मन्त्री खनाल डेङ्गुबाट सङ्क्रमित

काठमाडौँ, १९ भदौ । कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनाल डेङ्गु रोगबाट सङ्क्रमित भई ग्राण्डी अस्पतालमा उपचार गराइरहनुभएको छ । उनको उपचारमा डा विनय रेग्मीसहितको टोली संलग्न छ । मङ्गलबार राति एक्कासि ज्वारो आएपछि उपचारका लागि पुल्चोकस्थित बुधबार बिहान पुल्चोकस्थित निदान अस्पताल जानुभएको थियो । उपचारका क्रममा रगत परीक्षण गर्दा सो रोग प्रमाणित भएको मन्त्री […]

प्रधानमन्त्री शुक्रबार स्वदेश फर्कने

काठमाडौँ, १९ भदौ । प्रधानमन्त्री केपी शर्मा ओली सिङ्गापुरबाट उपचार गरी शुक्रबार स्वदेश फर्कनुहुने छ । उनका प्रेस सल्लाहाकार डा कुन्दन अर्यालले सिङ्गापुरबाट थाइल्याण्ड हुँदै अपराह्न थाई एयरवेजबाट प्रधानमन्त्री ओली स्वदेश फर्कने जानकारी दिए । मिर्गौलासम्बन्धी एण्टिबडीको उपचारका लागि उनि गत भदौ ५ गते त्यसतर्फ जानुभएको हो । उनको सिङ्गापुरस्थित नेशनल युनिभर्सिटी अस्पतालमा उपचार भएको […]

आयोगले निकाल्यो प्राथमिक तहको सुदूरपश्चिमका ९ वटै जिल्लाको पूरा नतिजा

काठमाडौं । शिक्षक सेवा आयोगले खुलातर्फको प्राथमिक तहको अन्तिम नतिजा प्रकाशन गरेको छ । शिक्षक सेवा आयोगले प्राथमिक तहको खुल्लातर्फ लिइएको परीक्षाको नतिजा प्रकाशन गरेको छ । यसैक्रममा सुदूरपश्चिमका ९ वटै जिल्लाको नतिजा सार्वजनिक भएको छ । आयोगले बुधवार र बिहीवार गरी सुदूरपश्चिमका कैलाली, कञ्चनपुर, डडेल्धुरा, बैतडी, बझाङ, बाजुरा, दार्चुला, अछाम र डोटी जिल्लाको नतिजा […]

हरेक परिवर्तनमा दलित समुदायको अतुलनीय योगदान छ: प्रचण्ड

काठमाडौँ, १९ भदौ । नेपाल कम्युनिष्ट पार्टी नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दलित समुदायले प्राप्त गरेको अधिकारलाई संस्थागत गर्दै थप अधिकारका लागि सङ्घर्ष गर्नुपर्ने बताए । सातै प्रदेशका प्रदेशसभा सदस्यसहित राष्ट्रियसभा तथा प्रतिनिधिसभाका सांसद, जिल्ला विकास समितिका प्रमुख तथा उपप्रमुख, नगरपालिकाका प्रमुख तथा उपप्रमुख एवं गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष सम्मिलित समता फाउण्डेशनद्वारा आज यहाँ आयोजित […]

दिल्लीपछि नेपालगञ्ज–लखनऊ मैत्री बस सञ्चालन गरिदै

राँझा, १९ भदौ । भारतीय शहर लखनऊसम्म अब नेपालगञ्जबाट नेपाल–भारत मैत्री बस सञ्चालन हुने भएको छ । सरकारबाट अनुमति पाएको नेपालगञ्जस्थित भेरी यातायात प्रालिले भारतको उत्तरप्रदेश परिवहन निगमसँगको सम्झौताअनुसार भदौ २२ गतेदेखि नेपालगञ्ज–लखनऊ नेपाल–भारत मैत्री बस सेवा सञ्चालन गर्न लागेको हो । प्रालिका अध्यक्ष राजेन्द्र गिरीका अनुसार प्रत्येक दिन उत्तरप्रदेश परिवहन निगम र भेरी यातायात […]

काङ्ग्रेस महाधिवेशन प्रतिनिधि प्रशिक्षणको तयारी

भक्तपुर, १८ भदौ । नेपाली काङ्ग्रेसले भक्तपुरमा आयोजना गर्न लागेको प्रदेश नं ३ का सातवटा जिल्लाका महाधिवेशन प्रतिनिधिको दुईदिने प्रशिक्षणको तयारी पूरा भएको जनाएको छ । नेपाली काङ्ग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले यही भदौ २० र २१ गते मध्यपुरथिमि नगरपालिका¬–९ बोडे स्थित कृषि विकास बैंकको तालीम केन्द्रमा सो प्रशिक्षण गर्न लागेको हो । […]

अध्यक्ष तिमिल्सिना र कोरियन समकक्षीबीच भेटवार्ता

काठमाडौँ, १८ भदौ । दक्षिण कोरियाको औपचारिक भ्रमणमा रहनुभएका राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र कोरियाका राष्ट्रियसभा अध्यक्ष मुन हि–साङ बीच भेटवार्ता भएको छ । कोरियाका राष्ट्रियसभा अध्यक्षको कार्यालयमा आज भएको भेटवार्तामा अध्यक्ष तिमिल्सिनाले दुई देशको सम्बन्ध मित्रता, समझदारी र दुईपक्षीय सहयोगको आधारमा अगाडि बढिरहेको बताउनुभएको उहाँका प्रेस संयोजक अशोक पौडेलले जानकारी दिए । प्रेस संयोजक […]

प्रम ओलीको कार्यबोध घटाउन गगन थापाको सत्तारुढ नेकपालाई सदनमा सुझाव

काठमाडौँ, १८ भदौ । प्रतिनिधिसभामा प्रधानमन्त्रीको सिङ्गापुरमा भइरहेको उपचार, कृषि ऋण, गौहत्या, प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको ढिलाइ, दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि, शान्तिसुरक्षा, संविधान संशोधन, स्वास्थ्य सेवामा बेथिति र एनसेल करसम्बन्धी विषयले प्रवेश पाएको छ । काङ्ग्रेसका गगनकुमार थापाले सिङ्गापुरमा उपचार गराइरहका प्रधानमन्त्रीको स्वास्थ्यवस्थाका बारेमा सदनलाई आजसम्म किन जानकारी गराइएन भनी प्रश्न गर्दै नेकपालाई […]

देशलाई विकासको नयांँ युगतर्फ लैजाने समय आयो: अध्यक्ष प्रचण्ड

चितवन, १८ भदौ । नेपाल कम्युनिष्ट पार्टी नेकपा का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाललाई विकासको नयांँ युगतर्फ लैजानुपर्ने समय आएको बताए ।  भरतपुर महानगरपालिकाले आज यहांँ आयोजना गरेको भरतपुर विमानास्थल विस्तार एवं सुधार सम्बन्धमा सरोकारवालाबीचको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले अब विकासको गतिलाई तीव्रता दिनुपर्ने आवश्यकता औँल्याए । छिटोभन्दा छिटो विकास चाहेका जनताले विकासले गति […]

प्राकृतिक स्रोतको उपयोग र लाभ सबैले पाउनुपर्छ: परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौँ, १८ भदौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले प्राकृतिक स्रोतको उपयोग र लाभ सबैले पाउनुपर्ने बताए छ । मालदिभ्सको राजधानी मालेमा मङ्गलबारदेखि शुरु भएको ‘हिन्द महासागर क्षेत्रको सुरक्षा, पारम्परिक एवं अपारम्पारिक चुनौती’ विषयक चौथो हिन्द महासागर सम्मेलनलाई सम्बोधन गर्दै उनले सामुद्रिक स्रोतको उपयोग अन्तर्राष्ट्रिय कानूनअनुरुप हुनुपर्नेमा जोड दिए । “समुुद्रको प्रयोग शान्ति, सुरक्षा र अन्तर्राष्ट्रिय कानूनअनुसार […]