काठमाडौ, ११ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार देखिएको छ । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार मङ्गलबार भेन्टिलेटरमा राखिएकोमा आज बिहानदेखि त्यो हटाइएको छ । थापाले प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमिक सुधार देखिएको जानकारी दिए । प्रधानमन्त्री ओलीको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरस्थित सघन कक्षमा राखेर उपचार भइरहेको छ । एपेन्डिसाइटिस सहित […]
राजनीति
अन्तत: बढी शुल्क फिर्ता गर्न मेडिकल कलेज सञ्चालकहरु तयार, सरकारसँग दुई बुँदे सहमति
काठमाडौं । सरकार र निजी मेडिकल कलेजबीच दुई बुँदे सहमति भएको छ । मंगलबार राती शिक्षा मन्त्रालयमा बसेको दुई पक्षीय बैठकले उक्त सहमति गरेको हो । उक्त सहमतिअनुसार मेडिकल कजेजले भोलि (बुधबार) बाटै अतिरिक्त शुल्क समायोजन वा फिर्ताको प्रक्रिया थाल्ने जनाइएको छ । त्यस्तै दुई पक्षीय सहमतिमा ०७२/०७३ र ०७३/०७४ को हकमा चिकित्सा शिक्षा आयोगले […]
प्रधानमन्त्री भेट्न अस्पताल पुगे शिक्षामन्त्री, स्वास्थ्यमन्त्री र मुख्य सचिव
काठमाडौं १० मङ्सिर,। महारागन्जस्थि शिक्षण अस्पतालमा एपेन्डिसाइटिसको शल्यक्रिया गराएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न शिक्षामन्त्री गिरिराजमणि पोखरेल, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल र मुख्य सचिव लोकदर्शन रेग्मी अस्पताल पुगेका छन् । प्रधानमन्त्री ओलीको आज बिहान महाराजगन्जस्थित मनमोहन कार्डिओथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको छ । शल्यक्रियापछि उनलाई भेट्न मन्त्रीद्वय तथा मुख्य सचिव उनको स्वास्थ अवस्था […]
प्रधानमन्त्री ओलीलाई तीन दिन आइसियुमा राखिने
काठमाडौं, १० मंसिर। एपेन्डिसाइटिसको अपरेसनपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई आइसियुमा सारिएको छ । त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा प्रधानमन्त्रीको अप्रेसन सकिएपछि प्रम ओलीलाई आइसियुमा सारिएको हो । प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीको एपेन्डिसाइटिसको अपरेसन मंगलबार मध्यान्ह १२:४५ बजे सफलतापूर्वक सम्पन्न भएको जानकारी दिए । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका डाक्टर […]
भक्तपुरको उपनिर्वाचनमा उम्मेदवारका आ-आफ्नै दावी
भक्तपुर, १० मङ्सिर । प्रतिनिधिसभा सदस्य प्रदेशसभा सदस्य र स्थानीय तहमा रिक्त पदाधिकारी पूर्ति गर्नका लागि उपनिर्वाचन आउन मात्र चार दिन बाँकी छ । निर्वाचनको दिन नजिकिँदै गर्दा नेपाल कम्युनिष्ट पार्टी नेकपा र नेपाली काङ्ग्रेसले आआफ्नै दलले बाजी मार्ने दावी गर्दै आएका छन् । यही मङ्सिर १४ गते भक्तपुर क्षेत्र नं १ प्रदेश क मा […]
उपेन्द्रलाई बाबुरामको अन्तिम चेतावनी
काठमाडौं १० मंसिर । सत्तारुढ दल समाजवादी पार्टीभित्र पार्टी सरकारमा बसिरहने वा छोड्ने विवाद उत्कर्षमा पुगेको छ। पार्टीका संघीय परिषद अध्यक्ष डा बाबुराम भट्टराईले कार्यकारी अध्यक्ष उपेन्द्र यादवलाई तत्काल सरकार नछोडे दुर्भाग्य हुने चेतावनी दिएका छन् । स्रोतकाअनुसार आजमात्रैपनि बाबुरामले उपेन्द्रलाई फोन गरेर कडा चेतावनी दिएका हुन् । पार्टी सरकारमा बस्दा देशव्यापी रुपमा पार्टीविरुद्ध नकारात्मक […]
मन्त्री खुस्केकाको आ आफ्नै पीडा आफूले गरेका राम्रा काम सुनाउन नपाई हट्नुपर्यो
काठमाडौँ १० मंसिर । प्रधानमन्त्रीको सचिवालय समूह र सल्लाहकारहरुले शाखा अधिकृतको सरुवा र बढुवामा समेत चासो राख्थे । तिनीहरुको कुरा नमान्दा बर्हिगमनमा परे । मुलुक संघीयतामा गइसकेपछि कर्मचारी समायोजन जस्तो जटिल कार्य सम्पन्न गरे । आफूले गरेका राम्रा काम पनि प्रधानमन्त्रीलाई सुनाउन नपाई हट्नुपर्यो । एकातिर नेपाली कृषकलाई प्रोत्साहित गर्ने नीति लिने, अर्कातिर विदेशबाट पाउडर […]
अर्को विरामीले च्यापेका प्रम ओलीले भने, ‘प्रचण्डभन्दा म सिनियर हो’
काठमाडौं, १० मंसिर । प्रधानमन्त्री केपी ओलीले नेकपामा आफू अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डभन्दा ‘सिनियर’ अध्यक्ष भएको दाबी गरेका छन् । ओलीले आफू र प्रचण्ड दुवै कार्यकारी अध्यक्ष भएको बताए । नेकपा सचिवालय बैठकले गत साता मात्र प्रचण्डलाई कार्यकारी अध्यक्षको जिम्मेवारी दिएको थियो । ओलीले पार्टी बैठकको अध्यक्षता दुवै अध्यक्षले पालैपालो गर्ने पनि उल्लेख गरे […]
प्रधानमन्त्री ओलिलाई एपेन्डिसाइटिस भएको आशंका
प्रधानमन्त्री ओलिलाई एपेन्डिसाइटिस भएको आशंकाकाठमाडौैं १० मंसिर । स्वास्थ्य अवस्था विग्रिएपछि त्रिवि मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान सेन्टरमा भर्ना पुगेका प्रधानमन्त्री ओलीलाई चिकित्सकहरुले एपेन्डिसाइटिस भएको आशंका गरेका छन् । प्रारम्भिक परीक्षणबाट एपेन्डिसाइटिसको ‘सिन्टोमहरु’ देखिएको मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान सेन्टरका एक चिकित्सकले जानकारी दिए । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने अहिले पनि […]
प्रधानमन्त्री ओलीको स्वास्थ्यमा देखियो अर्को समस्या, आकस्मिक शल्यक्रिया गरिदै
काठमाडौं, १० मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीलाई शल्यक्रियाको तयारी गरिएको छ। एपेन्डिसाइटिस भएपछि उनको शल्यक्रिया गर्न लागिएको हो। ओली नियमित फलोअपका लागि मंगलबार बिहान त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियोमा गएको प्रधानमन्त्री सचिवालयले जानकारी दिएको थियो। स्वास्थ्य परीक्षणका क्रममा प्रधानमन्त्री ओलीलाई एपेन्डिसाइटिस देखिएपछि शल्यक्रिया गर्न लागिएको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका डा।अरुण सायमीले जानकारी […]







