ललिता निवास जग्गा प्रकरणमा जोडिएका एक पूर्व कर्मचारीद्वारा आत्महत्या

त्रिभुवन विश्वविद्यालयको सेवा आयोग अनियमिततामा मुछिएका एक पूर्व सहसचिव भवनबाट हामफालेर आत्महत्या गरेको दुई साता नबित्तै अर्को एक काण्डका आरोपीले पनि आत्महत्या गरेका छन् ।

बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा जोडिएका एक पूर्व कर्मचारीले आत्महत्या गरेका हुन् । आत्महत्या गर्नेमा पूर्व नायब सुब्बा युक्तप्रसाद श्रेष्ठ रहेका छन् ।

उनले माछापोखरीस्थित हिमालय सिटी सपिङ सेन्टरबाट हामफालेर आत्महत्या गरेका हुन् । प्रहरीले उनको मृत्यु भएको पुष्टि गरेको छ ।

उनी किन हामफाले भन्ने प्रश्नलाइ ललिता निवास जग्गा प्रकरणसंग मात्र जोडेर हेर्न नमिल्ने प्रहरीको भनाइ छ । श्रेष्ठले भवनबाट हामफालेर आत्महत्या गरेको भनिए पनि घटनाको थप अनुसन्धान भैरहेको प्रहरीको भनाइ छ ।