‘देश बिरामी पर्यो हजुर ! झर्किने, झुक्किने, बिर्सने, बर्बराउने, ढाट्ने, जिम्मेवार पदमा बसेकाले जनतालाई तथानाम गाली गर्ने र ठुल्ठुला कुरा गर्ने तर व्यबहारमा माखो नमार्ने जस्ता लक्षणहरु देखा परे, लौन जनता ओखती- मुलोको खोजी गरम !” आज बिहानै एकजना बुज्रुकले मलाई घचघच्याउनु भयाे । मैले स्वीकृतिपूर्बक मुन्टो हल्लाउदै एउटा दृष्टान्त सम्झन लागे । एकादेशमा सचिवले […]
मुख्य समाचार
भारतलाई स्तब्ध पार्दै न्युजिल्याण्ड विश्वकप फाइनलमा
भारतलाई १८ रनले पराजित गर्दै न्युजिल्याण्ड आईसीसी एकदिवसीय विश्वकपको फाइनलमा प्रवेश गरेको छ। विश्वकप इतिहासमा न्युजिल्याण्ड फाइनल पुगेको यो दोश्रो पटक हो। २०१५ मा यस अघि पहिलो पटक फाइनल पुग्दा अस्ट्रेलियाअंग पराजित भएको थियो। न्युजिल्याण्डले पहिले ब्याटिंग गर्दै दिएको २४० रनको लक्ष्य पछ्याउने क्रममा भारतले ४९.३ ओभरमा सबै विकेट गुमाउदै २२१ रन मात्रै बनाउन सक्यो। […]
गाडी र घरजग्गा कर्जामा कडाई गर्दै राष्ट्र बैंक, सेयर कर्जा के ?
काठमाडौं २५ असार । सवारी र रियल स्टेट कर्जामा कडाइ हुने भएको छ। उत्पादनमुलक क्षेत्रमा कर्जा बिस्तार गर्ने सरकारको रणनीतिलाई साथ दिंदै नेपाल राष्ट्र बैंकले आगामी मौद्रिक नीति मार्फत सवारी र रियल स्टेट कर्जामा कडाइ गर्न लागेको हो। अनुत्पादक क्षेत्रमा जाने कर्जालाई निरुत्साहित गरेर उत्पादनमुलक क्षेत्रमा कर्जा बिस्तार गर्ने सरकारको नीति अनुसारनै राष्ट्र बैंकले सवारी […]
जनताको मत लिएर जनता मार्ने बिषादी खान बाध्य बनाउने सरकारका बिरुद्द उठौँ भन्दै विरोध प्रदर्शन
काठमाडौं २५ असार। सरकारले भारतबाट आयात हुने तरकारी तथा फलफुलको विषादी परिक्षण नगर्ने निर्णयका विरुद्धमा नेपाल विद्यार्थी संघले आज पनि विभिन्न विरोधका कार्यक्रमहरु गर्ने जनाएको छ । निर्णय सार्वजनिक भएको भोलीपल्ट देखिनै विरोधका कार्यक्रम गर्दै आइरहेको नेविसंघले आज देशभरी बिषाक्त तरकारी तथा फलफुल बहिष्कार गर्ने र पर्चा बितरण गर्ने जनाएको छ । देशभरीका सवै जिल्ला […]
शिक्षकको कुटाईबाट घाईते विद्यार्थीको उपचारका क्रममा मृत्यु, चार शिक्षक पक्राउ
कञ्चनपुर, २६ असार । शिक्षकको कुटाईबाट घाईते भएका विद्यार्थीको मृत्यु भएको छ। शिक्षकको कुटाईबाट घाईते भएका जिल्लाको भीमदत्त नगरपालिका वडा नम्वर १७ मझगाउँको महाकाली बाल विद्यालयका छात्र माधव कलौनीको भारतमा उपचारका क्रममा मृत्यु भएको हो। डडेल्धुराको उपक्षेत्रीय अस्पताल, महाकाली, सेती, नेपालगन्जको शिक्षण अस्पताल हुँदै उनलाई उपचारका लागि भारत पुगाईएको थियो। कुटपिटबाट कलौनीको टाउको, छातीमा चोट […]
भोजपुर सदरमुकाममै नेकपा र प्रहरीबीच गोली हानाहान, एक प्रहरी र एक विप्लवका कार्यकर्ताको मृत्यु
काठमाडौं, २५ असार । भोजपुर सदरमुकाममा प्रहरी र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताबीच गोली हानाहान भएको खबर आएको छ । गोली हानाहानमा एक जना प्रहरी र एक जना विप्लवका कार्यकर्ताको मृत्यु भएको बताइएको छ । भोजपुर सदरमुकामको हटिया लाइनमा उक्त गोली हानाहान भएको बताइएको छ । भिडन्त बुधबार बिहान ८ बजे भएको […]
ओखलढुंगामा बस दुर्घटनामा परि ३ को ज्यान गयो
ओखलढुङ्गा,२५ असार । ओखलढुङ्गामा बस दुर्घटना भएको छ । दुर्घटनामा परि ३ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । काँकडभिट्टाबाट सोलुखुम्बुका लागि छुटेको मे १ ख १८९१ नम्बरको बस सिद्धिचरण राजमार्ग अन्र्तगत ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–६ मा बुधबार बिहान दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङगाले जनाएको छ । दुर्घटनामा बसका चालक झापा […]
बालिकाको ज्यान गएपछि ३५ लाखको सामान नाश, सर्पदंश उपचार केन्द्र बन्द
सर्लाही, २४ असार । सर्लाहीको लालबन्दी- १नवलपुरमा रहेको सर्पदंश उपचार केन्द्रमा सोमबार सर्पले डसेकी बालिकाको उपचारको क्रममै मृत्यु भएपछि तोडफोड भएको छ । केन्द्रको लापरबाहीका कारण बालिकाको मृत्यु भएको भन्दै आक्रोशित भीडले तोडफोड गरेको हो । हरिवन नगरपालिका–९ का पुष्कर बुढाथोकीकी अढाई वर्षीया छोरी सम्पदालाई सोमबार साँझ सर्पले डसेपछि उपचारका लागि नवलपुरस्थित सर्पदंश उपचार केन्द्रमा […]
अख्तियारको जालमा परे एउटै कार्यालयका तीन कर्मचारी
बारा । पचरौता नगरपालिकाका इन्जिनियर राम प्रकाश सतरासमेत ३ जना घुस रकम सहित अख्तियारको फन्दामा परेका छन् । उनीहरूलाई मंगलवार नियन्त्रणमा लिइएको हो । ईन्जिनियर राम प्रकाश सतराले पचरौता नगरपालिकास्थित विद्यालयका कम्पाउण्ड वाल निर्माण सम्पन्न भए पश्चात नियमानुसार भुक्तानीका लागि सिफारिस गर्नुपर्नेमा सो नगरी विभिन्न बहाना गरी सेवाग्राहीसँग घुुुस मागेपछि अख्तियारको फन्दामा परेका हुन । त्यसैगरी […]
साउनदेखि देशभर राष्ट्रिय परिचयपत्र वितरण गरिने
काठमाडौं २४ असार। सरकारले आगमी आर्थिक वर्षदेखि साउनदेखि देशका सबै जिल्लामा राष्ट्रिय परिचयपत्र वितरण गर्ने तयारी गरेको छ । सरकारले त्यसका लागि प्रतिघण्टा एक हजार कार्ड छपाइको योजना बनाएको छ ।हाल प्रतिघण्टा ६०० परिचयपत्र उत्पादन हुँदै आएकामा सबै जिल्लामा वितरण सुरु गर्न मेसिनको क्षमता वृद्धिसहित प्रशासनिक र प्राविधिक व्यवस्थापनमा सरकार जुटेको हो । कार्ड उत्पादनको […]










