सर्लाही प्रशासनले राहतको कुरै छोडौ पिडितको विवरण समेत दिन सकेन : गैससको भरमा राहत

सर्लाही, ११ साउन । बाढी तथा डुबानको समस्या भएको झण्डै दुई हप्ता बितिसक्न लाग्दा पनि राज्य तथा जिल्ला बिपत ब्यबस्थापन समितिले अझै सर्लाहीका बाढी तथा डुवानबाट पिडित घर परिवार र क्षतिको विवरण समेत सार्वजनिक गर्न सकेको छैन । एकद्दार प्रणालीबाट राहत बितरण गर्ने भन्दै राहत बितरण कार्य लाई रोकेर तथ्याङ्क संकलन गर्ने कार्यलाई अघि बढाएको […]

सूचना सार्वजनिक गर्दा समेत डेढ लाखले लाइसेन्स लिन आएनन्

काठमाडौँ, १२ साउन । धेरैलाई समयमै सवारी चालक अनुमतिपत्र स्मार्ट लाइसेन्स उपलब्ध गराउन नसकेपछि आलोचना खेपिरहेको यातायात व्यवस्था विभागले कतिपय सेवाग्राहीको लाइसेन्स तयारी भइसके पनि लिन नआएको बताएको छ । विभागका अनुसार प्रिन्ट गर्न बाँकी लाइसेन्समध्ये करिब डेढ लाख लाइसेन्स प्रिन्ट गरी तयार गरेको छ तर सेवाग्राही आएका छैनन् । एक महिना अघिदेखि डेढ लाख […]

मिथिलामा मधुश्रावणीको रौनक उत्कर्षमा

बर्दिवास, १२ साउन ।महोत्तरीसहितका मिथिला क्षेत्रमा अहिले मधुश्रावणी पर्वको रौनक उत्कर्षमा छ । नवविवाहिता मिथिलानी (मिथिलाका नारी) ले १३ दिनसम्म मनाउने यो पर्व अहिले मध्य अवधि कट्दै गर्दा उत्कर्षमा देखिएको हो । गत सोमबार शुरु भएको यो पर्व अब आउने शनिबार सम्पन्न गरिनेछ । मिथिलाका प्रत्येकजसो बस्ती अहिले मधुश्रावणीको रङ्गमा मस्त देखिन्छन् । साउन कृष्ण […]

सिंगापुरसँग नेपालको लज्जास्पद हार, विश्वकप सपना चकनाचुर

१३ साउन,  काठमाडौं । सिंगापुरमा जारी आईसीसी टी–ट्वेन्टी विश्वकप छनोट एसिया अन्तर्गतको निर्णायक खेलमा नेपाल पराजित भएको छ । आइतबार बिहान भएको खेलमा सिंगापुरसँग ८३ रनले पराजित हुँदा नेपालको २०२० टी–ट्वेन्टी विश्वकप खेल्ने सपनामा ब्रेक लागेको छ । यस खेलको विजेता बन्दै टीट्वेन्टी विश्वकपको आगामी अक्टोबरमा यूएईमा हुने विश्वस्तरीय छनोट प्रतियोगिता छनोट हुने नेपाल असफल […]

सिंगापुरले कीर्तिमानी योगफल बनाउदा नेपाललाई १९२ रनको विशाल लक्ष्य

आईसीसी टि-२० विश्वकप छनौट ( एसिया फाइनल ) अन्तर्गत अन्तिम खेलमा सिंगापुरसंग प्रतिस्पर्धा गरिरहेको छ। खेल जित्ने टिम युएईमा अक्टोबर ११ देखि युएईमा सुरु हुने टि-२० विश्वकप ग्लोबल छनौट खेल्नेछ। ग्लोबल छनौटमा खेल्ने १४ टिमबाट उत्कृस्ट ६ टिम २०२० मा अस्ट्रेलियामा आयोजना हुने टि-२० विश्वकप खेल्न छनौट हुनेछ। खेलमा टस जितेर सिंगापुरले पहिले ब्याटिंग गर्दै […]

पहिरोसंगै आएको ढुंगोले लाग्दा टाटासुमोमा सवार २ को मृत्यु

रसुवा, ११ साउन । रसुवागढीबाट काठमाडौँ जाँदै गरेको टाटोसुमो आज साँझ टिपुरेको तातोपानी इलाकामा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक ईश्वरी भण्डारीका अनुसार सो दुर्घटनामा दुई जनाको मृत्यु भएको र सात घाइते भएका छन् । मृत्यु हुने र घाइतेको पहिचान खुलेको छैन । ना१ज ७८२४ नंको टाटासुमो काठमाडौँतर्फ […]

राष्ट्रिय जनमोर्चाले रोक्यो आफ्ना वडाध्यक्षको जापान भ्रमण

बागलुङ, ११ साउन । नगर प्रमुखको नेतृत्वमा जापान भ्रमण जान लाग्नुभएका जैमिनी नगरपालिका–५ का वडाध्यक्ष गोपालप्रसाद शर्मालाई पार्टीले रोकेको छ । शर्मा राष्ट्रिय जनमोर्चाबाट निर्वाचित वडाध्यक्ष हुन् । नगरपालिकाको खर्चमा जापान भ्रमण जानु अनुचित भएकाले पार्टीले भ्रमण रद्द गरेको राजमो बागलुङका अध्यक्ष अमर थापाले बताए । “नगरपालिकाको खर्चमा विदेश घुम्न जानु उपयुक्त होइन भन्ने हाम्रो […]

सङ्गीतका सदावहार ‘वसन्त’

बागलुङ, ११ साउन । वसन्त थापाद्वारा सङ्गीत र स्वरवद्ध पछिल्लो लोकदोहोरी ‘लोभी आँखा’ बुधबार युट्युबको करोड क्लबमा प्रवेश ग¥यो । उहाँकै सङ्गीत/अभिनय रहेको ‘सालको पातको टपरी’ ले हालसम्म चार करोड ८० लाख बढी ‘भ्युअर्स’ पाएको छ । ‘सालको पातको टपरी’ गत असोज १ मा र ‘लोभी आँखा’ जेठ ६ गते युट्युबमा सार्वजनिक भएको थियो । […]

सामाजिक सञ्जालबाटै अपराध बढ्दो, महिलाका लागि झनै असुरक्षित

२०७६ जेठ दोस्रो साताको कुरा हो– महानगरीय प्रहरी परिसर काठमाडौंमा २० वर्षीया एक युवती आँखामा टिल्पिल् आँशु लिएर अनुसन्धान अधिकृतको प्रश्नको उत्तर दिंदै थिइन् । आमा र माइजूसँगै प्रहरी कार्यालय आएकी उनको छेउमै रहेकी आमा कहिले पानी पिउँथिन्, कहिले उठेर यताउता गर्थिन् । उनको अनुहारमा छोरीको भविष्यको चिन्ता प्रष्टै झल्कन्थ्यो । कथा २०७५ असारबाट शुरू […]

आइतवार फाइनलको जितबाट मात्र सुनिश्चित हुनेछ नेपालको विश्वकप यात्रा

आईसीसी टि-२० विश्वकप छनौट ( एसिया फाइनल ) प्रतियोगितामा आइतवार हुने खेल नेपालको लागि फाइनल सावित भएको छ । आइतवारको खेल संगै नेपालले विश्वकप छनौट खेल्न पाउने/ नपाउनेबारे टुंगो लाग्ने भएको हो । युएईमा अक्टोबरमा टि-२० विश्वकप छनौट खेल हुदैछ । आइतवारको खेल नेपाल र सिंगापुरबीच खेलिदै छ । यि दुई टिम मध्ये जुन टिमले […]