घुस लिएको अभियोगमा कार्यालय प्रमुखसहित ४ जना पक्राउ,

काठमाडौँ, १२ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त कार्यालय प्रमुख भीमप्रसाद आचार्यसहित चार जनालाई घुस लिएको अभियोगमा पक्राउ गरेको छ । आयोगको पोखराबाट खटिएको टोलीले आज निमित्त कार्यालय प्रमुख आचार्य, स्टोरकिपर रघुनाथ रेग्मी, लेखापाल हरिशंकर शर्मा र हलुका सवारी चालक भवदत्त जैशीलाई एक लाख ३० हजार घुससहित आज कार्यालयबाटै पक्राउ […]

गणित सिकाइ सुधार्ने महिला शिक्षक समाजको यो काइदा !

काठमाडौं । गणित विषयको सिकाइ सुधार्न महिला शिक्षक समाजले नयाँ जुक्ति निकालेको छ । समाजले प्रतिनिधि रुपमा उपत्यकाका २५ विद्यालयका २५ जना मावितहका गणित शिक्षकहरुलाई ४ दिने गणित शिक्षण सिकाइ तालीम दिएको हो । काठमाडौं विश्वविद्यालय हात्तिवनमा आयोजना गरिएको ४ दिने कार्यशालामा विज्ञहरु डा. बालचन्द्र लुइटेल, विनोदप्रसाद पन्त, नेत्रकुमार मानन्धर, इन्द्रमणि श्रेष्ठलगायतले शिक्षकहरुलाई गणित शिक्षण […]

ललिता निवास जग्गा प्रकरणमा जोडिएका एक पूर्व कर्मचारीद्वारा आत्महत्या

त्रिभुवन विश्वविद्यालयको सेवा आयोग अनियमिततामा मुछिएका एक पूर्व सहसचिव भवनबाट हामफालेर आत्महत्या गरेको दुई साता नबित्तै अर्को एक काण्डका आरोपीले पनि आत्महत्या गरेका छन् । बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा जोडिएका एक पूर्व कर्मचारीले आत्महत्या गरेका हुन् । आत्महत्या गर्नेमा पूर्व नायब सुब्बा युक्तप्रसाद श्रेष्ठ रहेका छन् । उनले माछापोखरीस्थित हिमालय सिटी सपिङ सेन्टरबाट हामफालेर […]

‘ओली सरकार कसै न कसैको घेराबन्दीमा परेको छ’- यादव

काठमाडौं, १२ साउन । राजपा नेपालका अध्यक्ष मण्डलका नवनियुक्त संयोजक राजकिशोर यादवले सरकारले भोलिसम्म सर्लाहीमा संविधानको बर्खिलापमा गैरन्यायिक हत्या भएको र उक्त प्रकरणबारे संसदीय छानबिन समिति गठन नगरेसम्म सदन चल्न नदिने चेतावनी दिएका छन् । आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै यादवले सर्लाहीमा भएको हत्या प्रकरण गैरन्यायिक र संविधानको बर्खिलापमा रहेको दाबी गरे […]

जाजरकोटमा बिरुवाबाट मनग्य आम्दानी

जाजरकोट, १२ साउन । कुशे गाउँपालिका–५, दम्दालागाउँका युवा उद्यमी शिव मल्लले यस वर्ष नर्सरीबाट रु आठ लाख आम्दानी गरेका छन् ।पाँच वर्षअघि स्थापना गरेको प्रवीण हिउँदे तथा बर्खे फलफूल नर्सरी उद्योगबाट यो वर्ष उनले रु ७१ हजार फलफूलका बिरुवा बेचेर रु आठ लाख आम्दानी गरेका छन्। नलगाड नगरपालिका–४, जोगनिडाँडाका अर्का युवा उद्यमी केशवबहादुर रावलले पनि […]

अधिकारी मन्त्रालय तानिए, नयाँ परीक्षा नियन्त्रकमा खकुरेल

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माध्यमिक शिक्षा(कक्षा१०) को परीक्षा नियन्त्रक परिवर्तन गरेको छ । यस अघि नियन्त्रक रहेका सहसचिव विष्णुप्रसाद अधिकारीलाई मन्त्रालयमा तानेर उनको स्थानमा उपसचिव रामराज खकुलेललाई नियन्त्रकको जिम्मेवारी दिइएको हो । राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गत कक्षा ११ र १२ हेर्ने परीक्षा नियन्त्रक उपसचिव रहेकामा कक्षा १० को एसइइ परीक्षा सञ्चालन गर्ने […]

गन्तव्य विस्तार गर्दै यती एयरलाइन्स

काठमाडौँ, १२ साउन । जिकिएको नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै धमाधम विमान भित्र्याइरहेको निजी क्षेत्रको अग्रणी वायु सेवा प्रदायक कम्पनी यती एयरलाइन्सले आफ्नो व्यावसायिक गन्तव्य पनि विस्तार गर्ने भएको छ । व्यावसायिकतासँगै सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्षलाई सहयोग पु¥याउने उद्देश्यका साथ थपिएका एटीआर विमानलाई पुराना गन्तव्यका साथै थप नयाँ गन्तव्यमा पनि उडान भर्ने […]

अख्तियारको जेल इन्जिनियर र प्रहरीले टन्न !

काठमाडौं, १२ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पछिल्लो दिनमा इन्जिनियर र प्रहरीले भरिभराउ हुँदै गएको छ । आर्थिक वर्ष ०७५÷७६ मा अख्तियारले गरेका कारबाहीमध्ये एक चौथाइमा इन्जिनियरसहित प्राविधिक घुससहित पक्राउ परेका छन् । अख्तियारको एक वर्षको यस्तो कारबाहीमा ५३ जना इन्जिनियरसहित प्राविधिक परेका छन् । अघिल्लो वर्ष अख्तियारले २ सय जनालाई घुससहित पक्राउ गरेको […]

कर्णाली राजमार्गमा पहिरो जाँदा यातायात ठप्प

खलङ्गा, १२ साउन । कर्णाली राजमार्गमा पहिरो जाँदा यातायात सेवा ठप्प भएको छ । कालीकोट खण्डको कालेखोला नजिकै आज बिहान पहिरो जाँदा सडक नै भासिएकाले छिटो खुलाउन नसकिने प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले बताए। उनका अनुसार ४० मिटर लामो सडकमा पहिरो गएको छ । “यसअघि सानातिना दर्जनभन्दा बढी पहिरो जाँदा समयमै खुलाउन सकिएको थियो”, प्रजिअ […]

जन्मदेखि मृत्युसम्म ज्योतिष विज्ञानको महत्व उत्तिकै

भक्तपुर, १२ साउन, आधुनिक युगमा पनि ज्योतिष विज्ञानको महत्व उत्तिकै रहेकामा सरोकारवालाले जोड दिएका छन् । नेपाल ज्योतिष परिषद् जिल्ला समिति भक्तपुरले आज आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले ज्योतिष हुँ भन्ने सबैमा यससम्बन्धी राम्रो ज्ञान नहुँदा जनमानसमा ज्योतिष विज्ञानप्रति विश्वास कमजोर हुन थालेको भन्दै चिन्ता व्यक्त […]