डडेल्धुरा । डाेटीको जोरायल गाउँपालिका– २, छतिवनमा बस दुर्घटना हुँदा २४ जना घाइते भएका छन् । दार्चुलाबाट महेन्द्रनगरका लागि हिँडेको ना ७ ख ९११४ नम्बरको यात्रुबाहक बस बिहीबार बिहान ३ बजे दुर्घटना भएको हाे । जिल्ला प्रहरी कार्यालय, डोटीका प्रहरी नायब उपरीक्षक लालबहादुर धामीका अनुसार, बसमा कति यात्रु थिए भन्ने नखुले पनि २४ यात्रु घाइते […]
मुख्य समाचार
नेकपाले बोलायो सचिवालय बैठक, के-के विषयमा हुदैछ छलफल ?
काठमाडौं । मुलुकको पछिल्लो राजनीतिक अवस्था र पार्टीको आन्तरिक विषयमा छलफल गर्न नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आकस्मिक रुपमा सचिवालय बैठक बोलाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बस्ने बैठकमा पार्टी एकताका विषयमा छलफल हुनेछ । बैठक बिहान ११ बजे बस्ने कार्यक्रम छ । बैठकको मुख्य एजेण्डा तल्ला कमिटिको पार्टी एकता र सरकारको काम–कारबाही रहेको नेताहरूले […]
सर्वाेच्चले पायाे ६ महिनापछि प्रधानन्यायाधीश
काठमाडौं । संसदीय सुनुवाई विशेष समितिले प्रधानन्यायाधीशमा ओम प्रकाश मिश्रको नाम अनुमोदन गरेको छ । समितिको सोमबार बसेको बैठकले मिश्रको नाम सर्वसम्मत रुपमा अनुमोदन गरेको हो । तत्कालिन प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले १ चैत्र ०७४ मा राजीनामा दिएपछि सर्वोच्च अदालत कामु प्रधानन्यायाधीशको नेतृत्वमा चल्दै आएको थियो । अन्तत: सर्वाेच्चले ६ महिनापछि प्रधानन्यायाधीश पाएकाे हाे । पराजुलीको […]
इन्धनको मूल्य बढाएको विरोधमा कांग्रेस आईले गर्यो भारत बन्द
काठमाडौं । पेट्रोल डिजेलको बढ्दो मूल्यको विरोधमा कांग्रेस आईले आज भारत बन्द आह्वान गरेको छ । भारत बन्दको प्रमुख असर बिहार, राजस्थान, महाराष्ट्र, मध्यप्रदेश, छत्तिसगढ, ओडिशा, आन्ध्रप्रदेश, तेलंगाना र कर्नाटकमा देखिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । बन्दका कारण पूर्वी तटवर्ति रेल्वे जोनले १२ वटा रेल बन्द गर्यो । मुम्बईम कांग्रेस नेता सञ्जय निरुपमलाई पक्राउ गरिएको […]
उपकुलपतिसँग बाझाबाझ भएपछि रजिस्टारले दिएको राजीनामा स्वीकृत
बनेपा, २५ भदाै । उपकुलपतिसँग कुरा नमिलेपछि काठमाडौ विश्व विद्यालय (केयू) का रजिष्टार डा. भोला थापाले अाफ्नाे पदबाट राजिनामा दिएका छन् । उनले भदाै ७ गते उपकुलपति प्रा.डा. रामकष्ठ माकजु समक्ष दिएको राजीनामा आइतबार कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीले स्वीकृत गरेका छन् । भदाै ७ गते बसेको विश्वविद्यालयको कार्यकारी परिषद् बैठकमै उपकुलपति माकजु र […]
श्रमजीवी हीत प्रबर्द्धन समितिद्वारा न्युनतम पारिश्रमिक समितिका अध्यक्षकाे कार्यकक्ष घेराउ
काठमाडौं । सञ्चार गृहहरुमा कार्यरत श्रमजीवी पत्रकार, कामदार÷कर्मचारीको पारिश्रमिक वृद्धिको सिफारिस अबिलम्ब गर्न दबाब दिँदै नेपाल पत्रकार महासंघ अन्तर्गतको श्रमजीवी हीत प्रवद्र्धन समितिले आइतबार न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुलीको कार्यकक्ष घेराउ गरेको छ । अपरान्ह महासंघका सचिव तथा समितिका संयोजक रामप्रसाद दाहालको नेतृत्वमा गएको समितिको टोलीले पूर्व घोषित कार्यक्रम अनुसार समितिको सञ्चारग्रामस्थित अध्यक्षको […]
राेल्पामा गोली प्रहारबाट तरुण दलका अध्यक्षकाे निधन
सुलिचाैर २४, राेल्पा । सुलिचौरमा गोली प्रहार वाट तरुण दलका नगर अध्यक्षको निधन भएको छ । सुनिल स्मृती गाउपालिका ४ सुलिचौर प्रहरी चौकि देखि अगाडि रहको स्थानमा गोली प्रहार भएको थियो । उहाको छाँतिमा २ वाया कोखामा एक राउण्ड गोली लागेको थियो । उहाको घटना स्थालमै ज्यान गएको प्रत्यक्ष दर्सिहरुले जनाएका छन । गाउपालीका […]
प्रधानसेनापति थापालाई दर्ज्यानी चिन्ह प्रदान, सम्हाले कार्यभार
काठमाडौँ । कायम मुकाय प्रधानसेनापति रथी पूर्णचन्द्र थापाले आइतबार नेपाली सेनाको महारथी (प्रधानसेनापति) को दर्ज्यानी चिन्ह पाएका छन् । नेपाली सेनाका परमाधिपति राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार थापालाई दज्र्यानी चिन्ह प्रदान गरेकी हुन् । मन्त्रिपरिषदको बैठकले भदौ २५ गतेबाट लागु हुने गरी थापालाई प्रधानसेनापतिमा नियुक्तका लागि राष्ट्रपति समक्ष सिफारिश गर्ने निर्णय गरेको थियो । १२ भदौमा […]
मन्त्रीमण्डल हेरफेरको विषयलाई लिएर ओली–प्रचण्डबीच नै मतभेद
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीभित्र मन्त्रीमण्डल हेरफेरको विषयलाई केपी ओली र प्रचण्डबीच विवाद देखिएको छ । नेकपाका एक अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रीमण्डलमा हेरफेरको संकेत गरेको चार दिनपछि प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापा बादलले त्यसको खण्डन गरेका छन् । जसले गर्दा नेकपामा आन्तरिक विवाद देखिन थालेको संकेत यी भनाईले दिन्छ । भारत […]
कालिकोटका २ वडा अध्यक्षद्वारा राजिनामा, विप्लवको पार्टीमा प्रवेश गर्ने तयारी
कालिकोट । नेपाल कम्युनिष्ट पार्टीको आधार इलाका मानिएको कालिकोटबाट जनप्रतिनिधिको राजनीमा सुरु भएको छ । गाउँपालिका अध्यक्षले मनपरी गरेको भन्दै कालिकोटमा दुई वडा अध्यक्षले पदबाट राजीनामा दिएका छन् । जिल्लाको नरहरीनाथ गाउँपालिका ६ का वडा अध्यक्ष तुलाराज विक र वडा नम्बर–७ का अध्यक्ष दलबहादुर विकले राजीनामा दिएका हुन् । उनीहरु दुवै २०७४ वैशाख ३१ गते […]











