ओली र प्रचण्डबीच कसले फाटो पार्न खोज्यो ? यसो भन्छन् ओली

काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी नेकपा अध्यक्ष केपी ओलीले पार्टी एकतालाई सृदृढ ढङ्गले सम्पन्न गराएर छाड्ने बताएका छन् । पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानद्वारा शनिबार पार्टी मुख्यालय धुम्बाराहीमा बोगटीको चौथौं स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले अहिले पार्टीमा अन्तरविरोध खडा गर्ने, भाँजो हाल्ने प्रयास भइरहेको भन्दै त्यसलाई परास्त गरी पार्टी एकतालाई सुदृढ गराएर छाड्ने […]

मन्त्रीहरुको परीक्षा लिदैं प्रधानमन्त्री

काठमाडौं । अधिकांश मन्त्रीले अपेक्षाअनुसार काम नगरेको निष्कर्षमा पुगेका प्रधानमन्त्री केपी ओली ‘डिजिटल सिस्टम’ बाट उनीहरूको मूल्यांकन गर्ने तयारीमा छन् । असोजदेखि हरेक महिना कुन मन्त्रालय र मन्त्रीले कति समयमा के–कति काम गरे भन्ने मूल्यांकन सफ्टवेयरबाटै हुने भएको हो । अनलाइन मूल्यांकनकै आधारमा मन्त्रीलाई प्रोत्साहन र कारबाही गर्ने योजना प्रधानमन्त्रीको छ । सफ्टवेयर असोजको पहिलो […]

पहिरोले थुनिएको बडिगाड ‘ओभर फ्लो’ भएर बग्न थाल्यो, चार घर डुबे, के छ अवस्था ?

बाग्लुङ । बाग्लुङमा पहिरोले थुनिएर झण्डै दुई किलोमिटर लामो ताल बनेको बडिगाड खोला ओभर फ्लो भएर बग्न सुरु गरेको छ । शुक्रबार राति साढे ११ बजेदेखि थुनिएको खोला शनिबार बिहान साढे पाँच बजेबाटओभर फ्लो भएर बग्न सुरु गरे पनि जोखिम भने कायमै रहेको बाग्लुङका एसपी दीपक रेग्मीले जानकारी दिए । बाग्लुङ जिल्लाको बडिगाड गाउँपालिका वडा […]

बागलुङमा ठूलो खोला थुनियो, गुल्मीका हजारौं घर जोखिममा

पाल्पा । बागलुङ जिल्लाको भीमगीठेमा बढीघाट खोला थुनिँदा हजारौं घर जोखिममा परेका छन् । बागलुङको भीमगिठ्ठे नजिकै पहिरो जाँदा गुल्मीका हजारौ बस्ती जोखिममा परेका हुन् । ढोरपाटन नगरपालिका र बढीघाट गाउँपालिकाको सिमानामा पर्ने तुरतरे देउरालीमा पहिरो खसेको स्थानीयले बताएका छन् । पहिरोका कारण त्यस क्षेत्रकै ठूलो खोला शुक्रबार रातिदेखि अबरुद्ध भएको हो । खोला थुनिँदा […]

सङ्गठन बिरुद्ध गतिविधि गर्ने प्रकाश डुम्रेसहित तीन जना क्रान्तिकारी पत्रकार संगठनबाट निष्कासित

काठमाडौं ।  सङ्गठनबिरुद्ध अराजक गतिविधि गरेपछि क्रान्तिकारी पत्रकार संगठन, नेपालले प्रकाश डुम्रे लगायत तीन जना केन्दीय सदस्यलाई संगठनबाट निष्कासन गरेको छ । शुक्रबार एक विज्ञप्ति जारी गर्दै सङ्गठनले डुम्रे सहित हिम विष्ट र सृजना तिम्सिनालाई साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको हो । हेटौडा महाधिवेशनबाट गुट बनाएर हिडेका उनीहरुले नगरकोट सम्मेलनमा भएको बन्द सत्रको […]

सरकारलाई राजपा सांसदको प्रश्न: उपप्रधानमन्त्रीलाई झण्डा नदेखाएर के बन्दुक देखाउनु पर्थ्यो ?

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा)ले प्रहरी हिरासतमा मृत्यु भएका राममनोहर यादवबारे सरकारको जवाफ माग गरेको छ । साथै घटनाबारे अध्ययन गर्न संसदले सर्वदलीय छानबिन समिति गठन गर्नुपर्ने माग गरेको छ । संसदको शुक्रबारको बैठकमा सभामुखले समय दिएपछि बोल्दै राजपा सांसद लक्ष्मणलाल कर्ण राजपा सांसदले सुरक्षा दिनुपर्ने प्रहरीकै हिरासतमा रहेको यादवको हत्या भएको बताए । […]

दुई दशकपछि अपि हिमाल आरोहणमा विदेशी आइपुगे

दार्चुला ।  सशस्त्र द्वन्द्वकालयता आरोहण हुन नसकेको दार्चुलाको अपिहिमालमा दुई दशकपछि पहिलो पटक युरोपियन मुलुक चेक गणतत्रका आठ जना (दुई जना नेपालीसहित) १० जनाको टोली दार्चुला आइपुगेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागको भदौ २२ गतेको अनुमति लिएर विदेशी टोली अपि हिमाल आरोहणका लागि आएको हो । यसअघि २०५५/५६ सालअघि मात्रै […]

ब्रिगेड ब्वाइजले भित्र्यायो तीन विदेशी खेलाडी, को-को हुन् ?

काठमाडौं ।  चार वर्षपछि ‘ए’ डिभिजन लिग हुने भएपछि ब्रिगेड ब्वाइज फुटबल क्लबले तीन विदेशी खेलाडीलाई क्लबमा अनुबन्ध गरेको छ । सो क्लबले नाइजेरियाका तीन खेलाडी कजिम एन्टी जी, टी जी र करिमलाई बुधबार क्लबमा ल्याएको क्लबका व्यवस्थापक स्मिथ लामाले जानकारी दिए । कजिम एन्टी जी र टी जी स्ट्राइकरको रूपमा तथा करिमले मिड फिल्डबाट […]

तीजको दर खाएर नाच्दै ढले सिवाकोटी

काठमाडौं । तीजको दर खाएर नाच्दै गर्दा हेटौंडा ११ का रामहरि सिवाकोटीको मृत्यु भएको छ । छिमेकी अष्टमाया श्रेष्ठको आँगनमा भएको तिज विशेष कार्यक्रममाा रमाईलो गर्दै नाचिरहँदा उनी एक्कासि लडेर अचेत भएका थिए । अचेत भएको केही बेरमै अस्पताल पुर्याइए पनि डाक्टरले उनका मृत्यु भइसकेको घोषणा गरे । अचेत भएको केही बेरमै उनको ज्यान गएको […]

निर्मलालाई डान्स सिक्न कर गरेको नयाँ खुलासा, प्रहरीको उल्टो अनुसन्धान

काठमाडौं । फौजदारी कसुरको अनुसन्धान गर्ने जिम्मेवारी पाएको प्रहरीको मुख्य कर्तव्य अपराधी उम्किन नदिन घटनाको दसी प्रमाण सुरक्षित राख्नु हो । तर, कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कार र हत्यामा प्रहरीको भूमिका ठीक उल्टो देखिएको छ । कान्तिपुर दैनिकले समाचार छापेको छ । न्याय माग्न बुधबार राजधानी आइपुगेका निर्मलाका बावुआमा र कञ्चनपुरका महिला अधिकारकर्मीहरूका अनुसार निलम्बित […]