रामबहादुर थापा र माधव नेपाललार्इ लक्षित गरी बम प्रहार

काठमाडौं, २ मंंसिर । वाम गठबन्धन र नेपाली काँग्रेसको चुनावी सभामा सहभागी हुन कार्यकर्ता चढेको बस तथा जीपलाई लक्षित गरी बम बिष्फाेट भएको छ । सुनकोशी गाउँपालिका–७ च्यानममा शनिबार बिहान बम विस्फोट भएपछि त्यस क्षेत्रको अवस्था तनावग्रस्त बनेको छ । सुनकोशी गाउँपालिका–७ च्यानममा बम विस्फोट भएको प्रहरी निरीक्षक सीता कार्कीले जानकारी दिइन् । विस्फोटमा मानवीय […]

दर्जन बढी सुरक्षाकर्मीले यसरी पक्राउ गरे साहित्यकार थपलियालाई

काठमाडौं, १ मंसिर । प्रगतिशील लेखक संघका केन्द्रीय उपाध्यक्ष खेम थपलियालाई शुक्रबार अपरान्ह बागबजारबाट प्रहरीले पक्राउ गरेको छ । प्रगतिशील लेखक संघले आयोजना गरेको साहित्यिक कार्यक्रममा सहभागी भएर कार्यक्रमहलबाट बाहिर निस्कने बित्तिकै साहित्यकार थपलियालाई एक दर्जन भन्दा बढीको संख्यामा आएका प्रहरीले पक्राउ गरेका हुन् । प्रलेसले श्रृंखलाबद्ध रुपमा सञ्चालन गर्दै आएको परिसंवाद कार्यक्रमको ९ औ […]

जनसांस्कृतिक महासंघका महासचिव थपलिया गिरफ्तार

अखिल नेपाल जनसांस्कृतिक महासंघका महासचिव खेम थपलियालाई प्रहरीले गिरफ्तार गरेको छ । महासचिव थपलियालाई शुक्रबार काठमाडौंबाट प्रहरीले बिनाकारण गिरफ्तार गरेको सो संगठनले जनाएको छ । थपलियामाथि प्रहरीले बिना कारण धरपकड गरेर गिरफ्तार गरेको भन्दै संगठनले आपत्ति जनाएको छ । आफ्ना महासचिवलाई तत्काल रिहा गर्न समेत महासंघले चेतावनी दिएको छ । नेपाल कम्युनिष्ट पार्टी निकट महासंघका […]

महतले भने, ‘विप्लवले हाेइन ममाथि एमाले–माकेका उम्मेदवारले एम्बुस हाने’

काठमाडौं, १ मंसिर । वम विष्फाेटमा परेका नेपाली कांग्रेसका नेता तथा नुवाकाेट १ बाट प्रतिनिधि सभाका उम्मेदवार डा. रामशरण महतले अाफ्ना प्रतिस्पर्धीले अाफूमाथि धराप थापेकाे बताएका छन् । शुक्रबार दिउसाे ककनीमा उनीसँगै हिडेका तीन गाडीमध्ये बीचकाे गाडी विद्मुतीय धरापमा परेकाे थियाे । वम विष्फाेटमा परी उनका पाँच जना कार्यकर्ता घाइते भएका थिए । यसैबीच पूर्वमन्त्री […]

दुर्इ पेस्तोल र १० राउण्ड गोलीसहित गौचनको हत्यामा सम्लन दुर्इ पक्राउ

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न थप दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बसन्त थेबे र धनराज योङहाङ रहेका छन् । उनीहरुलाई कपनबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुको साथबाट दुई वटा पेस्तोल र १० राउण्ड गोली समेत बरामद भएको छ । यसअघि गौचनको हत्यामा संलगन रहेका आरोपमा […]

रामशरण महत चढेकाे गाडी एम्बुसमा पर्दा ५ घाइते

नुवाकोट, १ मंसिर । नुवाकाेटमा नेपाली काँग्रेसका नेता डा. रामशरण महत चढेकाे गाडी एम्बुसमा परेकाे छ । सडकमा राखिएकाे एम्बुस पड्किदा महतसँगै हिडेका कार्यकर्ताहरु घाइते भएका छन् । महत नुवाकोट निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा उमेदवार बनेका छन् । उनकाे गाडी एम्बुसमा पर्दा ५ जना गम्भीर घाइते भएका छन् । घाइते हुनेहरुमा उपेन्द्र मिश्र, […]

फर्जी समाचार बनाएर कराेडाै डलर कमाइ, नेपालमा नक्कली अनलाइनको यस्ताे छ बिगबिगी

एजेन्सी । नेपालमा नक्कली अनलाईन र फर्जी समाचारको बिगबिगी बढ्दो छ । चुनावी रौनक बढेसँगै फर्जी समाचार बनाएर पोष्ट गर्ने र त्यसलाई मास मेलिङ गर्ने प्रवृति पनि बढ्दो छ । त्यसैगरी नाम चलेका अनलाइनको जस्तै नाम बनाएर अनलाईन चलाउनेहरु पनि बढेका छन् । फर्जी समाचार बनाएर अरुको चरित्र हत्या गर्ने मात्र नभई त्यसबाट करोडौ आम्दानी […]

सर्वोच्च अदालतले गरिदियो विपक्षी पार्टी विघटनको घोषणा

एजेन्सी । कम्बोडियाको सर्वोच्च अदालतले मुख्य प्रतिपक्षी पार्टीलाई विघटन गरिदिएको छ । अदालतले पार्टीका एक सयभन्दा बढी नेतालाई बिहीबार पाँच वर्षका लागि प्रतिबन्ध पनि लगाएको छ । विगत ३२ वर्षदेखि शक्तिमा रहिरहेका नेताहरूलाई हटाउनका लागि लडिरहेको ‘कम्बोडिया नेश्नल रेस्क्यु पार्टी’ (सीएनआरपी) पार्टीलाई अदालतले विघटन गरिदिएको हो । अदालतको आदेश सुनाउँदै एक न्यायाधीश दिथ मुन्टीले भने, […]

प्रहरीले गाउँ घेराहालेपछि कैलालीमा प्रहरी र स्थानीयबीच झडप

धनगढी, ३० कार्तिक । कैलालीमा स्थानीय र प्रहरीबीच दोहोरो झडप भएको छ । प्रहरीले गाउँलाई नै घेरा हालेर नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्तालाई गिरफ्तार गर्न खोजेपछि स्थानीयले बिरोध गरेका थिए, त्यसपछि झडप भएको हो । गाउँलाई घेराबन्दी गरी स्थानीयका घरमा प्रवेश गर्दा जनताहरुले प्रतिकार गरेका थिए । झडपमा परी केही प्रहरी र केही स्थानीय युवा […]

जनार्दनलार्इ एक महिलाले चुनावी सभामै हानिन चप्पल

रुकुम, ३० कार्तिक । माओवादी केन्द्रका नेता तथा पूर्व गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’माथि रुकुममा एक महिलाले चुनावीसभामै चप्पल प्रहार गरेकी छन् । रुकुमको बाफिकोट गाउँपालिकाको नेटामा सहिद परिवार निर्मला खड्काले चप्पलले हिर्काएको बताइएको छ । रुकुमबाट प्रतिनिधसभा सदस्यका उम्मेदवार समेत रहेका शर्मा चुनावीसभामा सहभागीताका लागी बाफिकोट पुगेका बेला आमसभा स्थलमै खड्काले चप्पल प्रहार गरेपछि उनलाई […]