काठमाडौ, २९ साउन । सरकारकाे नेतृत्वय गरिरहेकाे पार्टी नेकपा निकट कर्मचारी संगठनका एक नेताले सिंहदरवारमा अाइतबार ठूलाे हाेहल्ला मच्चिने गरी अातंक मच्चाएका छन् । नेकपामा मिसिएकाे एमाले पार्टीकाे कर्मचारी संगठनका उपाध्यक्ष जीवन भन्डारीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा गर्इ उपसचिवलार्इ कुटपिट गरेका हुन् । सिंहदरवारभित्रै यसरी दादागिरी देखाउने कर्मचारी नेतामाथि कारवाही गर्नुपर्ने अावाज उठेकाे […]
मुख्य समाचार
नेकपाको बन्दका कारण देशभरको जनजीवन ठप्प, अवज्ञा गर्ने सवारीसाधनमा तोडफोड र आगजनी
बुटवल । नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको प्रभाव विहानैबाट देशभर परेको छ ।बिहानी सेवाका स्कुल, कलेजहरु ठप्प छन् । बन्दको अवज्ञा गरेको भन्दै नवलपुर र डोटीमा मालबाहक ट्रकमा आगजनी गरिएको छ । मंगलबार विहानै नवलपुरको गैडाकोटमा दुई ट्रक आगजनी भएको छ । गैंडाकोटमा पराल बोकेका ट्रक र डोटीको बुडर नजिककै मालबाहक ट्रकमा आगजनी […]
हत्या आरोप लागेका राज्यमन्त्रीले गरे आत्मसमर्पण
जनकपुरधाम, २८ साउन । सशस्त्र प्रहरीका असई थमन विकको हत्या अभियोगमा प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका प्रदेश २ का सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मा सोमबार जिल्ला अदालत महोत्तरीमा उपस्थित भएका छन्। साउन १६ गते उच्च अदालत जनकपुरले प्रहरी हत्यामा संलग्न भएका अभियुक्तहरुलाई पक्राउ गरी अदालत समक्ष उपस्थित गराउन जिल्ला प्रहरी कार्यालय महोत्तरी र त्यसका प्रमुखको […]
नेकपाका प्रवक्ता प्रकाण्डलाई दुई दिन हिरासतमा राख्न अदालतको आदेश
काठमाडौं, २७ साउन । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा प्रवक्ता खडगबहादुर विश्वकर्मा प्रकाण्डलाई अदालतले दुई दिन हिरासतमा राख्न म्याद थप गरेको छ । उनीसँगै गिरफतार परेका अन्य दुई जनालाई भने तीन दिन म्याद थप गरेको छ । प्रहरीले नेता प्रकाण्डलाई साउन २२ गते हेटौडाबाट काठमाडौ आउदै गर्दा दक्षिणकाली नगरपालिकाको वार्ड नं. १ चाल्नाखेलबाट […]
नेकपा नेता प्रेम दर्नालको कोठामा प्रहरी छापा, भाई गिरफ्तार
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका नेता प्रेम दर्नालको कोठामा प्रहरीले छापा हानेको छ । शनिबार बिहान ८ बजे ठुलाे संख्यामा कोठामा पुगेको प्रहरीले दर्नालका भाई प्रेमेश दर्नाललाई बिना कारण गिरफ्तार गरेको छ । प्रमेश नेकपासँग आबद्ध छैनन् । उनलाई ‘तेरो दाई कहाँ छ ?’ भन्दै अभद्र ब्यबहार गरेर प्रहरीले जबर्जस्ती आफ्नो भ्यानमा हालेको प्रत्यक्षदर्शीले बताए […]
सुशिला कार्कीलार्इ लोकमानको १० करोड र गोडा धोएको पानी खाने प्रस्ताव आएपछि
काठमाडौं, २६ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख आयुक्त लोकमानसिंह कार्कीले सर्वोच्च अदालतमा आफूविरुद्धको मुद्दा जिताइदिन तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीलाई १० करोड रुपैयाँ ‘गोडधुवा’ दिन खोजेको खुलासा भएको छ। पूर्वप्रधानन्यायाधीश सुशीलाका पति दुर्गा सुवेदीको शुक्रबार प्रकाशित पुस्तक ‘विमान विद्रोह’ मार्फत लोकमानले घुसको प्रलोभन दिएको खुलेको हो। ‘टोलीमा आएको एकजनाले मलाई सुनायो– चाँदीको खड्कुलोमा […]
निरन्तर भत्कन थालेपछि सिक्टा आयोजनाको गुणस्तर अख्तियारले छानविन गर्दै
नेपालगन्ज, २६ साउन । राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको मूल नहर पटकपटक भत्केपछि यसको गुणस्तरमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेको छ। अख्तियारले छानबिनका लागि शुक्रबार पाँचसदस्यीय समिति गठन गरेको छ। सिक्टाको मूल नहरको गुणस्तरमाथि नै प्रश्न उठेकाले अनुसन्धान सुरु गरिएको अख्तियारका प्रवक्ता रामेश्वर दंगालले बताए। ‘गहिरो अनुसन्धान गर्न पूर्ण अधिकारसहितको पाँच सदस्यीय समिति […]
जुगेडी पुलबाट गुडिरहेको भारतीय ट्रक खस्यो
चितवन, २६ साउन । चितवनको नारायणगढमुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ स्थित जुगेडी पुलबाट एउटा भारतीय ट्रक खस्दा दुई जनाको मृत्यु भएको र अर्का एकजना गम्भीर घाइते भएका छन्। आज बिहान ४ः४० बजे भारतबाट काठमाडौं जाँदै गरेको एमएच४२टी ०३४३ नम्बरको चाउचाउ र पापड बोकेको भारतीय ट्रक जुगेडी पुलबाट अन्दाजी ५० मिटर खोल्सामा खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको […]
राप्रपाका लोहनी र कांग्रेस विपी बीच एकता हुँदै, त्यसपछि ठूलो पार्टी बनाउने घोषणा
काठमाडौँ । एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) का अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले नेपाली काँग्रेस (बिपी) सँग चाँडो एकता हुने बताएका छन् । पार्टी निकट युवा शक्तिले आयोजना गरेको ‘नागार्जुन नगरपालिकास्तरीय पार्टी प्रवेश कार्यक्रम’मा उनले दुवै पार्टी एकताका लागि संयुक्त सचिवालय स्थापना भइसकेको बताउँदै ‘वैचारिक दृष्टिकोण नभएका र अवसरवादी चरित्र बोकेका’ कुनै राप्रपासँग एकताको सम्भावना नरहेको स्पष्ट […]
पत्रकारहरुको स्वतन्त्रतामाथि मुलुकी संहितामार्फत ठूलो कानुनी हस्तक्षेप
काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले आगामी भदौ १ गतेदेखि लागू हुने मुलुकी अपराध संहिताले पत्रकारको स्वतन्त्रतालाई खुम्चाएको बताएका छन् । असल शासन फाउण्डेशनले (गोगो) शुक्रबार यहाँ आयोजना गरेको ‘नागरिक संस्थाहरुको दिगोपन सूचक मापन सार्वजनिक र ‘गोगो फाउण्डेशन अवार्ड–२०१७’ वितरण समारोहमा उनले राजनीतिमा अपराध बढेका कारण पत्रकारमाथि खतरा रहेको बताए। अध्यक्ष शर्माले मुठभेडमा […]











