काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ४० औं राष्ट्रिय शिक्षा दिवस तथा ५३ औं अन्तर्राष्ट्रिय साक्षरता दिवसको भव्य तयारी गरेको छ । सोमवार शिक्षा तथा मानव स्रोत विकास केन्द्रको सभाहलमा पत्रकार सम्मेलन गरी कार्यक्रमको तयारीबारे जानकारी दिइएको हो । पत्रकार सम्मेलनमा उक्त समारोहलाई भव्यताका साथ सम्पन्न गर्न सबै तयारी पुरा भएको जानकारी गराइयो । […]
राजनीति
प्रदेश नं १ मा तीन दिन संविधान दिवस मनाइने
विराटनगर, १६ भदौ । प्रदेश नं १ को सरकारले संविधान दिवस भव्य र व्यापक जनसहभागितासहित तीन दिन मनाउने निर्णय गरेको छ । प्रदेशका मुख्यमन्त्री शेरधन राईको सभापतित्वमा आज बसेको बैठकले असोज २, ३ र ४ गते विभिन्न कार्यक्रमको आयोजना गरी भव्यरुपमा संविधान दिवस मनाउने निर्णय गरेको छ । संविधान दिवसका उपलक्षमा प्रदेशका १४ जिल्लाका सदरमुकाम […]
नेपाल, भारतबीचको सम्बन्धमा महान्यायधिवक्ताको जोड
दमक, १६ भदौ । महान्यायधिवक्ता अग्नि खरेलले नेपाल भारतबीच ऐतिहासिक तथा धार्मिक सुमधुर सम्बन्ध रहेको बताएका छन । झापाको गौरादह नगरपालिका–५ को स्कूलचौन माध्यमिक विद्यालयको नवनिर्मित भवनको उद्घाटन कार्यक्रममा उनले नेपाल भारतबीच ऐतिहासिक, सामाजिक, धार्मिक, भौगोलिक र सांस्कृतिक रूपमा एकापसमा नजिकको सम्बन्ध रहेकाले आपसी सद्भाव कायम राख्न आवश्यक रहेकोमा जोड दिए । सो विद्यालयको नयाँ […]
उपनिर्वाचनका लागि आयोगद्वारा दल दर्ता आह्वान
काठमाडौँ, १६ भदौ । निर्वाचन आयोग नेपालले आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा भाग लिन चाहने राजनीतिक दललाई दल दर्ताका लागि निवेदन दिन आह्वान गरेको छ । आयोगका प्रवक्ता शङ्करप्रसाद खरेलका अनुसार दल दर्ताका लागि निवेदन दिने म्याद भदौ मसान्तसम्मका लागि तोकिएको छ । २०७४ सालको प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तह निर्वाचनमा भाग लिएका दलहरुले […]
सभापति देउवाद्वारा तीजको शुभकामना
काठमाडौँ, १६ भदौ । नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले हरितालिका तीजको अवसरमा आफ्नो व्यक्तिगत र पार्टीका तर्फबाट स्वदेश तथा विदेशमा रहेका सबै नेपाली दिदीबहिनीमा शुभकामना व्यक्त गरेका छन । उहाँले एक शुभकामना सन्देशमार्फत हाम्रो देश अनेक धर्म, संस्कृति र पर्वले समृद्ध भएको उल्लेख गर्दै यस्ता पर्व हाम्रा पहिचान र गौरव भएको बताउनुभएको छ […]
बदलिँदै गाउँहरु, महिलामा ह्वात्तै बढ्यो शैक्षिक विकास र पढाइको महत्व
बाँके । खजुरा गाउँपालिका–४ एफगाउँ मन्दिर टोलकी गौरी सुनार ४६ वर्षकी भइनन । विद्यालय कहिल्यै नगएकी उनले बाल्यकालमा शिक्षा हासिल गर्ने अवसर पनि पाइनन । विहेपछि घरव्यवहार, छोराछोरीको जिम्मेवारीले झनै उनलाई बाँधेर राख्यो । गाउँमा चलेको साक्षर अभियानले उनलाई पनि आकर्षण ग¥यो । उनी आफ्नो नाम लेख्न र लेखेको कुरा पढ्न सक्ने भएपछि आफूलाई कसैले […]
१९ लाख मानिसको नागरिकता खारेज, देश निकाला या जेल
काठमाडौं । भारतको पूर्वोत्तर राज्य आसाममा शनिवार बिहान १० बजे जारी गरिएको राष्ट्रिय नागरिक रजिस्टर (एनआरसी)को अन्तिम सूचीमा १९ लाखभन्दा बढी मानिसको नाम समाविष्ट भएको छैन। सो सूचीमा २४ मार्च १९७१ भन्दा अगाडि नै आसाममा आइसकेका प्रमाणित मानिसहरूको मात्र नाम छ। उक्त मितिको भोलिपल्ट बाङ्ग्लादेशले पाकिस्तानबाट स्वतन्त्र भएको घोषणा गरेको थियो। एनआरसीमा कुल तीन करोड ११ […]
उपसमिति प्रतिवेदन पेश
काठमाडौँ, १५ भदौ । प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिअन्तर्गत गठित मेडिकल कलेजहरुको शुल्क विवादलगायत विविध विषयमा अध्ययन गर्न गठित उपसमितिले आफ्नो प्रतिवेदन तयार गरेको छ । समितिको विसं २०७५ चैत २६ गतेको बैठकद्वारा समितिका सदस्य सुरेशकुमार राईको संयोजकत्वमा गठित सो उपसमितिका सदस्यमा उमेश श्रेष्ठ, एकबाल मियाँ, खगराज अधिकारी, चित्रलेखा यादव, जीवनराम श्रेष्ठ, मनकुमारी जिसी, सन्तकुमार […]
गाउँगाउँमा विकासको मूल फुटेको छ: मन्त्री विश्वकर्मा
कास्की, १५ भदौ । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले तीनै तहका सरकारबीच विकास निर्माणका कार्यमा आपसी सहकार्य र समन्वय भइरहेको बताएका छन । पोखरा महानगरपालिका–१९ घार्मीमा लामाचौर स्वास्थ्य चौकी भवनको शिलान्यास कार्यक्रममा आज उनले देशमा सडक, खानेपानी, विद्यालय, स्वास्थ्यचौकीलगायत विकासका पूर्वाधारले प्राथमिकता पाएको बताए । जनप्रतिनिधि निर्वाचित भएर आएसँगै सङ्घ, प्रदेश र स्थानीय सरकार बीचको […]
छानबिन समितिको प्रतिवेदनका आधारमा कारवाही हुन्छ: मन्त्री राई
नेपालगन्ज, १५ भदौ । शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले राष्ट्रिय जनावर तथा हिन्दूको धार्मिक आस्थाको धरोहर गाईको व्यवस्थापनमा संवेदनशील हुनुपर्नेमा जोड दिए । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले शुक्रबार नेपालगन्जको काञ्जीहाउसबाट दैलेख छाड्न भनी लगिएका गाई बाटोमै मर्नु दुःखद हो भने । “नेपालगन्जमा छाडा छाडिएका गाईलाई काञ्जीहाउसमा राखेर पुनः अन्यत्र लग्ने विषयमा सर्वपक्षीय वा […]











