आयो प्राथमिक तहको सुदूरपश्चिमको नतिजा (हेर्नुहोस् कञ्चनपुर, डडेल्धुरा, दार्चुला र बैतडी जिल्लाको पूरा नतिजा)

काठमाडौं । शिक्षक सेवा आयोगले खुलातर्फको प्राथमिक तहको अन्तिम नतिजा प्रकाशन गर्न शुरु गरेको छ । आयोगले बुधवारदेखि नतिजा प्रकाशित गर्न शुरु गरेको हो । आयोगले बुधवार र बिहीवार गरेर कञ्चनपुर, डडेल्धुरा, दार्चुला र बैतडी जिल्लाको पूरा नतिजा) कञ्चनपुर र डडेल्धुरा जिल्लाको नतिजा सार्वजनिक गरेको छ । अरु जिल्लाको नतिजा पनि क्रमशः सार्वजनिक गर्दै जाने आयोगले जनाएको छ ।

आयोगले गतवर्ष असोज १३ मा लिएको परीक्षाको गएको असार १० गतेदेखि २९ गतेसम्म नतिजा प्रकाशन गरेको थियो । आयोगले लिखित परीक्षा उत्तीर्णहरुलाई असार ३० गतेदेखि साउन १४ गतेसम्म अन्तर्वार्ता सञ्चालन गरेको थियो । साथै, छुटेकाहरुको साउन २५ गते अन्तर्वार्ता लिइएको थियो ।

यसअघि ९ हजार ९ सय ९६ पदमा भएको विज्ञापनमा १४ हजार १ सयबढीले लिखित परीक्षा उत्तीर्ण गरेका थिए ।

हेर्नुहोस् कञ्चनपुर जिल्लाको पूरा नतिजा

हेर्नुहोस् डडेल्धुरा जिल्लाको पूरा नतिजा

हेर्नुहोस् बैतडी जिल्लाको पूरा नतिजा

हेर्नुहोस् दार्चुला जिल्लाको पूरा नतिजा