आइतवार फाइनलको जितबाट मात्र सुनिश्चित हुनेछ नेपालको विश्वकप यात्रा

आईसीसी टि-२० विश्वकप छनौट ( एसिया फाइनल ) प्रतियोगितामा आइतवार हुने खेल नेपालको लागि फाइनल सावित भएको छ । आइतवारको खेल संगै नेपालले विश्वकप छनौट खेल्न पाउने/ नपाउनेबारे टुंगो लाग्ने भएको हो । युएईमा अक्टोबरमा टि-२० विश्वकप छनौट खेल हुदैछ ।

आइतवारको खेल नेपाल र सिंगापुरबीच खेलिदै छ । यि दुई टिम मध्ये जुन टिमले जित्छ त्यो नै टि-२० विश्वकप छनौट खेल्न छनौट हुने छ । त्यसैले आइतबारको खेल फाइनल जस्तै भएको हो । नेपाल र सिंगापुर बीचको खेल आइतवार बिहान ७:१५ बजे सुरु हुनेछ।

नेपालले पहिलो खेलमा कतारसंग निरासाजनक खेल प्रदर्शन गर्दै हार ब्योहोरेको थियो भने दोस्रो खेलमा उत्कृष्ट प्रदर्शन गर्दै मलेसियालाई पराजित गर्न सफल बन्यो । शनिवार ७ विकेटले कुवेतलाई पराजित गरेसंगै नेपाल सिंगापुरसंग भिड्ने अवस्थामा आइपुग्दा जीतको दावेदार बनेको हो । नेपाललाई पराजित गरेको कतारलाई कुवेतले पराजित गरेको थियो ।

हाल अंक तालिकामा सिंगापुर ५ अंक सहित पहिलो र नेपाल ४ अंक सहित दोश्रो स्थानमा रहको छ। कतार, कुवेत र मलेसिया भने उपाधि दौड बाट बाहिरी सकेका छन्। नेपालले शनिवार भएको खेलमा कुवेतलाई पराजित गरेसंगै टि-२० विश्वकप छनौट खेलमा सहभागी हुने सम्भावना प्रवल बनेको हो ।

जारि प्रतियोगिता सिंगापुरको मैदानमा भैरहेकोले उसलाई घरेलु मैदानको साथ् रहनेछ । एकदिवसीय मान्यता पाएको, टी-२० विश्वकप खेलिसकेको राष्ट्र नेपाल भएकोले सिंगापुरका खेलाडीहरु दबाबमा रहने अनुमान गरिएको छ । फाइनलमा पुगेका नेपाल र सिंगापुरमध्ये कसको भाग्य चम्किन्छ त्यो भने भोलीको खेलले फैसला गर्नेछ ।

Loading...