अवैध शुल्क फिर्ता नगर्ने मेडिकल कलेज मालिकहरुलाई पक्राउ गर्न गृहमन्त्रीले दिए प्रहरीलाई आदेश

भक्तपुर, ९ मङ्सिर । मेडिकल कलेजहरुले अवैध शुल्क उठाइरहेको विषयमा विद्यार्थीहरुको आन्दोलनलाई सम्बोधन गर्दै सरकारले अवैध रुपमा असुलेको शुल्क २४ घण्टा भित्र फिर्ता गर्न अल्टिमेटम दिएको छ । अवैध सुल्क फिर्ता नगर्ने मेडिकल कलेज संचालकलाई पक्राउ गर्न समेत सरकारले सोमबार निर्देशन दिएको छ ।

सोमबार गृहमन्त्रालयमा भएको छलफलमा अवैध शुल्क असुल्ने कलेजलाई कारबाही गर्ने निर्णय गरिएको हो । गृह मन्त्री रामबहादुर थापा बादलले अवैध शुल्क फिर्ता नगर्ने कलेजका संचालकलाई पक्राउ गरी कारवाही गर्न प्रहरीलाई निर्देशन समेत दिएका उनको स्वकीय सचिव विरू तामाङ्ग सुदीपले जानकारी गराए ।

सोमबार सिंहदरवार स्थित गृहमन्त्रालयमा गृहमन्त्री रामबहादुर थापा बादल, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, महान्यायाधीवक्ता अग्नि खरेल, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल लगायतको बैठकपछि अटेर गर्ने कलेज संचालक माथि सरकार आक्रामक रुपले प्रस्तुत भएको हो ।

मेडिकल कलेजहरुलाई शुल्क फिर्ता गर्न सरकारले दिएको १५ दिनको अल्टिमेटम आज सकिएको हो । तर कुनै पनि कलेजले विद्यार्थीबाट लिएको अतिरिक्त शुल्क फिर्ता गरेका छैनन् ।

Loading...