आयोगले निकाल्यो प्राथमिक तहको सुदूरपश्चिमका ९ वटै जिल्लाको पूरा नतिजा

काठमाडौं । शिक्षक सेवा आयोगले खुलातर्फको प्राथमिक तहको अन्तिम नतिजा प्रकाशन गरेको छ । शिक्षक सेवा आयोगले प्राथमिक तहको खुल्लातर्फ लिइएको परीक्षाको नतिजा प्रकाशन गरेको छ । यसैक्रममा सुदूरपश्चिमका ९ वटै जिल्लाको नतिजा सार्वजनिक भएको छ ।

आयोगले बुधवार र बिहीवार गरी सुदूरपश्चिमका कैलाली, कञ्चनपुर, डडेल्धुरा, बैतडी, बझाङ, बाजुरा, दार्चुला, अछाम र डोटी जिल्लाको नतिजा प्रकाशित गरेको हाे ।

गतवर्षको असोज १३ मा भएको परीक्षाको गएको असार १० गतेदेखि २९ गते सम्म नतिजा प्रकाशन गरेको थियो । आयोगले लिखित परीक्षा उत्तीर्णहरुलाई असार ३० गतेदेखि साउन १४ गतेसम्म अन्तर्वार्ता सञ्चालन गरेको थियो । साथै, छुटेकाहरुको साउन २५ गते अन्तर्वार्ता लिइएको थियो ।

९ हजार ९ सय ९६ पदमा भएको विज्ञापनमा १४ हजार १ सयबढीले लिखित परीक्षा उत्तीर्ण गरेका थिए ।

हेर्नुहोस् कैलाली जिल्लाकाे नतिजा

हेर्नुहोस् अछाम जिल्लाकाे नतिजा

हेर्नुहोस् बाजुरा जिल्लाकाे नतिजा

हेर्नुहोस् डाेटी जिल्लाकाे नतिजा

हेर्नुहोस् बझाङ नतिजा

हेर्नुहोस् कञ्चनपुर जिल्लाको पूरा नतिजा

हेर्नुहोस् डडेल्धुरा जिल्लाको पूरा नतिजा

हेर्नुहोस् बैतडी जिल्लाको पूरा नतिजा

हेर्नुहोस् दार्चुला जिल्लाको पूरा नतिजा

Loading...