै देखिएको छ ।यो तथ्यसँगै नेपालको शिक्षाको मुहान कस्तो छ भन्ने […]
नागरिक लगानी कोषमा अचम्मको भाँडभैलो, एयरबस खरीदमा दिइएको १२ अर्बको लेखाजोखा नै छैन
नारायण ढुङ्गाना काठमाडौँ । नेपाल सरकारको समेत लगानी रहेको नागरिक लगानी कोषको हिसाब किताब भद्रगोल देखिएपछि सर्वसाधारण शेयरधनी आक्रोषित भएका छन् । महालेखापरीक्षकको प्रतिवेदनले नागरिक लगानी कोषका काम कारवाही प्रक्रियामा प्रश्न चिह्न देखाएपछि शेयरधनी रुष्ट भएका हुन् । आर्थिक वर्ष २०७४÷७५ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुपर्नेमा सो समस्याका कारण कोषले आज राजधानीमा २३औँ वार्षिक साधारणसभामा […]
घुस लिँदै गरेका वन अधिकृत रङ्गेहात पक्राउ
गलेश्वर, ६ पुस । म्याग्दी जिल्लाका युवाको अगुवाइमा सञ्चालन भएको भ्रष्टाचार नियन्त्रण अभियान प्रभावकारी बनेको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुका नेता प्रकाश पौडेलको अगुवाइमा सञ्चालन गरिएको सो अभियानअन्तर्गत बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एक टोलीले डिभिजन वन कार्यालयका एक कर्मचारीलाई घुससहित पक्राउ गरेको हो। बेनी नगरपालिका–७ स्थित सवडिभिजन वन कार्यालयमा […]
तीनदिनदेखि वेपत्ता नेकपाका नेता भण्डारी भारततर्फ गएको देखियो तर अझै सम्पर्कमा आएनन
भद्रपुर, ६ पुस । प्रहरीले हिजो बिहान ९ बजेदेखि सम्पर्कविहीन रहेका नेकपा मेची नगरका नेता दीपक भण्डारी भारततिर गएको पत्ता लगाएको छ । काँकरभिट्टा नाकाको सिसी क्यामेराको ‘फुटेज’मा उनलाई देखिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठका अनुसार बुधबार बिहान सम्पर्कविहीन भएको भनिएको २५ मिनेटपछि उनलाई काँकरभिट्टा नाकामा रिक्सामा चढेको अवस्थामा […]
सर्वोच्च अदालतमा प्रधानमन्त्री ओलीविरुद्ध अवाज्ञा मुद्दा दायर
काठमाडौं, ६ पुस । सर्वाेच्च अदालतलको फैसला अवज्ञा गरेको आरोपसहित प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अवहेलना मुद्दा दायर भएको छ। सहसचिवस्तरका एक कर्मचारीलाई काम नदिएको भन्ने विषयमा परेको मुद्दामा सर्वाेच्च अदालतले तीन महिनाभित्र उनलाई काम लगाउन दिएको आदेश पालना नभएको भन्दै प्रधानमन्त्री ओलीसमेत विरुद्ध सर्वाेच्च अदालतमा अवेहलना मुद्दा दर्ता भएको हो। मंसिर २६ मा दर्ता नम्बर […]
मानव तस्करीका समाचार विश्लेषणले भन्छ, राज्य मानव तस्करी निर्मूल पार्दैन, बढावा दिँदैछ
काठमाडौं, ५ पुस । नेपालमा बलात्कारका घटना बढिरहेकै सन्दर्भमा मानव बेचविखन तथा असुरक्षित आप्रवासनका घटना पनि बढ्दै गएको देखिएको छ । साथै पछिल्लो समयमा मानव बेचविखन गर्ने तरिका पनि बदलिदै गएको छ । अहिले मानव बेचविखनको सबैभन्दा ठूलो क्षेत्र वैदेशिक रोजगारी बनेको छ । आर्थिक समस्यामा रहेकाहरुलाई राम्रो रोजगारीको आश्वासन दिएर अर्कै ठाउँमा पुर्याएका घटनाहरु […]











