नेकपाका मकवानपुर जिल्ला इन्चार्ज भिमफेदी कारागार चलान

काठमाडौं, ३ बैशाख । नेपाल कम्युनिस्ट पार्टीका मकवानपुर इन्चार्जलाई कारागार चलान गरिएको छ ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका मकवानपुर जिल्ला इन्चार्ज रहेका वीरबहादुर घलान ‘ज्वाला’लाई सोमवार मकवानपुरको भिमफेदीमा रहेको कारागार चलान गरिएको हो ।

सोमवार जिल्ला अदालत मकवानपुरले उनलाई १८ हजार धरौटीमा रिहा गर्न आदेश दिएको थियो । न्यायाधीश ध्रुवकुमार पियाको एकल इजलासले उनीसँग धरौटी लिएर रिहा गर्ने आदेश दिएको थियो ।

तर, अदालत परिसर बाहिर उनलाई फेरि गिरफ्तार गर्ने व्यापक तयारी देखेपछि उनले आफूले धरौटी नतिर्ने बताएका थिए । धरौटी नतिरेपछि उनलाई सोझै कारागारमा चलान गरिएको उनका आफन्तले जानकारी दिएका छन् । 

Loading...