भारत ७० औँ संविधान दिवस मनाउँदै,

नयाँ दिल्ली । भारतमा ७० औं संविधान दिवस मनाइँदै छ । संविधान दिवसका अवसरमा राष्ट्रपति रामनाथ कोविन्दले मङ्गलबार भारतको संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम छ । महाराष्ट्र राज्यमा सरकार गठनका क्रममा भएको अस्वस्थ राजनीतिक प्रतिश्पर्धा र अनेक दाउपेचका कारण रुष्ट भएका विपक्षी दलले भने संविधान दिवसका अवसरमा आयोजना हुने कार्यक्रम वहिष्कारको तयारी गरेका […]

प्रधानमन्त्री ओली त्रिवि शिक्षण अस्पताल भर्ना

काठमाडौँ १० मंसिर । केपी शर्मा ओली अस्पताल भर्ना भएका छन् । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियो भास्कुलर सेन्टरमा नियमित स्वास्थ्य परीक्षणका लागि मङ्गलबार बिहान गएका ओलीलाई चिकित्सकहरुले भर्ना हुन सुझाव दिएपछि भर्ना गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । ‘प्रधानमन्त्री नियमिति चेकजाँचका लागि गएका थिए । चिकित्सकहरुले भर्ना गर्न सुझाव दिएपछि […]

समस्याको जडः नेपाली राजनीतिमा भिजेको जब्बर सामन्तवाद

नेपालमा समाज परिवर्तनको सुस्त तर निरन्तर गतिमा छ । प्राचीनकालदेखि नै यहाँ परिवर्तनका खातिर विविध संघर्षहरु चल्दै आए । संघर्षका क्रममा एउटा शासन अर्कोले विस्थापित गरे पनि कुनै भिन्नता आउन सकेको छैन । शासन शक्तिमा जोसुकै आए पनि अघिल्लो र पछिल्लोको शैली, संस्कार र तौरतरिका उस्तै हुने गरेका छन् । विगतमा राणाहरु हुन वा राणापछिका […]

अवैध शुल्क फिर्ता नगर्ने मेडिकल कलेज मालिकहरुलाई पक्राउ गर्न गृहमन्त्रीले दिए प्रहरीलाई आदेश

भक्तपुर, ९ मङ्सिर । मेडिकल कलेजहरुले अवैध शुल्क उठाइरहेको विषयमा विद्यार्थीहरुको आन्दोलनलाई सम्बोधन गर्दै सरकारले अवैध रुपमा असुलेको शुल्क २४ घण्टा भित्र फिर्ता गर्न अल्टिमेटम दिएको छ । अवैध सुल्क फिर्ता नगर्ने मेडिकल कलेज संचालकलाई पक्राउ गर्न समेत सरकारले सोमबार निर्देशन दिएको छ । सोमबार गृहमन्त्रालयमा भएको छलफलमा अवैध शुल्क असुल्ने कलेजलाई कारबाही गर्ने निर्णय […]

बालुवाटारमा नयाँ तथा पुराना मन्त्रीलाई रात्रीभोज

काठमाडौं ८ मंसिर। प्रधानमन्त्री केपी ओलीले बालुवाटारमा नयाँ तथा पुराना मन्त्री र उनका परिवारलाई रात्रीभोज दिएका छन् । शनिबार राति उनले बालुवाटार निम्ताएर रात्रीभोज दिएका हुन् । भोजमा निवर्तमान मन्त्री र अहिलेका क्याबिनेटका मन्त्रीहरु सपरिवार पुगेका थिए । बालुवाटार स्रोतका अनुसार रात्रीभोज झण्डै तीन घण्टा चलेको थियो । तर रात्रीभोजमा अहिले क्याबिनेटमै रहेका समाजवादी पार्टीका […]

देउवाको अभिव्यक्तिः कांग्रेसलाई संकट, नेकपामा आक्रोश

काठमाडौं, ८ मंसिर । नेपाली नेताहरु राष्ट्रियताजस्तो गम्भीर विषयलाई समेत कहिलेकाँही भाषणको विषय बनाइदिन्छन्, र आलोचनाको पात्र बन्छन् । नेपाली नेताहरु राष्ट्रियताका विषयमा एकजुट नभएकै कारण नेपालको हजारौं हेक्टर जमिन भारतले कब्जा गरेको चर्चा र आक्रोश बेलाबेलामा उठ्ने गरेको छ भने कतिपय अवस्थामा नेताहरुले नै देश बेचेको आरोप समेत लाग्ने गर्छ । तर यस्ता आरोपहरु […]

कालापानी, लिपुलेक र लिम्पियाधुरा जोगाउन जुनसुकै कदम चाल्न तयार: प्रचण्ड

बाग्लुङ ८ मंसिर । नेपाल कम्युनिस्ट पार्टी नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतले आफ्नो नक्सामा समेटेको कालापानी, लिपुलेक र लिम्पियाधुरा जोगाउन जुनसुकै किसिमको पहल कदमी लिन तयार रहेको बताएका छन्। शनिबार बाग्लुङको बुत्तिबाङमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन्। ‘मैले राष्ट्रियताको कुरा गरेँ। नेपालमा सीमा समस्या पुराना समस्याका रुपमा छन् । त्यसमध्ये […]

संघीयता र समृद्ध कर्णाली हुन नदिने अजंग पहाडहरु

नेपाली समाजमा ठूलो सामाजिक द्वन्द्व अझै पनि जारी छ । प्राचीन समयदेखि आजसम्म नेपाली समाजमा सामाजिक परिवर्तनको संघर्ष कहिले सुशुप्त रुपमा त कहिले घनिभूत रुपमा देखा पर्ने गरेको छ । यसक्रमको पछिल्लो समयको ठूलो घनिभूत संघर्ष थियो दसवर्षे जनयुद्ध । जनयुद्धले नेपाली समाजलाई जरैदेखि हल्लायो । मानिसका सोचहरुलाई युटर्न गरिदियो । रैतीमा रेटिएका नागरिकलाई शासक […]

‘बाबुराम भट्टराई र उपेन्द्रको लाइन एउटै छ कुनै विवाद छैन’

काठमाडौं, ८ मंसिर । सरकार छाड्ने र नछाड्ने विषयमा समाजवादी पार्टीभित्र दुई अध्यक्षबीच मतान्तर रहेको कुरालाई सो पार्टीले खण्डन गरेको छ । समाजवादी पार्टी संघीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराई सरकार छाड्ने पक्षमा छन् भने सो पार्टीका कार्यकारिणी अध्यक्ष उपेन्द्र यादव छाड्न नहुने पक्षमा छन् । शनिबार राती अबेरसम्म बसेको पार्टी पदाधिकारीको बैठकपछि पार्टी तत्काल […]

नेपाली आकाशमा अनौठो अज्ञात विमान, धुँवा उडाउँदै राजधानीलाई दुई फन्का मार्दा पनि सरकार बेखबर

काठमाडौँ, ८ मंसिर । शनिबार बिहान राजधानीको आकाशमा अनौठो विमान देखापरेपछि उपत्यकाबासी अचम्मित भएका थिए । राजधानीलाई दुई फन्को लगाएको उक्त अनौठो जहाज कहाँबाट नेपाल प्रवेश गर्यो र कुन प्रयोजनका लागि सो विमानले राजधानीको परिक्रमा गर्यो भन्ने विषयमा कसैले पनि त्यसको उत्तर दिन सकेन। हवाई क्षेत्रका जानकारहरूले उक्त विमान भारतीय एयरफोर्सको विमान भएको दाबी गरेका […]