सिंगापुरसँग नेपालको लज्जास्पद हार, विश्वकप सपना चकनाचुर

१३ साउन,  काठमाडौं । सिंगापुरमा जारी आईसीसी टी–ट्वेन्टी विश्वकप छनोट एसिया अन्तर्गतको निर्णायक खेलमा नेपाल पराजित भएको छ । आइतबार बिहान भएको खेलमा सिंगापुरसँग ८३ रनले पराजित हुँदा नेपालको २०२० टी–ट्वेन्टी विश्वकप खेल्ने सपनामा ब्रेक लागेको छ । यस खेलको विजेता बन्दै टीट्वेन्टी विश्वकपको आगामी अक्टोबरमा यूएईमा हुने विश्वस्तरीय छनोट प्रतियोगिता छनोट हुने नेपाल असफल भयो । त्यो अवसर सिंगापुरले पाएको छ ।

१९२ रनको विशाल लक्ष्य पछ्याएको नेपालले १५ ओभरमा सबै विकेट गुमाएर १०९ रन मात्रै बनाउन सक्यो । नेपालका लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक ३९ रन बनाए । त्यसपछि दीपेन्द्रसिंह ऐरीले २३ रन जोडे । सोमपाल कामीले ११ रनको योगदान गरे । पारस खड्का १२ रन बनाए आउट भए । शरद भेषवाकर ७ रोकितकुमार पौडेल ५ विनोद भण्डारी ९ रन बनाएर आउट हुँदा करण केसी र सन्दीप लामिछाने शुन्य रनमै पेभिलियन फर्किए ।

सिंगापुरका ब्याट्सम्यानले नेपाली बलरलाई निरन्तर डोमिनेट गरे। नेपालका लागि अभिनाश बोहराले ४ विकेट लिए भने करण केसीले २ विकेट लिए। नेपालविरुद्ध उच्च स्कोर बनाउने क्रममा टिम डेभिडले ४३ बलमा ७७ रन बनाए। त्यसैगरी रोहन रंगरजनले ३३ बलमा ४९ रन र मनप्रिट सिंहले २७ बलमा ४२ रन बनाए। अभिनाश बोहराले १८औंर २०औं ओभरमा ३ विकेट र लिएपनि सिंगापुरको स्कोर रोक्न त्यो ढिला भइसकेको थियो।

नेपालको कमजोर ब्याटिंग, तासको पत्ता झैँ ढल्यो नेपालीको इनिंग

लक्ष्य पछ्याउने क्रममा नेपालले आक्रामक सुरुवात गर्यो। तर चौथो ओभरमा पारस खड्का १२ रन बनाएर आउट भए पछि भने नेपालले लगातार विकेट गुमाउन पुग्यो। पारसले १० बलमा १ चौका र १ छक्का प्रहार गरे।

त्यसपछि ज्ञानेन्द्र मल्ल २१ बलमा ४ चौका र ३ छक्का मदतले सातौँ ओभरमा ३९ रन बनाएर आउट भए। त्यसपछि शरद ७, रोहित पौडेल, ५, बिनोद भण्डारी ९ तथा करन केसी खाता नखोली आउट भए। त्यसपछि सोमपाल कामि र दिपेन्द्र ऐरीले साझेदारी बनाउने संकेत देखाए पनि सोमपाल १३ औं ओभरमा १० रन बनाएर रन आउट हुन पुगे। लगत्तै सन्दिप पनि खाता नखोल्दै आउट भए।

एक किनार सम्हालीरहेका दिपेन्द्र ऐरी २२ बलमा १ चौका र १ छक्का बनाएर नवौं विकेटको रुपमा १५ औं ओभरमा आउट भए। सोहि ओभरमा अविनाश बोहरा पनि खाता नखोली आउट हुँदा नेपाल अल-आउट हुन् पुग्यो।

सिंगापुर बलर भिजयकुमारले सर्वाधिक ४ विकेट लिए। यस्तै बस्करनले २ तथा जनक प्रकास, अमजद महबुब र ए कृष्णले १/१ विकेट लिए।

सिंगापुरको कीर्तिमानी योगफल , बसन्त इतिहासकै महँगो

खेलमा टस जितेर सिंगापुरले पहिले ब्याटिंग गर्दै २० ओभरमा ६ विकेट गुमाएर १९१ रनको योगफल तयार गर्दै नेपाललाई १९२ रनको लक्ष्य दिएको छ।

टि-२० अन्तर्राष्ट्रियमा कुनै पनि टिमले नेपाल बिरुद्ध बनाएको यो सबैभन्दा ठुलो योगफल हो। यस अघि नेदरल्याण्डले गत वर्ष १७४ रन बनाएको थियो। त्यो खेल वर्षाले पुरा हुन पाएको थिएन जुन क्रममा १६.४ ओभरमा नेदरल्याण्डले उक्त योगफल तयार गरेको थियो।

ओपनर सुरेन्द्रन चन्द्रमोहनलाई दोश्रो ओभरमा करन केसीले आउट गरेपछि दोश्रो विकेटको लागि सिंगापुर ब्याट्सम्यान रोहन रंगराजन र टिम डेभिडले दोश्रो विकेटको लागि ८९ रनको ठुलो साझेदारी गरे।

११ औं ओभरमा अविनाश बोहराले रंगराजनलाई क्क्याच आउट गर्दै दोश्रो विकेट दिलाए। उनले ४९ रन बनाउन ३३ बलमा ४ छक्का र ३ चौका प्रहार गरे। त्यस पछि पनि डेभिडले एक किनार सम्हालीरहे जसलाई मनप्रित सिंहले साथ दिए। दुवैले तेश्रो विकेटको लागि ६६ रनको साझेदारी गरे।

अविनाश बोहराले ७७ रन बनाएका डेभिडलाई अठारौं ओभरमा क्याच आउट गर्दै नेपाललाई राहत दिलाए। उनले ४३ बलमा ८ चौका र ३ छक्का प्रहार गरे। त्यसै ओभरमा बोहराले खाता नखोल्दै चेतन सूर्यवंशीलिई पनि आफ्नै बलमा आफैले क्याच आउट गरे।

त्यस पछि ४२ रन बनाएका मनप्रितलाई करन केसीले क्याच आउट गरे। २७ बलमा उनले ३ चौका र २ छक्का प्रहार गरे। इनिंगको अन्तिम ओभरमा अविनाश बोहराले मात्र ६ रन खर्चेर १ विकेट लिए।

नेपालको बलिंगमा अविनाश बोहराले सर्वाधिक ४ विकेट लिए जुन क्रममा ४ ओभरमा ३५ रन खर्चिए। नेपालको लागि टि-२० अन्तर्राष्ट्रियमा यो दोश्रो उत्कृस्ट बलिंग फिगर हो। बसन्त रेग्मीले टि-२० विश्वकप २०१४ मा हंगकंग बिरुद्ध ४ विकेट लिंदा ४ ओभरमा १६ रन मात्र खर्चिएका थिए जुन उत्कृस्ट बलिंग फिगर हो।

करन केसीले २ ( ३-०-२६-२ ) विकेट लिए भने सोमपाल कामि ( ३-०-१५-० ) , सन्दिप लामिछाने ( ३-०-३४-० ) , बसन्त रेग्मी ( ४-०-५४-० ) र शरद भेसावकर ( ३-०-२५-० ) विकेट विहिन रहे।

बसन्तले दिएको ५४ रन टि-२० अन्तर्राष्ट्रियमा नेपाली बलरले दिएको अहिलेसम्मकै सर्वाधिक रन हो। यस अघि सोमपाल कामिले नेदरल्याण्ड बिरुद्ध गत वर्ष ४ ओभरमा ४३ रन खर्चेर १ विकेट लिएका थिए।

सिंगापुरले नेपाललाई हालसम्म कुनै पनि सिनियर स्तरको क्रिकेटमा पराजित गर्न सकेको छैन।

Loading...