प्रेस चौतारीको अध्यक्षमा पाण्डे

बिराटनगर । लामो रस्साकस्सीपछि प्रेस चौतारीको अध्यक्षमा गणेश पाण्डे चयन भएका छन् ।

निबर्तमान अध्यक्ष गणेश बस्नेतले पाण्डे सर्बसम्मत रूपमा अध्यक्ष चयन भएका बताएका हुन् । वरिष्ठ उपाध्यक्ष रहेका पाण्डेलाई प्रेस चौतारीको पाँचौ अधिवेशनले अध्यक्षको जिम्मेवारी दिएको हो ।

निवर्तमान अध्यक्ष बस्नेतका अनुसार केन्द्रीय कमिटीको उपाध्यक्षमा चेतन अधिकारी र कृपा भण्डारी रहेका छन् भने महासचिवमा पुनः हिरामान लामा नै दोहोरिएका छन ।

उप महासचिवमा हरिबल्लभ नेपाल तथा सचिवहरुमा क्रमशः बिष्णु तारुके, प्रदिप आचार्य, विक्रम लुईटेल र नरेश भण्डारी चयन भएका बताइएको छ ।

 महाधिवेशनबाट केन्द्रीय समिति सर्वसम्मत घोषणा गरिएको निबर्तमान अध्यक्ष बस्नेतले बताए । उनले केन्द्रिय समितिका अन्य सदस्य पनि सर्बसम्मत भएकाे भन्दै नामावली घाेषणा गरेका छन्  । 

बिराटनगरमा भएको महाधिवेशनमा केही प्रतिनिधिले मतदानको माग गर्दै हस्ताक्षर अभियान नै चलाए पनि नेकपा (एमाले) का नेताहरुले त्यसो हुन नदिएका आरोप लागेको छ । प्रेस चौतारी सत्तारूढ दल नेकपा एमाले निकट पत्रकारको संगठन हो ।