काठमाण्डौ, २७ असार । नेपालगञ्जबाट काठमान्डौका लागि उडेको यति एयरलाइन्सको जहाज त्रिभुवन विमानस्थलमा अवतरणको क्रममा धावनमार्गमा चिप्लिएको छ । बिहान ११ बजेर ६ मिनेटमा जहाज चिप्लिएर चौरमा पुगेको थियो त्यस क्रममा दुई जना यात्रु सामान्य घाइते भएका विमानस्थल कार्यालयले जनाएको छ । घाइतेको केएमसी अस्पताल सिनामंगलमा उपचार भैरहेको छ । अरु यात्रु सुरक्षित रहेको र […]
मुख्य समाचार
पहिरोले विपी र मध्यपहाडी राजमार्ग अवरुद्ध, पूर्व जाने आउने सवारी ठप्प
सिन्धुली, २७ असार । सडकमा पहिरो खसेपछि गए रातिदेखि विपी राजमार्ग र मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । विपी राजमार्ग अन्तर्गत सिन्धुलीकाे गोलन्जोर र सुनकोशी गाउँपालिकामा बाटाे अवरुद्ध भएको छ । गए राति गोलन्जोर गाउँपालिका–५ को सोलाभञ्याङ र खनियाखर्कको बीचमा सडकमा माथिबाट पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले […]
उपकूलपति नै ८ लाख घुससहित रङ्गेहात पक्राउ
काठमाडौं, २६ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक उपकूलपतिलाइ ठूलाे रकम घुससहित रङ्गेहात पक्राउ गरेकाे छ । सेवाग्राहीसँग घुस लिएर रङ्गेहात पक्राउ पर्ने उपकुलपति हुन बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका उपकुलपति प्रा.डा. राजकुमार रौनियार । उनलाइ अख्तियारकाे टाेलीले ८ लाख घुस सहित पक्राउ गरेकाे हाे । प्रतिष्ठानको भवन निर्माणका लागि ठेक्कामा कमिशन वापत […]
अस्पतालबाट १३ दिने बच्चा चोरेर दिल्ली लाँदै गरेका दुई महिला पक्राउ
धरान, २६ असार । अस्पतालबाट १३ दिने बच्चा चोरेर भाग्दै गरेका दुर्इ जना महिलालार्इ प्रहरीले गिरफ्तार गरेको छ । सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट बुधबार राति हराएका शिशु चोरेको आरोपमा प्रहरीले लिला बिक र मिना लिम्बुलाई पक्राउ गरेको हो । बुधवार बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट १३ दिनका बालकको अपहरण भएको हल्ला चलेको […]
एक नम्बरमा स्थान कब्जा जमाएको भारतको जेट एयरलाइन्सलाई उछिन्दै नेपाल एअरलाइन्सले राख्यो नयाँ रेकर्ड
सन् २०१८ मा राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम नेपाल एयरलाइन्स सबैभन्दा बढी विदेशी पर्यटक बोक्ने एयरलाइन्समध्ये पहिलो स्थानमा पुग्न सफल भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हालै सार्वजनिक गरेको ‘नेपाल टुरिज्म स्टाटिक्स–२०१८’ अनुसार बढी पर्यटक बोक्ने मुख्य पाँच एयरलाइन्स मध्ये नेपाल एयरलाइन्स पहिलो भएको छ । उसले अघिल्लो वर्ष एक नम्बरमा […]
लोकप्रिय युवा नेता एकाएक यसकारण भए सामाजिक सञ्जालमा बदनाम
काठमाडौ २६ असार । पछिल्लाे समय युवाहरुमाझ विश्वास अार्जन गर्न सफल रहेका युवा नेता गगन थापा फेरि विवादित बनेका छन् । केही समय अगाडि अमेरिकामा पढ्न लागेकाे फाेटाे सार्वजनिक भएपछि विवादमा अाएका उनी अहिले फेरि अर्काे विवादमा मुछिएका छन् । अहिले उनी अाफ्ना कारणले हाेइन, उनका बारेमा नेपालस्थित अमेरिकी दुतावासले लेखेकाे मेलका कारण विवादमा अाएका […]
ओली भन्छन्ः भारतीय दूतावासको पत्रबारे म भ्रममा रहेछु एउटा यथार्थ मबाट लुकेको रहेछ
काठमाडौँ २६ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले विषादी परीक्षण रोक्नका लागि भारतीय दूतावासले पठाएको पत्रबारे आफूलाई सरकारी निकायले ‘अनभिज्ञ’ राखेको बताएका छन् । भारतीय दूतावासले विभिन्न संवाद गर्दै हिँडेको र पत्र पठाएको बारे २३ गते मात्र जानकारी प्राप्त गरेको प्रधानमन्त्री ओलीले उल्लेख गरेका छन् । ‘मलाई पछि मात्र थाहा भयो र त्यससम्बन्धमा भारतले कूटनीतिक […]
लोकसेवा आयोगले भन्यो स्थानीय तहको परीक्षा सर्दैन
काठमाडौँ, २६ असार। लोक सेवा आयोगले परीक्षा केन्द्र सम्बन्धित जानकारी वेभसाइट मार्फत दिने बताएको छ । एक सुचना जारी गर्दै यस्तो कुरा बताएको हो । आयोगले स्थानीय तहका पदहरुको परीक्षा केन्द्र सम्बन्धी सूचना प्रकाशित गरेको हो । आयोगले गत जेठमा प्रकाशित विज्ञापन अनुसार स्थानीय तहका विभिन्न सेवा, समूहका ४, ५, ६ औँ तहका पदहरुको खुला […]
प्रहरी हिरासतबाट भागेका कैदी पुन: पक्राउ
ललितपुर, २६ असार । ललितपुर भैंसेपाटीस्थित प्रहरी प्रभागकाे हिरासतबाट गत साेमबार भागेका दुई बन्दी पुन: पक्राउ परेका छन्।उनीहरुलाई बौद्धबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ हिरासतबाट भागेका तीनमध्ये रुद्र श्रेष्ठ र शमशेर माझी पक्राउ परेका महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ। भैँसेपाटी प्रहरी प्रभागको हिरासतबाट सोमबार राति यी दुई सहित अर्का कैदी रविकुमार तिमल्सिना फरार […]
फलफूल बोकेर आएको भारतीय ट्रक नारायणगढमा तोडफोड
चितवन, २६ असार । चितवनको नारायणगढमा एक भारतीय ट्रकमाथि तोडफोड भएको छ । नारायणगढेको क्षेत्रपुरमा रहेको महानगर ताजा तरकारी तथा फलफूल थोक बजारमा फलफूल बोकेर आएको भारतीय ट्रकमा आगजनी प्रयास समेत भएको चितवन प्रहरीले जनाएको छ । पछिल्लो समय भारतबाट नेपाल भित्रिने फलफल तथा तरकारीमा विषादी जाँच गर्ने भनि एकपटक गरिएको निर्णय सरकारले फिर्ता लिएपछि […]











