सर्वेन्द्र खनाल र महेश बस्नेतविरुद्ध अपहरणमा उजुरी दर्ता

काठमाडौँ । काठमाडौँ जिल्ला सरकारी वकिल कार्यालयले अपहरण तथा शरीर बन्धक कसुरमा सांसदहरु महेश बस्नेत, कृष्णकुमार श्रेष्ठ ‘किसन’ र पूर्व आइजिपी सर्वेन्द्र खनालबिरुद्ध प्रहरीले जाहेरी दर्ता नगरेको विषयमा प्राप्त उजुरी दर्ता गरेको छ। सरकारी वकिल कार्यालयले अब काठमाडौँ प्रहरी परिसरलाई जाहेरी दर्ता गरि आवश्यक अनुसन्धान अगाडि बढाउन निर्देशन दिने छ। सरकारी वकिल कार्यालयले जाहेरी दरखास्तको […]

राहत वितरणका क्रममा झडप, ९ राउण्ड हवाई फायर, ५ प्रहरीसहित ९ घाइते

लहान २२ वैशाख । सिराहाको मिर्चेयामा सोमबार प्रहरी र स्थानीवासिन्दाबीच झड्प भएको छ । राहत वितरणका क्रममा भएकाे झडपमा ५ जना प्रहरी र ४ जना सर्वसाधारण सामान्य घाइते भएका छन् । तीन दिनदेखि वितरण गरिँदै आएको राहत वितरण भइरहेका बेला मिर्चैया नगरपालिका वडा नम्बर ७ मा सोमबार केही व्यक्तिले हो–हल्ला गर्दै राहत वितरण नै बिथोल्न […]

स्पीड बोटमा देशमा घुसपैठ गर्न खोज्ने ८ जना मारिएको भेनेजुएलाको दाबी

एजेन्सी । भेनेजुएला सरकारले आइतबार छिमेकी राष्ट्र कोलम्बियाबाट स्पीडबोटमा आफ्नो मुलुकमा हुन लागेको समुन्द्री घुसपैठको प्रयासलाई असफल पारेको बताएको छ। तर विपक्षी नेताहरूले भने यसलाई बनावटी घटना भन्दै खारेज गरेका छन्। राष्ट्रपति निकोलस मादुरोले बारम्बार राजनीतिक विरोधीहरूले आफूलाई वाशिङ्टनको आडमा सत्ताच्यूत गर्न लागेको आरोप लगाउने गरेका छन्। सत्तामा रहेको सोशलिस्ट पार्टीका आलोचकहरू भने ती आरोपहरू […]

नेपाली सेनाकाे भावी प्रधानसेनापति ठानिएका शर्माले लगाए दर्ज्यानी चिह्न

काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाको उत्तराधिकारीका रुपमा हेरिएका उपरथी प्रभुराम शर्माको रथीमा बढुवा भएको छ । आइतबार जंगीअड्डामा आयोजित एक कार्यक्रमका बीच शर्मालाई प्रधानसेनापति पूर्णचन्द्र थापाले दर्ज्यानी चिन्ह लगाइदिएका छन् । मन्त्रिपरिषदको १४ वैशाखमा बसेको बैठकले शर्मालाई रथीमा बढुवा गर्ने निर्णय गरेको थियो । शर्मा हाल सम्भार रथीको भूमिका थिए भने अब बलाध्यक्षको जिम्मेवारी पाएका […]

२० दिनपछि देखिए किम जोङ उन

काठमाडाैं । उत्तर कोरियाका नेता किम जोङ–उन २० दिनपछि पहिलोपटक सार्वजनिक रुपमा देखिएका छन् । उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमका अनुसार नेता किम २० दिनपछि सार्वजनिक रुपमा प्रस्तुत भएका हुन् । समाचार संस्था केसिएनएका अनुसार नेता किमले रसायनिक मल उत्पादन गर्ने उद्योगको उद्घाटन गरेका छन्। नेता किम उपस्थित हुँदा उद्योगका मानिसहरु अति उत्साहित भएको केसिएनएले उल्लेख […]

नेकपा प्रतिवेदन: इन्डो-प्यासिफिककै रणनीति भएका कारण यथास्थितिमा एमसीसी गर्न नहुने

काठमाडौं, १९ बैशाख । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले नेपालले अमेरिकासँग गरेको मिलेनिमय च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सम्झौता इन्डाेप्यासिफिककै अंग भएकाे निष्कर्ष निकालेकाे छ । इन्डाे प्यासिफिक सैन्य रणनीति भएकाे र त्यसकै एक अंग एमसीसी भएकाेले यसलाइ यही अवस्थामा नेपालमा लागु गर्न नहुने सुझाब पनि नेकपाकाे कार्यदलले दिएकाे प्रतिवेदनमा उल्लेख छ ।  नेकपाले यसअघि एमसीसीबारे […]

ऋणिहरुलाई २ प्रतिशत ब्याज छुट दिन बैंकहरुलाई राष्ट्र बैंकको निर्देशन

nepal-rastra-bank

काठमाडौं । केन्द्रीय बैंकले कोभिड–१९ बाट ऋणीमा परेको असर न्यूनीकरण गर्न ब्याजदरमा दुई प्रतिशत छुट दिन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ। नेपाल राष्ट्र बैंकले आज एक सूचना जारी गर्दै कोरोनाबाट प्रभावित व्यवसायीलाई गत चैत मसान्तमा कायम ब्याजमा छुट दिन निर्देशन दिएको हो । बैंकका अनुसार अब कर्जा प्रवाह गरेका बैंक तथा वित्तीय संस्थाले […]

स्वास्थ्यकर्मीलाई जोखिम भत्ता दिने प्रदेश सरकारको घोषणा

कास्की । गण्डकी प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकले कोरोना सङ्क्रमितको प्रत्यक्ष स्वास्थ्यमा खटिनेलाई जोखिम भत्ता उपलब्ध गराउने निर्णय गरेको छ। अहिलेको अवस्थामा स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर विभिन्न पाँच निर्णय भएको सरकारका प्रवक्ता रामशरण बस्नेतले जानकारी दिए। बैठकले प्रदेश विकास परिषद्को पहिलो बैठकले प्रथम पञ्चवर्र्षीय योजना स्वीकृतिका निम्ति सिफारिस गरेकामा त्यसलाई स्वीकृतको गरेको छ। त्यसैगरी कोरोना […]

लामो रस्साकस्सीपछि अन्ततः पार्टीको बैठक बोलाउन राजी भए ओली

काठमाडौँ । पार्टीका नेताहरुले दवाव दिएपछि अन्ततः सत्तारुढ दलका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको सचिवालयको बैठक बोलाउन राजी भएका छन् । यसअघि उनले बैठक बसाउन इन्कार गर्दै आएका थिए । लामो रस्साकस्सी र केही चरणका छुट्टाछुट्टै छलफलपछि ओली बैठकमा बस्न तयार भएका हुन् । नेकपाको केन्द्रीय सचिवालय बैठक बुधबार बस्ने भएको छ । […]

सर्वोच्चले आदेश दिएपछि अन्ततः प्रहरीले छोड्यो ज्ञानेन्द्र शाहीलाई

काठमाडौँ । सर्वोच्च अदालतले प्रहरी नियन्त्रणमा रहेका ज्ञानेन्द्र शाहीलाई छाड्न आदेश दिएको छ। सर्वोच्च अदालतले मंगलबार एक आदेश दिँदै उनलाई छाड्न आदेश दिएको हो। केही दिनअघि प्रहरीले शाहीलाई ललितपुरबाट पक्राउ गरेर थुनामा राखेपछि उनको तर्फबाट अधिवक्ता इन्द्रप्रसाद अर्यालले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चले यसअघि २४ घण्टाभित्र उनलाई पेश गर्दै उनलाई पक्राउ […]