बाढीको डरले सुरक्षित घर बनाउँदै तिल्कीबासी

कञ्चनपुर । दोदा र बनारा नदीको बाढीका कारण हरेक बर्ष धनजनको क्षति बेहोर्दै आएका कञ्चनपुर जिल्लाका दक्षिणी भेग तिल्कीका स्थानिय बासिन्दा यसपटक बाढी नआउदै सुरक्षित घर निर्माणमा जुटेका छन् । सबैको पाइक पर्ने र सबैलाई सजिलो हुनेगरी गाउँको बीचमा सामुहिक सुरक्षित घर निर्माण गर्न थालेका हुन् । तिल्की क्षेत्र उसै पनि होचो रहेको र सो […]

चरा ठोक्किएपछि निगमकाे नयाँ चिनियाँ जहाज ग्राउण्डेड

NAC-New-Aircraft

काठमाडौं । चीनबाट ल्याइएको नेपाल वायुसेवा निगमको जहाजमा  विहान चरा ठोक्किएको छ । निगमको एमए-६० चिनियाँ जहाज आज बिहान विराटनगर एअरपोर्टमा चरा ठोक्किएको हो । काठमाडौंबाट ५१ जना यात्रु लिएर उडेको उक्त विमान विराटनगरमा अवतरण गर्नेक्रममा चरा ठोक्किएको निगम स्रोतले जनाएको छ । विमानको दायाँ इन्जिनमा जोडिएको प्रोपेलर (पंखा) मा चरा ठोक्किएको हो । एल्मुनियमले […]

तेरियाले जितिन लिटिल मास्टर्सको उपाधी

Teriya Magar

काठमाडौं, ७ असार । भारतको टेलिभिजन च्यानल जीटीभीबाट प्रशारण भइरहेको रियालिटी शो डिआइडी लिटिल मास्टर्सको उपाधी नेपालकी तेरिया मगरले जितेकी छन् । लिटिल मास्टर्सको यो तेस्रो उपाधी हो । यसअघिका दुई वटा उपाधी प्रतिस्पर्धामा नेपालीहरुको सहभागिता रहेको थिएन । शनिवार राती भएको ग्रान्ड फिनालेमा अन्य तीन जना प्रतिस्पर्धीलाई पछि पार्दै तेरियाले उपाधी हात पारेकी हुन् । […]

विशालबजार विरुद्ध नीतिगत भ्रष्टाचारको मुद्दा

Bishal-Bazar-Kathmandu

काठमाडौं, ३ असार । काठमाडौंको न्यूरोडमा रहेको विशाल बजार कम्पनीका विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नीतिगत भ्रष्टाचारको मुद्दा दायर गरेको छ । कम्पनी लिमिटेडका आठ जना संचालकविरुद्ध अख्तियारले सो मुद्दा दायर गरेको हो । कम्पनी विरुद्ध दायर गरिएको यो मुद्दा आयोगको इतिहासमै पहिलो भएको अख्तितयार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । कूल ९ करोड ७४ लाख […]

एमाओवादी चर्को आर्थिक संकटमा

काठमाडौं, ५ असार । एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले खर्च धान्न नसकेपछि चढ्दै आएको गाडी बेचेर सार्वजनिक यातायत प्रयोग गर्न थालेका छन् । उनको यो सांकेतिक अभियान भएपनि एमाओवादीमा आर्थिक संकटको जनाउ यसले दिएको छ । उनको यो शैलीलाई पार्टीभित्रै कतिपयले सस्तो प्रचार भनेपनि खर्च अभावले नेताहरु छटपटिन थालेको समाचार कान्तिपुर दैनिकले छापेको छ । संविधानसभामा तेस्रो […]

इन्जुरी समयमा मेसीको आकर्षक गोल

messi-argentina

काठमाडौं, ७ असार । मेसीको आकर्षक गोलमा अर्जेन्टिनाले समूह चरण पार गर्दै विश्वकपको दोस्रो चरणमा आफ्नो स्थान सुरक्षित गरेको छ । शनिवार राती भएको खेलमा अर्जेन्टिनाले इरानलाई १–० गोलले पराजित गरेको हो । पूरै खेलभरी इरानमाथि दवाव राखेको अर्जेन्टिनाका लागि स्टार खेलाडी मेसीले अन्तिम समयमा आएर एक गोल गर्न सफल भएका हुन् । खेलमा इरानले कडा […]

शान्तिसम्झौता गरेर पार्टीलाई सकिनबाट जोगाए

काठमाडौं, ३ असार । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले शान्तिसम्झौता गरेर आफूले माओवादी पार्टीलाई सकिनबाट जोगाएको बताएका छन ।’ शान्ति सम्झौतामार्फत शान्तिपूर्ण राजनीतिको मूलधारमा नआएर काठमाडौं कब्जा गर्ने रणनीतिमै लागिरहेको भए पार्टी सकिने अवस्थामा पुग्ने स्थिति रहेको दावी पनि दाहालले गरेका छन । आजको अन्नपूर्ण पोष्टमा दाहालले प्रश्न गर्दै भनेका छन, “राष्ट्र, जनता, क्रान्ति र पार्टी […]

संविधानसभामा संसदीय व्यवस्थाको आलोचना र समर्थन

काठमाडौं, २ असार । संविधानसभामा आगामी संविधानमा कुन शासकीय स्वरुप अपनाउने भन्ने विषयमा छलफल भएको छ । राष्ट्रपति र प्रधानमन्त्रीमध्ये राष्ट्रप्रमुख को हुने तथा प्रधानमन्त्री र राष्ट्रपतिको चयन कसरी गर्ने भन्ने विषयमा सभासद्हरुले आ–आफ्ना दलीय अडान अनुसारका धारणा राखेका हुन् । संविधानसभाको सोमबारको बैठकमा नेपाली कांग्रेसका सभासद्ले संसदीय व्यवस्था नै सबैभन्दा राम्रो भएको दाबी गरे । […]

निगमले थप्याे अर्को जहाज

काठमाडौं, ३ असार । नेपाल वायुसेवा निगमले आन्तरिक उडान गर्न अर्को जहाज ल्याउने तयारी गरेको छ । जहाज अभावमा झेलिरहेको राष्ट्रिय ध्वजावाहक निगमले एयटा ट्विनअटर जहाज थप्न लागेको छ । निगमसँग अहिले आत्तरिक उडान गर्न एउटामात्र ट्विनअटर बाँकी छ । आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडानमा जहाज अभावका कारण निगमले यात्रु र शाख दुवै गुमाइरहेको छ । […]

कर्णाली राजमार्गको जुम्लाखण्डमा कालेपत्रे सुरु

जुम्ला, २ असार । कर्णाली राजमार्गको जुम्ला खण्डमा कालोपत्रे कार्य सुरु भएको छ । जुम्लाको तातोपानी गा.वि.स वर्डा नं १ राकामा आइतवार प्रारम्भमा २ सय ३० मिटर कालोपत्रे गरिएको छ । पछिल्लोे समयमा तीब्र गतिमा स्तरवृद्धि र कालोपत्रेको लक्ष्य बनाएको जेवि कम्पनी राजेन्द्र निर्माण सेवाले कर्णाली राजमार्गमा औपचारिक रुपमा कालोपत्रे सुरुवात गरेको छ । सो क्रममा […]