प्रधानमन्त्री भेट्न अस्पताल पुगे शिक्षामन्त्री, स्वास्थ्यमन्त्री र मुख्य सचिव

काठमाडौं १० मङ्सिर,। महारागन्जस्थि शिक्षण अस्पतालमा एपेन्डिसाइटिसको शल्यक्रिया गराएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न शिक्षामन्त्री गिरिराजमणि पोखरेल, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल र मुख्य सचिव लोकदर्शन रेग्मी अस्पताल पुगेका छन् । प्रधानमन्त्री ओलीको आज बिहान महाराजगन्जस्थित मनमोहन कार्डिओथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको छ ।

शल्यक्रियापछि उनलाई भेट्न मन्त्रीद्वय तथा मुख्य सचिव उनको स्वास्थ अवस्था बुझ्न अस्पताल पुगेका हुन्। प्रधानमन्त्री ओलीको शल्यक्रिया डा। रमेशसिंह भण्डारी र दिब्यासिंह शाहले गरेका हुन्। शल्यक्रियापछि उनलाई तीन दिन अस्पतालमा राख्नुपर्ने अस्पताल स्रोतले जनाएको छ ।

Loading...