मन्त्री भट्टराईले आफुलाई भन्दा पहिले सिटौलालाई स्वागत गर्न भनेपछि

चितवन, १८ भदौ । आज बिहान करीब ९ बजे बुद्ध एयरको जहाजबाट संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराई र नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौला भरतपुर विमानस्थल उत्रिए ।  सरकारी अधिकारी, सत्ता पक्ष र प्रतिपक्ष आ–आफ्नै नेता तथा मन्त्रीको स्वागतमा फूलमाला लिएर विमानस्थलमा पुगेका थिए । जब जहाज रोकियो मन्त्री भट्टराई र नेता सिटौलासँगै झरे […]

निर्वाचन कार्यालयको भवन निर्माण

म्याग्दी, १८ भदौ । बेनी नगरपालिका–७ मङ्गलाघाटमा जिल्ला निर्वाचन कार्यालय म्याग्दीको भवन निर्माण भएको छ । निर्वाचन आयोगले तीन तले ९ कोठे भवन निर्माण गरेको हो । प्रतिरोधी क्षमताको अपाङ्गमैत्री भवन निर्माणको रु एक करोड ६४ लाख १४ हजारमा विसं २०७४ असार ४ गते ठेक्का सम्झौता भएको थियो । १८ महीनामा सम्पन्न गर्ने सम्झौता भए […]

तीन वर्ष बित्दा पनि बनेन पुल

दमौली, १८ भदौ । तनहुँको भीमाद नगरपालिका वडा नं २ र ६ जोड्ने जिदीखोलामाथि निर्माणाधीन पुल अलपत्र बनेको छ । दुई वर्षमा सम्पन्न गर्ने गरी विसं २०७३ असार २९ गते सम्झौता भएको पुल तीन वर्ष बितिसक्दा पनि अलपत्र अवस्थामा रहेको हो । म्याद सकिएको एक वर्ष भइसके पनि पुलको भौतिक प्रगति ३० प्रतिशत मात्रै रहेको […]

शिक्षकको ‘गोल्डेन हेण्डसेक’मा घुस लिएको आरोपमा किताबखानाका दुई कर्मचारी पक्राउ

काठमाडौं, १८ भदौ । अस्थायी शिक्षकको ’गोल्डेन हेण्डसेक’ वितरणका क्रममा घुस रकम लिएको भन्दै विद्यालय शिक्षक किताबखानाका दुई कर्मचारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा शाखा अधिकृत अर्जुनप्रसाद पराजुली र नायव सुब्बा राजेन्द्र कुमार केसी रहेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुलाई अस्थायी शिक्षकहरुसँग गोल्डेन ह्याण्डसेक बुझ्ने क्रममा कागजात मिलाउने प्रयोजनका लागि घुस रकम […]

प्रदेश प्रमुखबाट लोकसेवा आयोग विधेयक प्रमाणीकरण

विराटनगर, १७ भदौ । प्रदेश नं १ का प्रमुख प्राडा गोविन्दबहादुर तुम्बाहाङले प्रदेश लोकसेवा आयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक आज प्रमाणीकरण गरेका छन । प्रदेशसभाको भदौ १० मा बसेको ४०औँ बैठकले सो विधेयक सर्वसम्मत पारित गरेको हो । विधेयक प्रमाणीकरणसँगै प्रदेश सरकारलाई आयोगको अध्यक्ष र सदस्य नियुक्ति गर्ने बाटो खुला भएको छ । नेपालको […]

स्थानीय तहलाई सुदृढ बनाए मात्र लोकतन्त्र बलियो : खरेल

भद्रपुर, १७ भदौ । महान्यायाधिवक्ता अग्नि खरेलले संविधान, सङ्घीय सरकार र प्रदेश सरकारसँग बाझिने गरी कानून नबनाउन स्थानीय तहलाई निर्देशन दिएका छन । जिल्ला समन्वय समितिको आयोजनामा आज झापाको चन्द्रगढीमा आयोजित ‘स्थानीय कानून निर्माणसम्बन्धी अन्तरक्रिया’ कार्यक्रममा महान्यायाधिवक्ता खरेलले स्थानीय तहका जनप्रतिनिधिहरु सङ्क्रमणकाल र परीक्षणमा भएको हुँदा आवश्यक कानून निर्माण गर्दा संविधानका आधारमा बनाए मात्र दर्बिलो […]

गाईलाई भिरबाट खसालेर मारेका हैनौँ: नगर प्रमुख राणा

नेपालगञ्ज, १७ भदौ । नेपालगञ्ज काञ्जीहाउसबाट दैलेख लैजाने क्रममा सुर्खेतमा गाई मृत्यु भएको विषयमा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा. धवलशम्सेर राणाले आज प्रतिक्रिया दिएका छन । उक्त घटना हुँदा बाहिर रहनुभएका नगर प्रमुख राणाले नेपालगञ्ज आएपछि आज यहाँका पत्रकारसँगको छलफलमा भने, “गाईको व्यवस्थापनका लागि धेरै काम गर्दागर्दै यो दुर्घटना भएको हो, यो नियतवश घटाइएको घटना होइन […]

‘प्रधानमन्त्री रोजगार कार्यक्रम’लाई प्रभावकारी बनाउन सरोकारवालासँगको छलफललाई तीव्रता

काठमाडौँ, १७ भदौ । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई प्रभावकारी ढङ्गबाट कार्यान्वयन गर्न सरोकारवालासँगको छलफलाई तीव्रता दिएको छ । कार्यक्रमको कार्यान्वयन तथा समन्वय गर्ने निकायका रूपमा रहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आज नीतिनिर्माता, रोजगार क्षेत्रसँग सम्बन्धित जानकार, अर्थशास्त्री, सरकारका उच्च अधिकारी तथा स्थानीय सरकारका जनप्रतिनिधिसँग छलफल गरेको हो । गत वर्ष ढिलै भए पनि […]

प्रधानमन्त्री र मन्त्रीहरुबीच दोस्रो भिडियो कन्फरेन्स

काठमाडौँ, १७ भदौ । स्वास्थ्योपचारका क्रममा सिङ्गापुर रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रिपरिषद्का सदस्यहरुबीच आज दोस्रो पटक भिडियो कन्फरेन्स (टेलिप्रिजेन्स) प्रविधिबाट छलफल भएको छ । प्रधानमन्त्री ओलीले यसबीचमा भएका सरकारका कार्यप्रगतिबारे अन्य मन्त्रीहरुको उपस्थितिमा कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलसँग ब्रिफिङ लिएर आवश्यक निर्देशन दिनुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले बताए । यसअघि यही भदौ […]

काङ्ग्रेस चितवनले शुरु गर्याे समायोजन

चितवन, १७ भदौ । केन्द्रको निर्देशन अनुसार नेपाली काङ्ग्रेस चितवनले जिल्लामा क्षेत्रबाट समायोजनको काम शुरु गरेको छ । सङ्गठन संरचना अन्तर्गत तीनवटै क्षेत्रको समायोजनको काम सकिएको छ । नेपाली काङ्ग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठका अनुसार पार्टीको क्षेत्र नं– १ मा राजु सिलवाल, क्षेत्र नं–२ मा भरत लामिछाने र क्षेत्र नं– ३ मा सरिता केसी चयन […]