भक्तपुर । नेपाली कांग्रेसको युवा दस्ता तरुण दलका पूर्व अध्यक्ष, पदाधिकारी एवं नेताहरुले भक्तपुरमा पुनर्मिलन कार्यक्रम गरी राजनीतिक परिस्थितिबारे छ्लफल गरेका छन् । नेपाली कांग्रेस कहिले माओवादी भएको र कहिले एमाले भएको भन्दै उनीहरूले कांग्रेस साच्चिकै कांग्रेस भने बन्न नसकेको बताए । पार्टी नेतृत्वलाई पूर्व तरुणको प्रश्न छ- “पहिले माओवादी अहिले एमाले, कांग्रेस मात्र हुने […]
राजनीति
बेलबारी बहुमुखी क्याम्पस स्ववियु सभापतिमा अखिल क्रान्तिकारीका कपिल विष्ट निर्वाचित
विराटनगर । मोरङको बेलबारी बहुमुखी क्याम्पसमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा अखिल (क्रान्तिकारी) का कपिल विष्ट सभापतिमा निर्वाचित भएका छन्। उनले एमालेनिकट अनेरास्ववियुका उम्मेदवार प्रशान्त पोखरेललाई ३४ मतान्तरले पराजित गरेका हुन्। निर्वाचनमा कूल ३७१ मत खसेको थियो। स्ववियुको सचिवमा अनेरास्ववियुका अर्जुन कोइराला विजयी भएका छन् भने कोषाध्यक्षमा अखिल (क्रान्तिकारी) कै नवराज थापा निर्वाचित भएका […]
सरकारमा हुँदा वा नहुँदा पनि माओवादीले जनताको काम गर्छ, प्रधानमन्त्रीको दौडमा छैन : प्रचण्ड
पर्सा । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू हाल प्रधानमन्त्रीको दौडमा नरहेको स्पष्ट पारेका छन् । नेकपा माओवादी केन्द्रद्वारा सञ्चालित तराई–मधेस जागरण अभियानमा सहभागी हुन वीरगञ्ज आएका अध्यक्ष प्रचण्डले प्रेस सेन्टर नेपाल, पर्साको पत्रकार सम्मेलनमा आफू २०८४ सम्म प्रधानमन्त्री बन्ने होडमा नरहेको स्पष्ट पारेका हुन् । सरकारमा हुँदा एक कुरा र सरकार […]
पद्मकन्या स्ववियुमा गुटको छाया, गगन थापा निकट ऐरको बिद्रोही प्यानल बिजयी
काठमाडौ । राजधानीको पुरानो एवं महिला मात्र पढ्ने चर्चित क्याम्पस पद्मकन्या क्याम्पसमा बिहीबार सम्पन्न स्वबियु निर्वाचनबाट स्वतन्त्र उम्मेदवार रहेकी भुपेश्वरी (भुपी) ऐर नेतृत्वको पूरै प्यानल निर्वाचित भएको छ । नेविसंघबाट बिद्रोह गरी सभापतिमा स्वतन्त्र उम्मेदवारी दिएकी ऐरले नेविसंघकै आधिकारिक उम्मेदवार पुर्णिमाया परियारलाई पराजित गरेकी हुन् । ऐरले ७ सय ३० मत प्राप्त गर्दा परियारले ३ सय […]
चैत १८ मा एमालेको मोटरसाइकल र्याली र जागरण सभा
काठमाडौं । एमाले वाग्मती प्रदेशले सो प्रदेशका सबै वडा र जिल्लामा जागरण सभा गर्ने निर्णय गरेको छ । नेकपा एमाले वाग्मती प्रदेश कमिटीद्वारा बिहीबार आयोजित वाग्मती प्रदेश सभा सदस्य, पालिका प्रमुख, उपप्रमुख र जिल्ला समन्वय समितिका प्रमुखहरूको भेलाले सो निर्णय गरेको हो । नेकपा एमाले वाग्मती प्रदेश कमिटी अध्यक्ष कैलाशप्रसाद ढुङ्गेलको अध्यक्षतामा तथा नेकपा […]
नेकपा(बहुमत) ले घोषणा गर्यो दस्ता, यस कारण पर्यो आवश्यक
काठमाडौं । नेकपा (बहुमत)को काठमाडौं जिल्ला समितिले भ्रष्टाचार, वीत्तीय शोषण र मानव बेचविखन विरोधी दस्ता घोषणा गरेको छ । बिहिबार काठमाडौंको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी वर्तमान सरकार सबै किसिमका बेथितिको संरक्षक भएकोले आफूहरुले सरकारकोविरुद्धमा संघर्ष छेड्ने उद्घोष गरेको छ । पत्रकार सम्मेलनमा काठमाडौं जिल्ला इन्चार्ज सागर लिम्बुले वर्तमान सरकारले तमाम् बेथितिविरुद्ध कदम […]
कालापानी लिम्पियाधुरा जाने कुनै योजना छैन : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानी, लिम्पियाधुरा र लिपुलेक जाने कुनै योजना नभएको बताएका छन् । प्रतिनिधिसभाको जारी बैठकमा सांसद बुद्दीमान तामाङले सोधेको प्रश्नको जवाफ दिदैँ उनले तत्काल त्यहाँ भ्रमण गर्ने कुनै योजना नभएको बताएका हुन् । बरु, उल्टै प्रश्नकर्ता सांसदलाइ प्रधानमन्त्री ओलीके प्रतिप्रश्न गरे, ‘तपाई जाने योजनामा हुनुहुन्छ र ? सांसद तामाङले प्रधानमन्त्रीले […]
कांग्रेसका प्रमुख सचेतक घिमिरेले मागे माफी
काठमाडौ । नेपाली कांग्रेसका प्रमुख सचेतक एवं सिन्धुली-१ का प्रतिनिधि सभा सदस्य श्याम कुमार घिमिरेले संसदमा माफी मागेका छन् । यौन व्यवसाय खुला गर्नुपर्ने भनेर दिएको अभिव्यक्ति आलोचित भएपछि उनले बुधबार संसदमा माफी मागेका हुन् । गत चैत ३ गते संसदमा विशेष समय लिएर बोल्दै उनले यौन व्यवसाय खुला गर्नुपर्ने माग गरेका थिए । पर्यटन […]
पुल्चोक क्याम्पस सभापतिमा स्वतन्त्र उम्मेदवार विजयी : सचिवमा क्रान्तिकारी, कोषाध्यक्ष नेविसंघ
ललितपुर । पुल्चोक इञ्जिनियरिङ क्याम्पसकाे स्ववियु सभापतिमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । मंगलबार भएको निर्वाचनमा स्वतन्त्र उमेदवार बनेका स्वयं श्रेष्ठले बाजी मारेका हुन् । उनले एक हजार १०२ मत ल्याएका हुन् । उनी स्नातक सिभिल इन्जिनियरिङ चौथो वर्षमा अध्ययनरत छन् । उनका प्रतिद्वन्द्वी रसिक लम्सालले ७१० मत ल्याए । सचिवमा अखिल क्रान्तिकारीका दिवस सापकोटा, […]
प्रचण्डले पक्राउ गर्नु नपर्ने भनेपछि राप्रपाका बम रिहा
हेटौंडा । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तस्वीर जलाएको आरोपमा पक्राउ परेका राप्रपाको युवा संगठनका नेता निराजन बम रिहा भएका छन् । लोकतन्त्रमा बिरोध गर्न पाइने भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले फोटो जलाउदैमा गिरफ्तार गर्नु उचित नहुने सार्वजनिक अभिव्यक्ति दिएपछि बम रिहा भएका हुन् । चितवनबाट आइतबार नै पक्राउ गरी बमलाई जिल्ला प्रहरी कार्यालय मकवानपुर ल्याइएको थियो […]










