लागुऔषधरहित समाजको खाँचो

काठमाडौँ, १९ भदौ । लागुऔषधरहित समाज निर्माणका लागि साझा प्रयत्नको आवश्यकता औल्याइएको छ । आसरा सुधार केन्द्र रानीवारीको २१ औँ वार्षिक साधारणसभाका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा नेपाल प्रहरी श्रीमती सङ्घका अध्यक्ष प्रमिला खनालले लागुऔषध नियन्त्रणका लागि घरपरिवारनै लाग्नुपर्ने उल्लेख गरे । उनले केन्द्र विशुद्ध कल्याणकारी र परोपकारी सेवा भावका साथ मन, वचन र कर्मले समाजमा सकारात्मक परिवर्तन ल्याउन समर्पित भएको उल्लेख गरे ।

कार्यक्रममा केन्द्रका सचिव महिमा शाहले वार्षिक र कोषाध्यक्ष अर्चना बस्नेतले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।